दाङ,१६ चैत । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बल्याक बेल्ट कमिटीको अध्यक्षमा भुवन बुढा मगर मनोनित भएका छन् । संघको रिक्त रहेको अध्यक्ष पदमा हाप्किडोका सहायक प्रशिक्षक समेत रहेका बुढालाई मनोनित गरिएको हो ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले शुक्रबार बल्याक बेल्ट कमिटीको अध्यक्षमा बुढालाई मनोनित गरेका हुन । मनोनित बुढाले नेपालमा मार्शल आर्ट्स हाप्किडो खेलको बिकासका लागि पहल गर्ने बताएका छन् ।
बुढा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङ जिल्लाका अध्यक्ष तथा मार्शल आर्ट्स हाप्किडो संघका लुम्बिनी प्रदेश सचिव हुन । त्यसैगरी संघको सचिवमा नुवाकोट निवासी प्रविण गुरुङ मनोनित भएका छन् ।