कोरोना बिशेष अस्पतालको स्तरोन्नति गर्ने निणर्य

  •   
  •  

दाङ, १३ बैशाख । बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।
अस्पतालमा कम्तिमा ४०० सिलिण्डर अक्सिजन आवश्यक हुने अस्पतालका व्यवस्थापक दोणर् वलीले जानकारी दिनुभयो ।

अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्थापन भए ७० जना विरामीसम्म भर्ना गर्न सकिने उहाँले बताउनुभयो । ७० जना बिरामीलाई ३०० अक्सिजन प्लान्टको आवश्यक पर्ने भएकोले विभिन्न संघसंस्था तथा सरोकारवालाई अक्सिजनको व्यवस्थापन गरिदिन उहाँले आग्रह गर्नुभयो ।

यसैबिच तुलसीपुर उपमहानगपालिका वडा नं। १८ को आयोजनामा आज बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले अक्सिजनको व्यवस्थापन गरी आवश्यकता अनुसार बेड थप्ने निणर्य गरेका छ । बैठकले कोरोना संक्रमित थपिदै गएकाले अस्पतालको स्तरोन्नती गर्ने निणर्य गरेको पत्रकार सुनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वदलिय सर्वपक्षिय बैठकले अस्पतालमा १ सय बेड संचालनका लागि पहल गर्ने र बजेट व्यवस्थापनका लागि पालिकासंग समन्वय गर्ने निणर्य गरिएको छ ।

त्यसैगरी कोरोना महामारीको जोखिम बढीरहेकाले अस्पतालमा बेड संख्या बढाउन भवन उपलब्ध गराउन बिएएमएसका विद्यार्थीसंग अनुरोध गर्ने बैठकले निणर्य गरेको छ । बैठकले आगामी दिनमा कलेजको स्थायी संचरचनाका लागि सम्बन्धित निकायसंग पहल गर्ने निणर्य गरेको छ ।

तुलसीपुर वडा नं.१८ का वडाध्यक्ष माधव वलीको अध्यक्षता तथा तुलसीपुर वडा नं. १७ का वडाध्यक्ष थलराज पुरीको विशिष्ट आतिथ्यतामा बैठक बसेको हो ।