गोरक्ष समाचारदाता
दाङ, २९ चैत । नेपाली कांग्रेसकी नेतृ विमला योगी नेपाली कांग्रेसको लुम्बीनी प्रदेश महिला विभाग प्रमुखमा मनोनित भएकी छिन ।
नेपाली कांग्रेसको महिला विभागले सात वटै प्रदेशमा महिला विभाग संयोजक छनोट गरेको छ । जसमध्य दाङ घोराही निवासी योगीलाई नेपाली कांग्रेसको लुम्बीनी प्रदेश महिला विभाग संयोजकमा मनोनयन गरिएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिएकी छिन ।
नेपाल महिला संघ दाङको संस्थापक अध्यक्ष रहेकी योगी लामो समयदेखी राजनितिसँगै सामाजिक कार्यमा क्रियाशील रहेकी छिन । महिलाहरुको सामाजिक एवं आर्थिक सशक्तीकरणकालागी लामो समयदेखी क्रियाशील योगी सामाजिक व्यक्तीको रुपमा परिचित छिन ।