सहमति कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र

  •   
  •  

दाङ,२९ चैत । नेपाल सरकार तथा कमलरी प्रथा उन्मुलनका लगि संयुक्त सघर्ष समितिबिच भएको १० बुदे सहमती भएको ७ वर्ष पुरा भएको छ ।

तर नेपाल सरकारको तर्फबाट सहमतीका ३ बुदा बाहेक अन्य बुदाहरु कार्यन्वयन नभएको भन्दै मुक्त कमलरीहरुले आइतवार प्रर्दशन गर्दै घोराही उपमहानगरपालिका वडा नं. २ र ४ मा ज्ञापन पत्र बुझाएका छन् । सहकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै उनीहरुले सहमति कार्यान्वयनमा पहल कदमी नगरे चरनबद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन ।

सरकारले सहमति कार्यान्वयन नगर्दा विद्यालय क्याम्पसमा अध्ययरत मुक्त कमलरीहरु छात्रवृती अपुग भएका कारण विद्यालय छोड्न बाध्य हुने,बालविवाह गर्न बाध्य हुने र अनइच्छित गर्भधारण गरी सन्तान जन्माउन बाध्यात्मक अवस्था खडा भएको छ । क्याम्पस शिक्षा पास गर्नेह्ररु जागिरको अभावमा तडपीरहेका अवस्था छ । एसईई पास गर्नेहरु रकम अभाव र अवसर नभएकाले प्राविधिक शिक्षाको पर्खाइमा बस्नु परेको मुक्त कमलरी विकास मञ्च घोराही उपमहानगरपालिका वडा नं. २ स्थानीय समिति अध्यक्ष बिष्णु चौधरीले बताएकी छिन ।

सहमति कार्यान्वयन नगर्दा मुक्त कमलरीहरु विद्यालय शिक्षाबाट वंचित भएका,बालविवाहको शिकार भएका,अनइच्छित सन्तान जन्माउन बाध्य भएका,शिक्षा,शिप र रोजगारीको अभावमा पति तथा परिवारबाट वहिस्करणमा परि घरवार विहिनभएकाहरु आत्महत्या समेत गर्न विवस भईरहेको अवस्था छ । साथै छात्रावासमा बसोवास गरि अध्ययनरत अभिभावक तथा घरवार सहारा विहिन मतmकमलरीहरु खानवस्न,शिक्षा,स्वास्थ्य तथा सुरक्षाको अभावमा रहेको उनले बताइन ।

छात्रावासबाट पास गर्ने वित्तिकै निकालदिने र स्नातक तहसम्मको छात्रवृत्ति रकम कटौटी गरिदिएकाले पठन पाठनमा समस्या भएको अध्यक्ष चौधरीले बताइन । स्थानिय तह संचालन ऐन २०७४ को दफा १२(ग)को उपदफा ३२ ले मुतmकमलरीहरुको पुन्ःस्थपना गर्ने जिम्मेवारी स्थानिय तहलाई तोकी सकेकोले घोराही उपमहानगरपालिका वडा नं २ का मुतm कमलरीहरुको समस्या समाधान तथा पुनःस्थापना गर्नुपर्ने मुक्तकमलरीहरुको माग रहेको छ ।

मुतm कमलरीहरुले आइतवार घोराही उपमहानगरपालिका वडा नं. २ र ४ मा ज्ञापनपत्र बुझाउँदै सहमति कार्यान्वयनको माग गरेको छ । साथै १० दिनभित्रमा मागहरु पुरा गर्न पहल नगरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा मुक्त कमलरीहरुका लागि अनुदानसहित शिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, १८ देखी ३६ महिने तालिमको व्यवस्था गर्नपर्ने, मुतm कमलरीहरुको पुनस्थापना लक्षित वजेट तथा कार्यक्रम लागु गर्नुपर्ने, प्रत्येक वडा कार्यालय तथा नगरपालिकाहरुमा रोजगारीको अवसर आएमा मुतm कमलरीहरुलाई पहिलो प्राथमिकता दिनपनुपर्नै, प्रत्येक आर्थिक बर्षमा हरेक वडामा २ जना मुतm कमलरीहरुले पाउने गरि प्राविधिक शिक्षाको लागी छात्रवृत्ति सेवा प्रदान गर्नु पर्ने माग गरेका छन ।

त्यसैगरी मुतm कमलरीहरुलागी लोक सेवा तयारी कक्षा कालागी वजेट विनियोजन गर्नुपर्ने। मुतm कमलरीहरुमार्फत संचालित सहकारीहरुलाई घुम्तीकोष संचालनकालागी प्रति सहकारी पांच लाख अनुदानको व्यवस्था गर्नुपर्ने, स्थानिय तह अन्तर्गत रहेका विद्यालयहरुमा समयमा नै छात्रवृत्ति रकम निकाशा गरिनुपर्ने, कम्प्यटर डिप्लोमा तालिमको लागी वजेट तथा तालिम व्यवस्था गर्नुपर्ने माग राख्दै आइतवार वडा नं. २ का अध्यक्ष केशव आचार्य र वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीलाई ज्ञापनपत्र बुझाएका हुन ।