गुरुप्रसाद शर्मा रेग्मी
जन्मँदाको क्षण दुःखदायी र विकारपरक हुने गर्दछ । यसै क्षणबाट दुःखका अटुट शृंखला चल्न थाल्छन् । जन्मको दुःख जीवनको दुः र मृत्युको दुःख हर अवस्था दुःखदायी छ । मृत्युपछि पनि दुःख, कष्ट र अप्ठेरो, गौडाहरु प्रशस्त हुन्छन् । मानिस मरेपछि मुक्त भयो, विचराको कल्याण भयो, स्वर्गीय भयो, सद्गति भयो भनेर भन्दैमा असल गति प्राप्त हुने होइन ।
चित्त बुझाएको मात्र हो । मृत्युपछिको चित्तको दसा अत्यन्त घनिभूत हुन्छ । बौद्ध परम्परामा ‘अन्त मति सो गति’ भनिएको छ । जीवनको अन्तिम क्षणमा चित्तको अवस्था कस्तो हुन्छ ? के तृष्णा हुन्छ ? त्यही अवस्थाले भविष्यमा पुनर्जन्मको भाग्य निर्धारण हुने हुँदा आफ्नो सम्पूर्ण जीवन यही लक्ष्य सिद्ध हुने ढङ्गले प्रयलरत हुनु पर्दछ । साथै आजीवन रुपमा पितृका लागि गरिने धर्म, कर्म, दीन, दुखीको सेवाले दुवैको (दिवंगत र सन्तानको) अवस्थामा सुधार ल्याउँछ ।
मानिस के गरेको पुण्य बाटिन्छ । तर धर्म भने आफैसँग रहन्छ । मृत्युलाई अतिसम्मानका साथ व्यवहार गरिनु पूर्वजन्मको अतिमहत्वपूर्ण पक्षलाई आत्मसात गर्नु हो । चाहे इसाई होस् या मुसलवान या बौद्ध मार्गी यिनीहरुले आफ्नो संस्कार छोडेको देखिँदैन । उदेक लाग्दो कुरा के छ भने सबैभन्दा उच्च एवं वैज्ञानिक अन्त्यष्टि किरिया भएको हिन्दू संस्कृतिको लोप गराउन खोज्दा पनि सबै हिन्दूहरुले हातमा दही जमाएर बसेको देख्दा अनौठो लाग्दछ ।
छोराको काज किरिया तर्पण श्राद्धले मेरो मुक्ति हुन्छ भन्ने कुरा सोच्नुको कुनै अर्थ हुँदैन । धर्म र पुण्य र सेवा गर्ने सधैँ आफै तत्पर हुनु पर्दछ । यही धर्म र पुण्यले मृतात्माको मुक्ति गराउँदछ । आफ्नै पुण्य पुरुषार्थ र प्रातापले मात्र प्राणी तर्दछ । छोराछोरीले दिएको तर्पण र श्राद्धले केही राहत मात्र हुने हो । स्वयम् रामका पिता दशरथको आत्मा मुक्त नभएको मान्यता छ । छोराछोरीले गरेको काजकिरिया तर्पण र श्राद्धबाट मुक्ति पाइन्छ भनेर कल्पना गर्नु सपनामा घ्यूको लड्डु खानु जस्तै हो । धार्मिक प्रवृत्तिका अविवाहित छोरीले पनि मातापिताको काजकिरिया गर्न मिल्दछ ।
प्राचीनकालमा धर्म बचाउने मातृ शक्ति नै थियो । त्यतिबेला अविवाहित छोरीले काजकिरिया गर्ने भएकाले किरियापुत्री भनेर किरियामा बसेका छोरालाई पनि भन्ने गरिएको हो – आजभोलिका केही जाँड, रक्सी, चुरोट, ड्रग्स, तास, जुवाबाट आफ्नै मुक्त छैनन् भने त्यस्ता छोराले आफ्ना मरेका बुबाआमालाई कसरी तार्दछन्, मुक्ति दिलाउँछन् ? आफ्नो मुक्तिको लागि चाहे मृतात्मा होस् वा जीवात्मा आफै धर्म र कर्म गर्नु पर्दछ । दान, पुण्य, सद्गुण, परोपकार, ज्ञान, भक्ति सेवा आफैले गर्नु पर्दछ ।
सन्तानले गरे हुन्छ भनेर सोच्नुको कुनै अर्थ छैन । यस्तै विचार राख्ने भएकाले धर्मकर्म मानिसले बुढेसकालमा गर्नु पर्दछ भनेर पर्खेर बसिरहेका हुन्छन् । तर विडम्बना त्यो बुढेसकालमा बुद्धि, विवेकले नै ज्ञान लिन असमर्थ हुन्छ भने कसरी गर्ने धर्म र कर्म, छोराले तर्पण दिन्छ श्राद्ध गर्छ र मेरो मुत्तिः दिन्छ भन्ने सोचेर जीवनभरि मोजमस्ती भौतिक तामझाममा रमाउने प्रवृत्तिप्रति विचार गर्नु पर्दछ भन्ने शास्त्रीय वचनलाई आत्मसात गरी धर्मको मुल भाव बुझी त्यसमा आफूलाई लगाउन सक्नु पर्दछ ।
यसो गर्न नसकेमा मृत्युपछि जीवनको अवस्था र व्यवस्था के हुन्छ भन्ने कुरा गरुढ पुराणमा स्पष्ट उल्लेख छ । गरुढपुराणको सारगर्भित कुरालाई एउटा कानले सुन्ने र अर्को कानबाट बाहिर उडाउने हाम्रो प्रवृत्तिले नै हामीलाई मुक्त हुन नदिएर दुःख र कष्टमा जोतिनु परिरहेको छ ।
पितृ पूजा गर्दा पिण्डकारको रुपमा पिण्ड बनाएर पूजा गर्ने जो परम्परा छ त्यसको कारण हो मानिस जन्मँदा दाहसंस्कारपछि पिण्डाकारको रुपमा छोड्ने एउटा कारण छ भने निराकारको रुपमा रहने परम्ब्रह्म परमात्माको प्रतिक नै शिवलिङ्ग हो । यो सतीका दुलाहा र पार्वतीका दुलाहा शिवको लिङ्गको प्रतीक होइन भन्ने कुरा पुराणहरु र स्वयम् गीताले पनि भनेको देख्न सकिन्छ ।
स्विटजरल्याण्डको अतिआधुनिक २७ किलोमिटर लामो भूमिगत प्रयोगशालाको परिसरमा मुख्य प्रतिकात्मक कला के राख्ने भन्ने सम्बन्धमा ठूलो अन्तक्र्रिया भयो । कालान्तरमा सबै वैज्ञानिकहरु शिवकै मूर्ति राखिनु पर्छ भन्ने निचोडमा पुगे । त्यसमाथि पनि नटराजरुपी शिव जसले गतिमान विश्वब्रह्माण्डको रहस्यबोध गराउँछ । नटराजको मूर्ति स्थापना गरिएको छ ।
प्राचीन हिन्दू वैदिक शास्त्रलाई घृणा गर्ने हाम्रा नास्तिक जन र आधुनिक भनाउँदा विकासे ठिमाहा मानसिकतालाई एक ठूलो चुनौती आजका वैज्ञानिक जगत एवं विज्ञानले थपिदिएको छ । पूर्वीय साहित्यको अध्ययन अनुसन्धान र प्रयोग गरी पश्चिमा देशको भएको पूर्व साहित्यलाई आयातीत संस्कृतिले दरिद्रताको खाडलमा धकेलिदिएको छ ।
विज्ञानवादी धर्मशास्त्र र वेदलाई अन्धविश्वास र रुढीवादी मान्नेहरुले एक पाइला अघि सारेर हेर्न सकेमा यसभित्र विशाल विज्ञानको भण्डार भेटाइन्छ । धार्मिक र आध्यात्मिक कार्यको आधारभूत पक्ष बुझ्न सकिन्छ । प्रलोभनका कारण परिचालितहरुबाट सावधान हुनै पर्छ । अन्यथा सनातन धर्म संस्कृतिको उत्थानको लागि प्रयोग हुने धन राशी यतिबेला होटल, क्यासिनो, एलोपेथी, जाँड, रक्सी, चुरोट, ड्रग्स, नयाँ शिक्षा आदिले धन सोरिरहेका छन् ।
हामीले लाटाले केरा हेर्दाझैँ हेरिरहेका छौँ । वास्तवमा हामी नेपालीले बाहिर पलायन हुने धनपैसा नेपाल र नेपालीको हित हुने गरी यसै भूमिमा समग्र जातजातिका पितृहरुलाई देवताहरुलाई नेपालीपनको लागि संस्कृतिको प्रयोग गर्नु, उपयोग गर्नु उचित हुन्छ जस्तो लाग्छ । यदि यसो गर्न सकेनौँ भने हाम्रो धर्म संस्कृति अर्को पुस्तासम्म नपुग्दै लोप हुने छ ।
हाम्रो अस्तित्व नै रहने छैन । जुन शरीरमा प्रलोभनमा परि अर्काको धर्म संस्कृति संस्कार अपनाएर धन बटोर्ने प्रयास गरिरहेका छौँ । त्यही शरीर नाशवर छ । आज हो कि भोलि हो जाने । त्यस कारण धन बटोर्नुभन्दा धर्म संस्कृतिलाई बटोर्न सक्यौँ भने कुलको हित हुने, आफ्नो समाज र देशको उत्थान हुने थियो । पैसाको प्रलोभन, आफूलाई सभ्य र विकसित देखाउन, आफूलाई आधुनिक देखाउन अर्काको धर्म संस्कृति संस्कार अपनाउने प्रवृत्तिले गर्दा आफ्नो संस्कृति र संस्कार नै लोप हुँदै गएको छ ।
जन्म दिन मनाउँदा बत्ती ालेर पूजा अर्चना गरेर बनाउने हिन्दूहरुले बत्ती बुताएर केक काटेर मनाउने रक्सी र मासुको नैवेध लगाएर मनाउने जन्म दिनको असर कस्तो होला ? घरमा अग्नि स्थापना गरी पूजा गरिएको छ भने त्यहाँ मंश प्रवेश हुन हुँदैन भन्ने विधान छ । तर चुडा कर्म, न्वारान, विवाह आदि कार्यमा अग्नि स्थापना हुने भएकाले मांश वर्जित हुन्छ । आयातीत संस्कृति र संसकारले सबै अमर्यादित र अवैधानिक कार्यहरुलाई पनि वैधानिक बनाइरहेको छ ।
देव पूजा पितृ पूजाको पनि रुप र स्वरुप पनि फेरिँदै गएको छ । भविष्यमा देवपूजा र पितृपूजामा पनि मांशले प्राथमिकतामा म पाउला भन्न सकिँदैन । यतिबेला न मन्त्र शुद्ध हुन्छ न मन्त्र भन्ने शुद्ध हुन्छन्, नगर्ने र गराउने शुद्ध हुन्छन् । जे हुन्छ देखाउने मात्र हुन्छ । औपचारिकता प्रदर्शन गर्ने मात्र हुने भएकाले गरेको कार्यको प्रतिफल न देवताले पाउँछ न पितृले पाउँछन् । गर्नेको धन राशी मात्र खर्च हुन्छ ।
मलाई उसले सम्पन्न प्रदर्शनको रुपमा लिएर सन्तोष गरेको हुन्छ । यसो गर्दा पितृहरु असन्तुष्ट र अतृप्त हुने । उनीहरुको असन्तुष्टिले देख्दा पनि असन्तुष्ट हुने भएकाले मानिसलाई प्राकृतिक देवीथ, दुःख, कष्ट, अशान्ति, प्राकृतिक प्रकोप, महामारीको कष्टमा छटपटाउनु परेको छ । यसबाट मुक्त हुन आफै धर्म संस्कृति, संस्कारप्रति सचेत रहौँ । तिनको न्योचित यथार्थ रुपमा पालना गरौँ । धर्मको विधि सम्मत बाटोमा हिड्नु नै आजको आवशयकता बन्न गएको छ ।