दाङ, १४ बैशाख । दाङमा बैशाख १७ गते शुक्रबारदेखि लकडाउन हुने भएको छ ।
मंगलबार आज बसेको जिल्ला संकट व्यस्थापन केन्द्र (डीसीएमसी)को बैठकले वैशाख १७ देखि वैशाख २५ गते साँझ ६ बजेसम्मकालागि लकडाउन गर्ने निर्णय गरेको हो ।
दाङ कोरोनाको जोखिम जिल्लाका रुपमा रहेको छ । दाङमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ ।