सरिता चौधरी
दाङ,११ बैशाख । भू¥यार थान (ठन्ह्वा) मिर्माण समिति तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ जबरपुर दाङको सभाहल तथा पहुना घरको शनिवार उद्घाटन गरीएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य हिराचन्द्र केसीले सभाहलको उद्घाटन गरेका हुन । प्रमुख अतिथि केसीले उद्घाटन समारोहमा बोल्दै थारुहरुको भू¥यार थान मध्ये तुलसीपुर क्षेत्रमा रहेको भू¥यार थान सबै भन्दा अग्र स्थानमा रहेको बताएका थिए ।
त्यसैगरी विशिष्ट अतिथि प्रदेश सांसद धमकली चौधरीले थारुहरुको पहिचानको लागि सबै थारुहरु एकजुट भएर प्रत्येक गाँउमा भू¥यार थान निर्माण गर्न जरुरी रहेकोमा जोड दिएकी थिइन । गाँउमा नसके प्रत्येक पालिकामा भू¥यार निर्माण गर्नु पर्ने बताएकी थिइन । त्यस्तै चौधरीले आगामी वर्षमा तुलसीपुरको भू¥यार थानको दोस्रो तला निर्माण गर्नका लागि आफुले प्रदेश सरकारसंग सक्दो सहयोगको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।
भू¥यार थान (ठन्ह्वा) निर्माण समितिका अध्यक्ष राशरण चौधरीको अध्यक्षता तथा प्रदेश रभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यता एवम् प्रदेश सांसद धमकली चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा भू¥यार थानका सल्लाहाकार तथा थारु वुद्धिजिवी रोहित थारुले संविधानमा थारु भाषा जगेर्णका लागि अधिकार पाएको भन्दै अव लेख्दा र बोल्दा पनि थारु भाषाको प्रयोग गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा थारु नेता खुशी राम चौधरी , थारु वुद्धिजिवि इन्द्रजित चौधरी , थारु नेता रामजी चौधरी (मिलन) थारु अगुवा रामबहादुर दहित, मदन केसी , लगाएतको बोलेका थिए ।
भू¥यार थानको सभाहल निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । समितिका सदस्य विनोद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।