जन्मदिनमा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री

दाङ, २५ फागुन । तुलसीपुर उपमहानगरपालिका–६गोलौरा घर भई प्युठानको सरुमारानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले आफ्नो जन्मदिनमा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

रेग्मीले तुलसीपुर उपमहानरपालिका–१८ मा रहेको असहाय बालविकास केन्द्र नेपालका १६ जना बालबालिकालाई शैक्षिक सामग्री र पोषाक सहयोग गरेका हुन । जन्मदिनको अवसर पारेर करिव ३० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको उनले बताए । ‘जन्मदिनलाई फरक तरिकाले मनाउ भन्ने उद्देश्यले बालबालिकाहरुलाई सानो सहयोग गरेको छु’–उनले भने–‘यसले बालबालिकाहरुलाई पढाईमा सहयोग पु¥याउने आशा छ ।’ उनले सानो सहयोगबाट कसैको जिन्दगी बन्छ भने त्यो सहयोग हरेक नागरिकले गर्न तयार हुनुपर्ने समेत बताए ।

उनले मानवीय सेवाका लागि गरिव तथा असाहय बालबालिकालाई सहयोग गर्न समेत सवैलाई आग्रह गरेका छन् । उनले असाहय तथा अनाथ बालबालिकाहरुलाई आगामी दिनमा पनि सहयोगको निरन्तर ता दिने प्रतिबद्धता व्यक्त गरेका छन । रेग्मीले रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलको समन्वय तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका कार्यसमिति सदस्य राकेस वस्नेतको प्रमुख आतिथ्यमा असहाय बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामाग्रि एवं पोषाक वितरण गरेका हुन ।

रेग्मी फागुन २५ गते २८ वर्ष पुरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा सहयोग गरेका हुन । बालविकास केन्द्रका संचालक बिष्णु चौधरीले सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत रेग्मीलाई धन्यवाद एव आभार प्रकट गर्दै सहयोगी दाताहरुकै कारण असहाय बालबालिकालाई सत्मार्गमा लैजाने अभियान सफल बन्दै गएको उनले वताएका थिए ।