जिल्लाको आर्थिक विकासका लागि उवासंघ टोली काठमाडौंमा

  •   
  •  

अमरराज आचार्य
काठमाडौं, २७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य सघंको एक टोली जिल्लाको आर्थिक तथा विभिन्न माग लिएर काठमाडौं आएको छ । टोलीले संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालयमा भेटघाट तथा छलफल गर्ने भएको थियो ।

विहीवार टोलीले सहरी विकासमन्त्री प्रभु शाहसँग भेटघाट गरेर छलफल गरेको थियो । मन्त्री शाह सकारात्मक रहेको टोलीका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । आप्mनोतर्फ दाङको विकासका लागि सहयोग रहने बताएका थिए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दाङमा औद्योगिक क्षेत्र घोषणा भएसँगै छिटै नै अन्य पूर्वाधारका काम अगाडि बढ्ने बताएका थिए । यसका लागि सरकारको तर्फबाट पहल भइराखेको बताएका थिए ।

आउँदो भदौसम्म डिपिआर र मंसिरसम्म इआइए सम्पन्न गर्ने गरेर आफूहरु अगाडि बढेको बताए । यस कार्यका लाग तपाईंहरुको पनि साथ सहयोग आवश्य पर्दछ, हालसम्म सहयोग रहँदै आएको उनले भने । इआइए भइसकेपछि फास्ट ट्रयाकमा काम सुरु हुने उनको भनाइ रहेको छ । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने उनले बताए । औद्योगिक क्षेत्रमा उद्यमीलाई विशेष सहुलियत दिने सरकारको लक्ष्य रहेको समेत बताइएको छ ।

शुक्रवार पनि टोलीले विभिन्न मन्त्री, मन्त्रालय तथा अन्य निकायसँग भेटघाट तथा छलफल गर्ने भएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । टोलीमा संघका अध्यक्ष टंकसिंह बुढाथोकी, संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ भारी, संघका उद्योग उपाध्यक्ष अनिल आचार्य, सचिव नरेशकुमार श्रेष्ठ, सहकोषाध्यक्ष राजभक्त राना, सदस्यहरु जगत आचार्य, विष्णु गौतम, देवकला बस्नेत रहेका छन् ।