मनसुन आउँदै किसान रमाउँदै

युवराज शर्मा

नेपालमा मनुसुनबाट वर्षा हुन्छ । तर अहिले पश्चिमी वायुबाट वर्षा भएको छ । असार लाग्यो भने पूर्व हावा चल्छ, जो बंगालको खाडीबाट आएको वाष्पीय हावाबाट वर्षा हुन्छ । जसलाई मनसुन आयो, वर्षा भयो किसानहरुले भन्छन् । उनीहरु अत्यन्तै खुशी हुन्छन् । यस वर्ष वर्षेबाली सप्रने भयो भन्ने सोचमा हुन्छन् ।

मनसुन किसानका लागि वरदान बन्छ । उद्योगपति, व्यवसायी, ठेकेदारहरुका लागि उत्पादन र निर्माणमा वाधा पुग्छ । मजदुरहरु खेतीपातीको काममा हुन्छन् । विकास र निकासले फड्को मार्दैन । ठूला–ठूला योजनाहरु मजदुरहरुको अभावले गति लिँदैनन् । सधैँ असारे बजेटमा डोजरहरु चलेका हुन्छन् । किसानहरुका लागि मल, वीऊ, ओखती र कृषि उपकरणहरुको अभाव भोग्नु पर्छ । महँगो मूल्यमा यस्ता वस्तुहरु नेपथ्यबाट विक्रिी वितरण भएको हुन्छ ।

बजारहरुमा खाद्य समस्या देखिन्छ । मनसुनबाट उत्पादित अन्न पैसा तिरेर किन्नका लागि भनुसन गर्नु पर्छ । यस्तो वातावरणमा कृषि विकासको नारा नागरिकलाई सुनाइन्छ । वर्षौंदेखिको यो अवस्थामा जति प्रकारका सरकार भए पनि कृषिमा सुधार भएन, गरिएन । मनसुनले पनि राम्रो साथ किसानहरुलाई दिन सकेको छैन । यसको प्रभावले गर्दा खाद्य समस्या बढेको अवस्था छ । समाधानको वातावरण बनेन ।

नेपालले वर्षेनी रासायनिक मल आयात गर्छ । त्यो नि खेती समयमा, मनसुन वर्षा प्रारम्भ भएपछि हुन्छ । यसले किसानहरुलाई समयमा साथ दिँदैन । मल, वीऊ, ओखती र कृषि उपकरणहरुलाई बैशाख अगावै अर्थात् चैतमा आयात गरिसक्नुपर्ने थियो । जब कि यी वस्तुहरु आयात नगरेर विक्री वितरण गर्न सकिन्न । यस्तो वातावरणलाई ख्याल गरिन्न । यसले खेतीपातीमा असर पर्छ भन्ने ज्ञान, कृषि मन्त्रालयका कर्मचारी र मन्त्रीलाई नभएको होइन ।

तर आर्थिक प्रलोभनले गर्दा मनसुन आउँदैछ, खाद अर्थात् मल पनि आउँदै छ भनिन्छ । के यो किसानहरुलाई झुक्याउने खेल हो ? प्रश्न खेतीपातीमा संलग्न किसानहरुको हो । अहिले तीन तहमा संघीय, प्रदेश र स्थानीय सरकारहरु छन् ।यिनीहरु के कामका लागि गठन भएका हुन् ? नागरिकले तिरेको महँगो करबाट सुविधाहरु उपभोग गर्नका लागि हो र ? अथवा राजनीतिको ताण्डव नृत्यका लागि जनप्रतिनिधि भएका हुन् ? यस्ता प्रश्नहरु हरेक नागरिकका जिभ्रोमा उठ्छ ।

मनसुनको झड्काजस्तो वर्षा जस्तै मनसुनको लहर चल्छ । तर भनसुन गर्न पछि परेका किसानहरु सदैव ठगिन्छन् । राजनीतिक खेती बढेको छ । जनप्रतिनिधिहरु रातारात विकसित भएको परिवर्तन देखिन्छ । यही हो गणतन्त्रको परवर्तन ? ठूला नेताहरुलाई आर्थिक लाभ, साना कार्यकर्ताहरुलाई सानो बिलो र नागरिलाई आर्थिक करले थिचेको अवस्थालाई परिवर्तन भनिँदैन, आर्थिक चलखेल हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा नेताहरु रमाउने किसानहरु रुने, नागरिक विदेशिने, बृद्धबृद्धाहरु असहाय हुने, बालबालिकामा स्वाथ्य खराबी बढ्ने, मातृ सेवा र पितृ सेवाका अवरुद्ध हुने भए । यस्तो वातावरणलाई परिवर्तन भनिँदैन । विनाशकाले विपरित परिवर्तन भनिन्छ । यसले मानिसहरुमा मानसिक पीडा, शारीरिक कष्ट, सामाजिक भावनाको हनन् भएको वातावरण बनेको छ । यसैलाई मनसुन पीडा भन्छन् । यस्तो पीडामा किसानहरु छन् ।

नेपालले आफ्नै लगानीमा रासायनिक मलको कारखाना निर्माण गर्न सक्छ र वर्षेनी लाखौँ मेट्रिकटन मल उत्पादन गर्न सक्छ । मल आयात गर्नुपर्ने अवस्था रहन्न । यस्तो कारखाना परासी जिल्लामा खोल्नु पर्छ । एउटै कारखानाबाट उत्पादन हुने मलले खेतीपातीमा आत्मनिर्भर बनाउँछ । तर यस्ता ठूला योजनाहरुलाई बनाउन नेताहरु अग्रसर बन्दैनन् । प्रधानमन्त्री र मन्त्री बन्नका लागि अग्रसर हुन्छन् । व्यक्तिगात स्वार्थमा केन्द्रित भएका नेपाली नेताहरु छन् । मनसुन आउँदै गर्दा किसानहरुमा खुशी बढ्छ । उनीहरु प्रशन्न हुन्छन् ।

समयमा खेतीपाती हुने भयो भन्छन् । खेतीमा रमाउनेवर्गका लागि मनुसन वर्षा अमृत समानको पानी मानिन्छ । त्यस पानीले ऊर्वरत्व बढाउँछ । माटो नरम बनाउँछ । खेतमा धान रोपाई गर्न नरम माटोले बढी मात्रामा हिलाम्य बनाउँछ । रोपाईका लागि धान रोप्न रोपाराहरुलाई सजिलो हुन्छ । थोरै समयमा रोपाराहरुले धेरै धान रोप्ने काम गर्छन् । हुन त वर्तमान समयमा मेसिनरी कृषि उपकरणहरु प्रयोग गरेर धान रोपाई, कटाई, मडाई र भराई जस्ता कार्यहरु हुन्छन् ।

यसबाट मानवीय जनशक्तिको प्रयोग पनि घट्छ । उत्पादित धान उठाउन सहज बन्छ । यो कार्य तराई क्षेत्र र समथर जमिनका लागि मात्र उपयोगी छ । हिमाली, पहाडी भूभागका लागि उपयुक्त हुँदैन । त्यस्ता ठाउँमा मानवीय जनशक्तिको प्रयोग आवश्यकता पर्छ । सबै स्थानका जमिनलाई ऊर्वर बनाउन रासायनिक मलको प्रयोग अनिवार्य छ । ्

मौसम अनुसारका अन्न बालीहरुमध्ये मनसुनबाट वर्षने पानीको वर्षाले वर्षे बाली धान, मकै, कोदो, फापर, चिनो, कागुनो र दलहन खेतीलाई सघाउँछ । यस्ता अन्नबालीहरुबाट मान्छेहरुको जीवन गुजारा मात्र होइन बाच्ने आधार बन्छ । त्यसैले भनिन्छ– मानिसका लागि जीवन यापन गर्न जल, जंगल र जमिन आवश्यक छ । जल एउटा पेय पदार्थ हो भने मानव शरीरका लागि ७० प्रतिशत पानी चाहिन्छ । अन्न उत्पादन गर्न सिंचाई आवशयक छ । त्यसका लागि पानी चाहिन्छ । यसको स्रोत मनसुन वर्षा नै हो ।

जंगल पनि मानवका लागि घाँस, दाउरा, काठको आवश्यकता पर्छ । घनघोर वर्षा हुन जंगल चाहिन्छ । जंगल मानव विकासका लागि आवश्यक छ । जमिन पनि मानिसका लागि संरक्षक स्थल हो । जहाँ मान्छेको बसोवास हुन्छ । पशुपालन व्यवसाय गर्छन् । खेतीपातीमा जीवन बिताउँछन् । आफ्नो परिचय राष्ट्रिय भावना व्यक्त गर्छन् । उनीहरुमा राष्ट्र प्रेम धेरै मात्रामा पाइन्छ । त्यसैले होला जहाँ गए पनि देश प्रेमको भावना पोख्छन् । आफ्नो घरको आर्थिक अवस्थामा सुधार ल्याउन प्रायसरत हुन्छन् । कृषि र पशुपालनलाई जीवन यापनको आधार मान्छन् ।

नेपाली स्वाभिमानी हुन्छन् । यिनीहरु दासत्वमा बाँधिएको अनुभव छैन । विश्वमा स्वतन्त्र देश एक मात्र नेपाल हो । नेपाली साहसी, वीर र स्वाभिमान भएकोले पराइसँग नम्र हुन्छन् । जाइकटक नगर्नु झिकी कटक गर्नु भन्ने मूलमन्त्रलाई मूल मन्त्रलाई बिर्सन्न । सम्झी–सम्झी आर्थिक जोहो गर्न परदेशी बन्छन् । जहाँ गए पनि आफ्नो मातृभूमिप्रति माया गर्छन । भन्छन् – आमा र देशको माया बराबर छ । त्यसैले होला मनसुनी वर्षा, मनसुनी हावा नेपालीका लागि स्वास्थ्य वातावरण बन्छ ।

त्यरकारण गाउँहरुलाई प्रदूषणरहित वातावरणीय स्थलका रुपमा मान्छन् । जहाँ मनसुनी वर्षा र हावापानी पर्याप्त मात्रामा पाइन्छ । अहिले गाउँमा बस्नेहरु खेतीपाती गर्ने र पशुपालन गर्ने किसानवर्गका मान्छेहरु मात्र छन् । उनीहरु सरकारी नजरमा गरिब र पिछडिएका व्यक्तिहरु मात्र छन् । उनीहरु सरकारी नजरमा गरिब र पिछडिएका व्यक्तिहरु हुन् भन्ने बुझाई सहर र बजारबासीहरुको छ । जब कि सहर र बजारवासीहरु पनि गाउँको जग्गा बेचेर सहरबासी बनेका हुन् । त्यस्तो ज्ञान उनीहरुमा पाइन्न ।

सम्पन्नताले मानिसलाई आफ्नो पूर्व अवस्थालाई बिर्सन्छन्, घमण्ड र अहंकार प्रवृत्ति बढ्छ । यस्ता गुणले सम्पन्नताको झलक दिन्छ । तर मनसुनको ज्ञान हुँदैन । कृषि कर्मलाई सम्झन्नन् । विगतका दुखदायी जीवनलाई बिर्सँदारहेछन् । सुखी जीवनलाई सम्झन्छन् । पुँजीको महत्व देख्छन् । तर आयातीत अन्न खानुपर्दा आत्मग्लानी महशुस गर्छन् । आफूले विक्री गरेको गाउँका जग्गालाई सम्झन्छन् । पैतृक सम्पत्ति छोडेकोमा पश्चातप छैन । सहरको घरमा बसेर हाँस्छन् । जोडी बनेर पतिपत्नी रमाएको दृश्य देखिन्छ ।

गाउँघर छोडेर सहर पस्नेहरुलाई सम्पन्नताको अनुभव भएकोले रमाउँछन् । गाउँलेहरुलाई खेतीपाती र पशुपालन कार्यबाट फुर्सद हुँदैन । उनीहरुले मनसुनलाई पर्खन्छन् । त्यसको समयमा उपयोग गर्छन् । त्यरकारण बजार बस्नेहरु चलाख हुन्छन् । गाउँलेहरुमा समझ्दारी न्यून हुन्छ भनाई छ । तर त्यस्तो होइन । अहिले गाउँलेहरु सहर बजारका वासिन्दा भन्दा गाउँमा बस्नेहरु चलाख, सम्यमित र किफायती मान्छे भएका छन् ।

सञ्चार, स्वास्थ्य, शिक्षा, टोलिभिजन, यातायातजस्ता विषयहरु गाउँमा पुगेका छन् । नयाँ–नयाँ प्रविधिहरुका सम्बन्धमा ज्ञान गरेका छन् । उनीहरुलाई समाचार र विभिन्न कार्यक्रम सम्बन्धमा टिभी च्यानलहरुबाट जानकारी पाएका हुन्छन् । जति ज्ञान सहरबजारबासीले गर्छन्, त्योभन्दा धेरै ज्ञान गर्छन् । गाउँलेहरुले समाचारपछि आउने मौसमी अवस्था हेर्छन्, सुन्छन् र मनन् गर्छन् कि मनसुन आउँदै छ भनाई सुन्दा किसानहरु रमाउँछन् ।किसानहरुका लागि मनसुन आउनु उनीहरुलाई वरदान हो । त्यसैले मनुसन आउँदै किसानहरु रमाउँदै गरेका दृश्यहरु गाउँहरुमा हुन्छ ।