दाङमा थप ११७ जनामा संक्रमण, संक्रमितको संख्या ८ बढी

  •   
  •  

दाङ,१४ बैशाख । दाङमा थप एक सय बढी कोरोना संक्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा एक सय बढी व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको पीसीआर परीक्षण गरिएको दुई सय २८ मध्य एक सय १७ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्य घोराही उपमहानगरपालिकाका ५३ रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ४६ जना, लमही नगरपालिकाका ६ जना रहेका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिका, गढवा पालिका र दंगीशरण गाउँपालिकामा १÷१ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्य ९जना संक्रमितहरु जिल्ला बाहिरका रहेका छन् । रोल्पाका ५ जना, कैलालीका एक जना, सल्यान दुई जना र पश्चिम रुकुमका एक जना रहेका छन ।

संक्रमित मध्य ७० जना पुरुष र ४७ जना महिलाहरु रहेका छन । संक्रमितमा दुई बर्षीय बालिकादेखि ७० बर्षीय ज्येष्ठ नागरिकहरु समेत परेका छन । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ८ सय ८ बढी पुगेको छ । सोमवार मात्र दाङमा गरिएको कोरोना परिक्षणका क्रममा एक सय ९१ जनामा कोरोना सक्रमण देखिएको थियो ।

संक्रमित मध्य कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४३ जनाको उपचार भैरहेको छ । केही संक्रमितहर जिल्ला बारिह रहेका छन भने अधिकांस कोरोना संक्रमितहरु होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।