पुनःस्थापना केन्द्रमा मानिसक स्वास्थ्य चेकजाच

तुलसीपुर,५ बैशाख । दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरस्थित निर्णय पुर्नस्थापना केन्द्रमा मानसिक स्वास्थ्य जाँच गरिएको छ । नशा तथा मानसिक रोग बिशेषज्ञ डा मोहन बेलवासेले केन्द्रमा रहेका दुव्यर्सनीमा फसेका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच गरेका हुन् ।

निर्णय पुनस्थापना केन्द्रमा बस्दै आएका आधा दर्जन बढी दुव्र्यसनीमा फसेका व्यक्तिहरुको मानसिक समस्या देखिएको कृष्ण अधिकारीले जानकारी दिएका छन् । उक्त केन्द्रले प्रत्यक हप्ता यसरी नै स्वास्थ्य जाँचकालागि चिकित्सकहरु ल्याउने गरेको छ । उक्त केन्द्रले दुव्यर्सनीमा फसेका व्यक्तिहरुलाई सुधार गर्ने काम गरिरहेको छ ।