राधेश्याम उपाध्याय
सत्रौँ दिनको युद्धमा कर्णको मृत्युपछि निकै चिन्तित भएभित र विक्षिप्त भए । त्यसै दिन शल्य प्रधान सेनापति घोषित हुन्छन् । युधिष्ठिरसँगको युद्धमा शल्य मारिन्छन् भने त्यसै दिन सहदेवबाट शकुनीको मृत्यु हुन्छ । दुर्योधन भीष्मसँग जान्छन् र आफ्नो दुःखको वेदना सुनाउँछन् । भीष्मले कर्ण राधेय नभएर कौन्त्यय थिए भन्ने गुप्त रहस्य सुनाइदिन्छन् र ‘म आफ्ना बृद्ध यी हातले कौन्त्ययलाई प्रणाम गर्दछु । कर्णलाई म राधेय होइन कौन्त्यय हुँ भन्ने थाहा हुँदाहुँदै पनि तिमीतर्फ भई आफ्नै भाइहरु विरुद्ध युद्ध गरेर वीरगति प्राप्त गर्नु उनको महानता हो’ भने ।
त्यही समयमा कुन्ती आफ्नो जेष्ठ पुत्र कर्णको शवमा बसेर आफ्नो वेदना रुदै पोख्दै थिइन् । पाण्डवहरु त्यहाँ आउँछन् र आमा यसरी शत्रु पक्षको सेनापतिका अगाडि बसेर रोइरहेको देखेर अचम्म मान्दै ‘हजुर त शत्रु पक्षको सेनापति मरेकोमा खुशी हुनुपर्नेमा एक्लै किन रोइरहनु भएको छ ?’ भनि सोध्न लागे । ‘आफ्नो आँसुले सुतपुत्रको यसरी किन सम्मान् र आफ्नो अपमान किन गर्नुहुन्छ ?’ भन्दा आमा कुन्तीले ‘यो राधेय सुतपुत्र नभएर यो कौन्त्यय हो र तिम्रो जेष्ठ दाजु हो’ भनि भन्दछिन् । यो सुनेर पाण्डवहरु आश्चर्य मान्दै ‘हजुरले यसरी मौन बस्दा युद्धमा हजारौँ सैनिकको मृत्यु भयो ।
यसले भारत वर्षलाई बहुत महँगो पर्नेछ । यो युद्धको भागेदार सबै अब हजुर हुनुहन्छ । यो कुरा गुप्त नराखेको भए युद्ध नै हुने थिएन । दुर्योधनले कर्णको आश भरोषामा मात्र युद्ध गरेका हुन् । आमा हजुरले यो तथ्य गुप्त राख्नाले हामीलाई दाजुको हत्यारा बनायो ।’ यो सुनेर कुन्तीले ‘हे बाबु ’ यो कुरा लुकाएर हजार पटक मर्नु परेको छ । जब यसलाई कसैले सुतपुत्र भन्दथ्यो तब–तब मेरा आँखाबाट आँसु झर्दथे र म प्रत्येक पटक मर्नु पर्दथ्यो । आमा यो युद्धमा भएका एक–एक शवको जिमेवार हजुर हुनहुन्छ । हजुरले यो भल लुकाएर ठूलो भुल गर्नुभयो । म हजुरको यो भुलमा सबै नारी जातिलाई श्राप दिन्छु कि–अबदेखि नारीहरुले कुनै पनि भेद लुकाउन नसकून् ।’ आमाको यस कार्यले हामीलाई जेष्ठ भ्राताको हत्यारा बनाइदियो ।
उता भीष्मबाट दुर्योधन आफ्नी आमा गान्धारीसँग जान्छन् । आमा गान्धारीले पाण्डवहरु पनि आफ्नै भएकाले अहिलेसम्मको वैमनष्यलाई त्यागी सन्धि गर्न सल्लाह दिन्छिन् । तर दुर्योधनले कदाचित मेरो साथी राधेय भाइ दुशासन गुरु द्रोण बाँचेर आउँछन भने म सन्धि गर्न तयार छु तर जसरी यी बाँचेर आउँदैनन् त्यसरी नै सन्धि पनि असम्भव छ’ भनि त्यो सल्लाह दुर्योधनले मान्दैनन् । अब मैले सन्धि गरेर राधेयको निष्ठा दुःशासनको प्रेम द्रोण गुरुको मृत्यु पिताम्महको ती शरीरका घाउको अपमान गर्न सक्दैन । के मलाई हजुरले विजयश्रीको आशीर्वाद दिनुहुन्छ ?’
भन्दा गान्धारीले म तिमीलाई विजयश्रीको आशीर्वाद नदिए पनि यो शिव भक्तिनी अभ्यदे कवच लागाइदिन सक्छु । जाउ गंगामा गएर स्नान गरी तिमी जन्मने बेलाजस्ता थियौ त्यही अवस्थामा आऊ भनिन् । यो सुनेर दुर्योधनले के नाङ्गै आउने भनि सेधे र गान्धारीले आमासँग केको लाज ? आमासँग प्रश्न सोध्दैनन् । स्नान गरी सरासर मसँग आउनु भनिन् । दुर्योधन पनि गंगा स्नानका लागि जान्छन् ।
त्यही समयमा श्रीकृष्ण गान्धारीसँग भेट गर्न आउँछन् । श्रीकृष्णले प्रणाम गर्दछन् । गान्धारी श्रीकृष्णसँग रिसाउँदै ‘आजभन्दा सत्र दिन अगाडि म सय पुत्रकी आमा थिएँ तर आजम एकपुत्रकी मात्र आमा छु । सय र एकमा निकै फरक छ । म कुनै पति पुत्रको शवलाई चिन्दिन । तर देवकी नन्दन तिमी त ती शवहरु चिन्छौ होला’ भनि गान्धारी भन्दछिन् । ती शवहरुमा एक शव हजुरले चिनेर पनि चिन्नुहुन्न । ती शवहरुमा एउटा शव जेष्ठ कौन्त्ययको थियो ।
गान्धारीले जेष्ठ कौन्त्यय भनेको सुन्दा झस्किन्छिन् र ‘के युधिष्ठिरको मृत्यु भयो ?’ भनि सोद्धछिन् तर श्रीकृष्णले जेष्ठ कौन्त्यय कर्ण थिए भनि भन्छन् । जसलाई तपाईंहरु राधापुत्र भनेर चिन्नुहुन्थ्यो । त्यसैले यो युद्धमा मेरी फुपुको पनि धेरै सहभागिता छ । कुन्तिका छोरा पनि मरेका छन् । त्यसैले शवहरुको थुप्रोमा कुन्तिको पनि योगदान छ । यो सुनेर ‘हे वासुदेव तिमी आमा होइनौ, त्यसैले आमाको पीडा तिमीलाई थाहा छैन । युद्ध पछाडि द्वारिका गएर देवकीलाई सोध्नु पुत्र पीडा के हुन्छ भनेर । तिमीले चाहेको भए यो युद्ध रोक्न सक्थ्यौ । तर तिमीले युद्ध रोक्न भन्दा युद्ध गराउन बढी भूमिका खेल्यौ ।
त्यसैले हे देवकी नन्दन ! म तिमीलाई श्राप दिन्छु म शिव भक्तिनी गान्धारी तिमीलाई श्राप दिन्छु ‘जसरी मेरो परिवार आपसी युद्धले सर्वनाश भयो त्यसरी नै तिम्रो वंश यदुवंसीहरुको पनि आपसी पारिवारिक कलहमा नाश होस्’ भनि श्राप दिइन् । यो सुनेर गान्धारीको श्राप स्वीकार गर्दै बिदा भई श्रीकृष्ण त्यहाँबाट विदा भई जान्छन् । बाटोमा नग्न दुर्योधनसँग भेट हन्छ । ‘किन कौरवहरु अब यसरी हिड्न थाले भनि हिस्सी गर्दछन् र दुर्योधनले आमाको आदेशअनुसार आमासँग जान लागेको कुरा भन्दछन् ।
आमाको अगाडि वयस्कपुत्र यसरी आमाका अगाडि नग्न जाने परम्परा कहिलेदेखि बस्यो ? यो परम्परा पहिला त थिएन । तिमीले आफ्ना कपडा कहाँ छोड्यौ ? आमाले त छोराछोरीलाई सदैव बालक नै देख्दछन् । यो सबै भनेर दुर्योधनलाई भ्रममा पारिदिन्छन्’ र दुर्योधनले वृक्षका पातहरुले गुप्ताङ्ग छोपेर आमाका अगाडि जान्छन् र ‘आमा म स्नान गरेर आएँ’ भन्दछन् । आमा गान्धारीले पनि ‘मेरा अगाडि आऊ’ भन्दछिन् र आफ्नो दिव्यशक्ति आँखाको रोशनीबाट दुर्योधनको सम्पूर्ण शरीर बज्रजस्तो बलियो बनाइदिन्छिन् ।
तर विडम्बना दुर्योधनको सबै शरीर खुला नदेखेर गान्धारी ‘हे पुत्र मेरो आजसम्मको शक्ति सतित्व मातृत्व धर्मले गर्दा तिम्रो शरीरको जुन भागमा मेरो दृष्टि पुग्यो त्यो भाग वज्र समान भयो । तिम्रो त्यो भाग कुनै पनि शक्तिले क्षति पु¥याउन सक्ने छैन तर मेरो दृष्टि नपरेको भाग दुर्बल नै रह्यो । ठूलाको आज्ञा पालन गर्ने परम्परा तिमीले बसाएको भए आज यो अवस्था आउने नै थिएन । तिमीले मेरो आज्ञा पालन गरेनौँ’ भनि मन दुखाइन् । दुर्योधनले पनि ‘म नग्न कसरी आउन सक्ने थिए र आमा ! हजुरको आज्ञा पालनका लागि नै वस्त्र नलगाएर यो केराको पातले (गुप्ताङ्ग छोपी) बेरेको हुँ । चिन्ता नलिनुहोस् आमा भोलि नै म भीमसँग गदा युद्ध गरी भीमलाई मार्ने छु । गदा युद्धमा मेरो छोपिएको भागमा प्रहार गर्न वर्जित गरिएको छ । मेरो अन्य स्थान बज्र समान भइसक्यो । युद्धमा विजय मेरो नै हुनेछ भनी दुर्योधन विश्रामका लागि बाहिर निस्कन्छ ।
दुर्योधन त्यहाँबाट एउटा रह (पोखरी) मा हामफली जललाई मन्त्र बलले बाँधे र अगाडिको विषयमा एकान्तमा सोच्न लागे । द्रौणी, कृतवर्म र कृपाचार्य पनि दुर्योधनको खोजिमा युद्ध भूमिबाट निस्किए । पाण्डव सेना शत्रु पक्षका कसैलाई पनि युद्ध मैदानमा नदेखेकाले शिविरमा गई शिविरमा रहेका नारी, बालक, बृद्ध, अशक्त, बान्धव त्यहाँ जो–जो थिए ती सबैलाई युयुत्सुको जिम्मा लगाएर राजधानी हस्तिनापुर पठाए । ती सबै सन्ध्याकालमा हस्तिनापुर पुगे र विदुरको सल्लाहमा आफ्ना घर–घर बसे । भोलिपल्ट सबै जम्मा भई धृतराष्ट्रकहाँ गए र सबै वृत्तान्त सुनाए । त्यो सुनेर धृतराष्ट्र चिन्तित भई केहीवेर मुच्र्छा परे । चेत आयो र जसका पतिपुत्र बन्धुहरु मरेका थिए ती सबै छाति पिटी–पिटी रुन थाले ।
द्रौणी, कृतवर्म, कृपाचार्यहरु दुर्योधनलाई खोज्दै त्यही पोखरीको डिलमा आइपुगे र आ–आफ्नो नाम भन्दै हामी जीवित नै छौँ । किन लुकेर बस्छौ ? हाम्रा र उताका पनि सबै सेना सिद्धिए, युद्ध गरे हाम्रो जित पनि हुन सक्छ । त्यसैले कायर जसरी लुकेर नबस बाहिर आऊ । यो सुनेर दुर्योधनले हर्ष मान्दै ठूलो स्वरमा आज म थाकेको छु, यहीँ नै विश्राम गर्दछु । भोलि शत्रुहरुसँग घँुडा धसेर युद्ध हुनेछ भने । यो सुनेर द्रौणी, कृतबर्म, कृपाचार्यहरु केही पर लुकेर दुर्योधनको सखबाली गरी बसे । यो सबै सम्वाद कुनै व्याधाले सुने छ र त्यो सबै पाण्डवहरुलाई जानकारी गराएछ । त्यो सबै समाचार सुनेर युधिष्ठिरले व्याधालाई खुशी हुँदै धेरै सम्पत्ति दिए ।
सबै भाइ सेना र श्रीकृष्णलाई लिएर दुर्योधनकहाँ आए । पोखरीको डिलमा उध्रिएर क्रोधित भइ गर्जंदै सबै बन्धुवान्धवहरुको संहार गराएर निर्लज्जजस्ता बनि बाँच्ने आशाले के जलमा लुकेर बस्दछौँ । हामीसँग लड्न आऊ । हामीलाई जितेर राज्य गर या मरी स्वर्ग जाऊ । अघि त खुब घमण्डी कुरा गर्दथ्यौ । ती सबै कुरा बिर्सियौ कि सम्झेका छौ ? यो सुनेर दुर्योधनले अहिले म यहाँ विश्रामका लागि आएको छु । भोलि खुशी साथ युद्ध हुनेछ । आज जति आएका छन् ती सबै शिविर फिर्ता जाऊन्’ भने । यो सुनेर युधिष्ठिरले यो अठार दिनको युद्धमा सबै राजा तथा सैनिक मारिए । बचेकालाई पनि मार्न खोज्दै छौँ ।
बाहिर आइ युद्ध गर र युद्ध समाप्त पार । यो सुनेर दुर्योधनले जसका लागि म युद्ध गर्न तत्पर भएँ ती सबै मरे कोही बचेनन् । अब कसको लागि युद्ध गरुँ । अब खुशीले हजुरले राज्य गर्नुस् । म खुशी साथ वन जान्छु’ भने । तिनको कुरा सुनेर युधिष्ठिरले पहिला मेरो कुरा मानेर मैले मागे, जतिमाब दिएको भय युद्धमा जति पनि वीर राजा तथा सैनिकहरु मरे ती सबै बाच्ने थिए । सबैलाई मारेर अहिले दानीझैँ बनि मलाई राज्य गर भन्दै छौँ । हे कायर ! जलदेखि बाहिर आई युद्ध गर मार या मर । अहिले हामीले छाडिदिए पनि तिमी सलैव साटो फेर्नका लागि तल्लीन रहने छौँ । त्यसैले तिम्रो विनाश नगरी म छाड्ने छैन । यदि वीर क्षेत्रीय हुँ भन्छौ भने युद्ध गर्न बाहिर आऊ ।’