असल नेतृत्वका गुणहरू

भूवन पोख्रेल

नेपाल गत सात दशकदेखि नै संक्रमणकालमै अल्झिरहेको छ । यस बीचमा राजनीतिमा अस्थिरता बाहेक सबै हरायो । इमानदारी, नैतिकता, जवाफदेही भन्ने चीज नै रहेन । यस बीचमा थुप्रै आन्दोलनहरु भए । प्रत्येक आन्दोलनमा आम नागरिकले आफ्नो ज्यानको बाजी थापे ।

प्रत्येक परिवर्तनमा आम नागरिकले नेतृत्ववर्गको साथ दिए तर नेतारुले प्रत्येक पटक देश हाक्ने अवसर पाउँदा समेत नागरिकको हितमा काम गर्न सकेनन् । नेताले अवसरको सदुपयोग गर्न नसकेकै कारण विस्तारै नेतृत्वले आम नागरिकको साथ गुमाउँदै गए । सही समयलाई बुझेर सही नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न नसक्नु नेताहरुको कमजोरी हो । यही कारणले नेतृत्ववर्ग असफल बन्दै गएको छ । पार्टीमा अर्को नेता नभएझैँ वर्षौंदेखि उही अनुहार दोहोरिएका छन् । आफूलाई आफै देवत्वकरण गरेर बसेका छन् ।

मैले छाडे प्रलय आउँछ भनेर सबलाई तर्साएका छन् । पार्टी कब्जा गरेर बसेका छन् । यदि कुनै नेताले दशौँ वर्ष नेतृत्व् गरेर पनि आफू पछिको नेतृत्व तयार गर्न सक्दैन भने त्यो नेतृत्वको र पार्टीको सबैभन्दा ठूलो असफलता हो । यति सामान्य नेतृत्व चेत पनि हाम्रा नेतृत्व्मा देखिँदैन । देशका विभिन्न संवैधानिक अङ्गहरुलाई बलियो बनाउँदा आफू कमजोर भइने डरले आफ्ना देशका अंगलाई कहिल्यै बलियो बनाउन चाहेनन् । यसबाट नेतृत्वको निरंकुशता र बुझाइको दायरा उदाङ्गिन्छ ।

हाम्रा नेताहरुले संस्था वा संवैधानिक निकायहरु बलियो हुँदा आफ्नो नेतृत्व नै थप बलियो बन्छ भन्ने कुरा बुझेनन् । नेतृत्व् विकासमा भन्दा शक्ति असन्तुलनको होडबाजीमा उत्रिँदाको परिणाम अहिले झेल्नु परेको छ । हाम्रा नेताहरुले अल्पकालमा हुने व्यक्तिगत वा पार्टीगत फाइदाका लागि जेजति बोले गरे पनि त्इसको दूरगामी असर के पर्छ भन्ने बारे दूरदर्शी बन्न सकेनन् । आफ्नै अदूरदर्शीताको भारीले थिचिए ।

नेताहरुमा आत्मालोचना गर्ने प्रवृत्ति छैन । आफू त वर्वादीको दिशातर्फ धकेलिए धकेलिए सिङ्गो मुलुकलाई पनि धकेलिदिए । स्पष्ट भिजन नभए नेतृत्व्वर्गले मुलुकलाई अँध्यारोतर्फ धकेलिदिएका छन् । हिजोको संघर्षलाई आजको सफलता र भोलिको भविष्य र परिवर्तनसँग जोड्न नसक्दा नेतृत्ववर्गको शासख गिरेको हो ।

नेतृत्वले आफ्नो भिजनको कार्यान्वयन गर्न जानेन । कार्यान्वयन बिनाको योजना दिवा स्वप्न सरह हो । नेतृत्ववर्गले ठूलाठूला सपना बाँडेर जनताको अभिमत प्राप्त गरी सत्तामा पुग्ने र सत्तामा पुगेपछि एक कदम पनि अघि सरेर दक्षता देखाउन नसक्नुलाई विडम्बना मान्नु पर्छ । योग्य र सक्षम व्यक्ति नेतृत्वमा आउन नसक्दा नेतृत्व जवाफदेही भन्न नसकेको हो ।

नेतृत्ववर्गमा विश्वास र इमानदारीको खडेरी छ । आम नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर अघि बढ्दा जनास्था प्राप्त हुन्छ । जनमत प्राप्त सरकारभन्दा जनास्था प्राप्त नेतृत्वको व्यक्तित्व उचाईमा पुग्दछ । हाम्रो हालको नेतृत्व यहीँनेर चुकेको हो । नेताहरुल्े जनमत त प्राप्त गरे तर जनास्था प्राप्त गर्न सकेनन् ।

सफल नेताले व्यक्तिगतभन्दा संस्थागत फाइदालाई प्राथमिकतामा राख्ने गर्दछ । यस्ता गुण भएका नेता दीर्घकालसम्म सफल हुन्छन् । यस्ता नेता प्रभावशाली नेताका रुपमा चिनिन्छन् । प्रभावशाली नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ । आफ्नो संगठन र विपक्षीलाई समेत विश्वासमा लिन सक्छ । सबैको सम्मान गर्ने, अरुको अस्तित्व स्वीकार गर्न सक्ने नेतृत्वले सधैँ जनताको साथ पाउँछ ।

नेतृत्ववर्गमा आफ्ना सहकर्मीसँग टिमवर्क गर्न सक्नु पर्छ । क्षमता बमोजिमको जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नु पर्छ । नेताले निर्णय प्रक्रियामा आफ्नो टिमलाई सामेल गर्नु पर्छ । सामूहिक भावनामा अघि बढ्न नसक्दा नेतृत्व अलग्गिँदै र एक्लिँदै छन् । आम नागरिकले अपनत्वको महशुस गर्न छोडिसकेका छन् । त्इसले नेताहरका निर्णय कायाृन्वयन हुँदैनन् ।

राजनीतिमा कुनै पनि लक्ष्य एक्लै हासिल गर्न सक्दैन । नेताले आफ्नो भिजनमा सबैको अपनत्व जगाउन सक्नु पर्छ । नेताले आफ्नो टोलीमा सकारात्मक ऊर्जाको सञ्चार गर्न सक्नु पर्छ । आवश्यक पर्दा आफूले पद त्यागेर अरुलाई अघि सार्न सक्ने अव्यक्ति नै सफल नेता बन्न सक्छ ।

राजनीतिमा सबैभन्दा ठूलो रोग व्यक्तिगत इगो हो । आफ्नो मात्र सोच ठिक, आफैले मात्र गर्न सक्छु भन्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन । अहिलेको युगमा विनम्रता जित्न सकिन्छ । प्रत्येकछोटि जित्नुपर्ने इगोले कालान्तरमा नेतृत्वको नै हार हुन्छ । हाम्रा नेताले अरुको कुरा सुन्दैनन् । विषयविज्ञको अगाडि समेत त्इही विषयमा विज्ञलाई बोल्न नदिई आफै बोल्छन् ।

सिकाउन खोज्छन् । आफूलाई के जानकारी छ छैन भन्ने नेताहरुलाई थाहह हुँदैन । सुन्ने बानी र सिक्ने बानीमा त नेताहरु निकै पछाडि छन् । त्यसैले पटक–पटक नेतृत्व पटक–पटक चुकेको छ । जति ठूलो व्यक्ति उति ठूलो इगो भन्ने परिचय हाम्रा नेताहरुले बनाएका छन् । नेपालको राजनीति सधौ नेताहरुको इगोको बढिरह्यो । केही नेतामा त यति ठूलो इगो हुन्छ कि आफ्नो इगोका अगाडि उनीहरु आफ्नो संगठनको तथा आफनै उद्देश्य समेत भुल्ने गर्दछन् ।

नेताले आफ्नो व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ र निर्वाचन मात्र हेर्ने हो भने कुनै पनि परिवर्तनको कदम चाल्न शाहस जुटाउन सक्दैन । त्यसर्थ नेतृत्वको गुण भनेको साहस हो । यदि नेताले शक्तिमा रहेर पनि गलत विरुद्ध उभिने साहस गर्न सक्दैनन् भने त्यो नेताले नेतृत्व गर्न सक्दैन । अल्पकालीन सोचले दीर्घकालमा घाटा पु¥याउँछ । नेताले यथास्थितिलाई चिर्ने र बदल्ने साहस गर्नुपर्छ । सस्तो लोकप्रियतामा रमाउने व्यक्ति नेता बन्न सक्दैन ।

नेतृत्व्को महत्वपूर्ण गुण भनेको सही समयमा सही निर्णइ लिन सक्नु हो । नेतृत्वको सफलताको मापन उसको त्यागले मात्र गर्दैन । नेताले कति योगदान र दूरगामी निर्णय लिएको छ र आम नागरिकको विश्वास जित्न सकेको छ । त्यसकै आधारमा मापन गरिन्छ । आफ्नो अनुहार कुरुप छ भने ऐनालाई दोष दिनुको अर्थ छैन । नेतृत्वले ऐना बदलेर सुन्दर बन्न खोजेको देखिन्छ । हेराई वा दृष्टिमा सकारात्मकता थप्ने कार्य गर्नु पर्छ । राजनीतिज्ञहरु अप्रिय कामको आक्षेप अरुलाई लगाएर राम्रा कामको जस आफूले लिन खोज्दछन् ।

असल नेतृत्वका प्रमुख गुणहरु इमानदारी, क्षमता, सामान्य सुझबुझ (कमन सेन्स), विचार र दूरदृष्टि (भिजन) आदि प्रमुख गुण हुन् । नेतृत्वमा दूरदर्शीता अपरिहार्य हुन्छ । बोल्ने शैली र व्यक्तित्वले नेतृत्वमा प्रत्यक्ष असर पार्छ । सही निर्णय सही समयमा लिने क्षमता पनि नेतृत्वको गुण हो । आत्मविश्वास अनि आशावादी भएका नेतृत्वलाई लक्ष्य हासिल गर्न सजिलो हुन्छ । विश्वसनीयता र इमानदारीलाई नेतृत्वले सधौ आत्मसात गरेर अघि बढ्न सक्नुपर्छ । नेतृत्व साहसी हुनुपर्छ ।

सत्यसँग भोग्ने र शक्तिसँग डराउने कहिल्यै नेता बन्न सक्दैन । डरलाई जित्नु र कठिन परिस्थितिको डटेर सामना गर्नु नेतृत्व्को गुण हो । चुनौतीलाई स्वीकार गर्नु पर्छ र कठोर परिश्रम गर्नु पर्छ । यस्तो अठोट बोकेर हिड्ने मान्छे इतिहास रच्न र परिवर्तन गर्न सक्षम हुन्छ । अहिले हाम्रो मुलुकले यस्तै नेतृत्वको खोजी गरिरहेको छ । जिम्मेवारी वहन गर्न सक्नु र विनम्र अनि शालिन व्यवहार भएको नेतृत्व सफल बन्न सक्छ ।

नेतृत्व उत्साही र परिश्रमी स्वभाव भएको हुनुपर्छ । आलस्यले हामीलाई जिउँदै मार्छ । कामलाई पूजा गर्ने व्यक्ति नै सफल नेतृत्व बन्न सक्छ । सम्यमता र अनुशासन नेतृत्ववर्गको अर्को गुण हो । त्यस्तै धीरवान र सनशील स्वभाव पनि नेतृत्वको परिचय हो । उदार वा सहानुभूतिपूर्ण सोच नेतृत्व्मा हुनु पर्छ । सफलताको भ¥याङ नै आत्मविश्वास हो । नेतृत्वले आत्मविश्वास नगुमाई निरन्तर अघि बढ्न सक्नु पर्छ । लक्ष्य र कामतर्फ सधौ उत्प्रेरित भइरहनु नै उसको गुण हो ।

नेपालका नेतृत्ववर्गमा असल नेतृत्वमा हुनुपर्ने गुणको खडेरी देखिएकाले राजनीतिक गतिरोधको सामना गर्नु परेको हो । नेतृत्व सीप सीपको वीऊ प्रत्येक व्यक्तिभित्र हुन्छ । यसलाई कति हुर्काउँदै, बढाउँदै लाने भन्ने कुरा हाम्रो सिकाइ र अभ्यासमा भर पर्छ । लक्ष्य प्राप्तिका लागि असल नेताले मूल्य, मान्यता र आदर्शलाई त्याग्दैन । उसमा केवल लक्ष्य प्राप्त गर्ने चाहना मात्र हुँदैन ।

त्याग गर्न सक्ने उच्च गुण पनि हुन्छ । राम्रो नेता बन्न प्रभावकारी सञ्चार सीप पनि आवश्यक छ । भाषण राम्रो गर्न जान्दैमा असल नेता भइँदैन । अरुको कुरा सुन्ने धीरता नेतामा चाहिन्छ । यसले अरुलाई बुझ्न मद्दत गर्छ । सर्वगुण सम्पन्न मै छु भन्ने इगो पालेका नेताहरुले जनभावनाको कदर गर्न कदापि सक्दैन ।