लमहीमा शिव मोवाईल रिपेरिङ सेन्टर सञ्चालन
शिव राज खनाल,
दाङ, ५ फागुन । लमहीको बैंकरोडमा शिव मोबाईल रिपेरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको एक कार्यक्रमका विच देउखुरी मोबाईल व्यवसायी संघका अध्यक्ष भिम भुसालले उक्त पसलको उद्घाटन गरेका हुन ।
उक्त पसलमा सस्तो तथा शुलभ दरमा मोबाईल मर्मत गरिनुका साथै गुणस्तरीय मोबाईल र विभिन्न ईलेक्टोनिक्स सामानहरु पाइने पसलका सञ्चालक शिव चौधरीले दिएका छ्न ।
संघका अध्यक्ष एवं लमही जेसीजका कार्यकारिणी उपाध्यक्ष भीम भुसालले पसल सञ्चालकलाई बधाई एवं सफलताको शुभकामना दिएका थिए ।
उद्घाटन कार्यक्रममा देउखुरी मोबाईल संघका अध्यक्ष भुसाल, महासचिव राजु गिरी, लमही ईन्चार्ज दिनेश शर्मा, पत्रकार पवन पोख्रेल, सल्लाहकार टोपलाल भुसाल , महेन्द्र खनाललगायत देउखुरी मोबाईल व्यवसायी संघमा आवद्ध धेरै व्यापारीहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण मोबाइल सङका महासचिब राजु गिरीले गरेका थिए ।
