Goraksha

National Daily

विव्यसका लागि नेका र नेकपाको उम्मेदवारी दर्ता

घोराही,४ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ७ सौडीयारमा रहेको माध्यामिक विद्यालय सौडियारको विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयनकालागि नेपाली कांग्रेस र सत्तारुढ नेकपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन ।

फागुन ११ गते हुने निर्बाचनका लागि नेकपा र कांग्रेसले छुटटाछुट्टै प्यानल बनाएर आइतबार चार सदस्यका लागि ८ जनाको उम्मेद्वारी दर्ता गराएका छन । कांग्रेस र नेकपा दुबैले यसपटक चार वटै सदस्य पदमा जनजाती समुदायलाई उम्मेद्वार बनाएका छन ।

कांग्रेस समर्थित लोकतान्त्रिक समुहले वडाका सबै क्षेत्रलाई समेटेर उम्मेद्वारी दिएको जनाएको छ । उम्मेदवार दर्ताका लागि नेपाली कांग्रेसका जिल्ला सदस्य भीमप्रकाश खड्का, घोराही ७ का सभापती कर्णबहादुर बुढाथोकी, मावि सौडियारका विद्यालय व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष शरद बहादुर केसीसहित टोलीले उम्मेदवारी दर्ता गराएको हो ।

नेकपाबाट बिरबहादुर चौधरी, वडाका इकाइ अध्यक्ष गुरुप्रसाद चौधरी, चिजबहादुर चौधरीलगायतको टोली विद्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो । लोकतान्त्रिक समुहबाट चार सदस्य पदका लागि घुस्राबाट बाबुराम कुर्मी, बेलहरीबाट शान्ती चौधरि, डबरगाउबाट आशा चौधरी र कनरियाबाट टेकबहादुर रोकालाई उम्मेद्वारी बनाएको छ । त्यस्तै नेकपा समर्थित प्रगतिशिल समुहबाट नैनवारका भरत चौधरी, सौडियारबाट आशाराम चौधरी, शुक्रवारबाट उर्मिला चौधरी र जबरपुरबाट यमकला पुनले उम्मेद्वारी दर्ता गराएकी छिन ।

सर्बसम्मतरुपमा बिद्यालय ब्यबस्थापन समिती चयन गर्न पहल भएपनि नेकपाले आफुले अध्यक्ष नपाए सर्बसम्मत नहुने अडान राखेपछि चुनाबमा जाने बाताबरण निर्माण भएको हो । सबैभन्दा धेरै मतदाता बिद्यालय रहेको स्थान सौडियार, धर्ना, कनरिया, बेसाहीमा रहेको छ । बिद्यालयमा मत हाल्ने अभिभाबकको कुल मतदाता सख्या ३ सय ९३ रहेको छ । बिद्यालयले समिति चयन सर्बसम्मत बनाउन सबैमा आग्रह गरेको छ । बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले बिद्यालयमा राजनिती गर्न नहुने भन्दै सबैलाई मिलाउने गरि सर्बसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन ।