तुलसीपुरमा कोरोनाबाट एक महिलाको मृत्यु

दाङ,२ वैशाख । दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।

कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ निवासी ५५ बर्षीय महिलाको मृत्यु भएको हो ।

कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीका अनुसार पौने ४ बजेतिर अस्पतालमा महिलाको मृत्यु भएको हो ।