दण्डहीनता अन्त्यका लागि शान्ति समाजको अभियान

दाङ, ६ बैशाख । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले नयाँ बर्षको शुभकामना तथा दण्डहीनताको अन्त्यका लागि हाम्रो अभियान बिषयक अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न गरेको छ ।

समाजका दाङ शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतामा तथा उच्च अदालत तुलसीपुर बार एसोसिएसनका अध्यक्ष रबिन्द्र धितालको प्रमुख आथित्य तथा समाजका वरिष्ठ केन्द्रीय उपसभापति सुशील बस्नेतको बिशिस्ट आथित्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा नागरिक समाजदाङका निवर्तमान सभापति टिकाराम रेग्मी, समाजका केन्द्रिय सचिब निर्मल नेपाली , दलित संघका केन्द्रिय महासचिव सञ्जु सिंह बिश्वकर्मा,नेपाल प्रत्रकार महासंघका सदस्य उमा भण्डारी , तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, अपाङ्गता ब्यक्तिको तर्फबाट हुमाकान्त कँडेल , हरिकृष्ण बिक, ईश्वरी बिक, पत्रकार दिपक बोहोरा लगायतले भनाई राखेका थिए ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङको कोषाध्यक्षमा निर्बाचित हुनुभएका समाजका निबर्तमान सभापति शरद रेग्मीलाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रम को स्वागत मन्तब्य उपसभापति नवीन पोख्रेल , धन्यवाद यज्ञ बिक र सञ्चालन कोषाध्यक्ष कोमल डाँगीले गरेका थिए ।