मनको नियन्त्रण र अपत्यारिलो सूचना

  •   
  •  

विनोद पोख्रेल
२०७७ जेठ २१

आज सामान्यभन्दा अलि चाँडो निद्रा खुल्यो । त्यसैले सबै कुरा अलि चाँडो भयो । लेख्दा मन पनि कवितातर्फ आकर्षित थियो । तर पनि कविता बनेन । मैले बनाएर दोहो¥याएर या समय धेरै लगाएर कविता लेख्दैन । कुनै पनि विधा लेख्दैन । यो स्वभाव हो । सरसर्ती आएपछि मात्रै लेख्ने हो । फेरि त्यतिबेला मनमा जस्तो भावना आएको छ लेखाईमा त्यही अभिव्यक्त हुने हो ।

आजलाई यस्तै भयो । आज एउटा कुरा अर्को पनि मनमा छ । यसपटकको कापीका लाइनहरु अलि धेरै छन् । त्यसकारण अलि धेरै लेख्न मन लाग्छ । सबै लाइनमा लेख्न मन लाग्छ । मनमा विशेष आउँदा त यो ठिकै पनि लाग्छ । थोरै पन्ना मात्रै लेखेको छु यसमा । यतिमा पनि दुई चार लाइन अरु भए हुन्थ्यो जस्तो लागेको छ । तर आज बस्दा मात्रै पनि कापी अलि धेरै लेख्नुपर्ने जस्तो मानेको छु । सायद मनमा कहिलेकाहीँ थकाइको महशुस पनि हुन्छ ।

अथवा विस्तृत रुपमा व्याख्या गर्ने विषय भएन भने के लेख्ने हुन्छ कि भन्ने डर पनि हुन सक्छ । जब कि मनमा भएको वा आएको जे छ त्यो लेख्दै जाने हो भने एक पेज लेख्न कुनै समस्या हुँदैन जस्तो पनि लाग्छ । मलाई आज यस्तो अनुभव भएको कवितार्फ ध्यान गएकोले हो जस्तो लागेको छ । अरु डायरीमा लेखेकै जसरी यसमा कविता लेख्दा अलि लामो हुन्छ कि भन्ने सोच मनमा आएको हो । कविता नै पूरै दुई पेज लेख्न केही वाध्यता छैन ।

केही अरु कुरा लेखेर पेज भर्न पनि सकिन्छ अथवा पेज भर्नैपर्ने कुनै वाध्यता पनि छैन । म पनि गजवको छ । कविता लेख्न सुरु समेत गरेन तर पेज लामो लाग्यो । परिकल्पना पनि कस्ता कस्ता ! लामो वा छोटो त लेखेपछि न थाहा हुन्छ । तर यो अनुभूतिले पनि मनको स्वतन्त्रतालाई परिभाषित गर्छ । यसलाई मैले नियन्त्रण गर्न सजिलो छैन । संयम, बुद्धि, विवेक, अनुशासन, अनुभव, शिक्षा सबैको एउटा मुख्य र सायद संयुक्त प्रयास समेत मनलाई नियन्त्रण गर्नु हो ।

यो नियन्त्रणमा भएन भने जे मन लाग्यो त्यही गर्ने, अथवा आजको स्थितिमा पुग्न सकिन्छ होला । यो स्थितिले आफूलाई पनि र समाजलाई पनि गलत प्रभाव पार्न सक्छ । सँगसँगै अर्कोतर्फ पनि छ । आफ्नो मनलाई आफै नियन्त्रणमा राखेर जिउने जीवन कति सफल होला ? व्यक्ति जीवन रक्षाको लागि भनेर घरभित्र बस्दाको छटपटी त यस्तो छ । विद्रोहका स्वरहरु समेत सुनिन थालेका छन् भने अप्ठेरो महशुस भएको सबैले स्वीकार गरेको कुरा हो । त्यस्तो वास्तविकता भोगिरहँदा मन
(भावना)लाई नियन्त्रण गर्ने कुरा कति उचित र कति सहज होला ? यो सायद बहसको विषय हुन सक्छ ।

अझ मानवीय स्वतन्त्रतामा विश्वास गर्नेले आफ्नो भावनालाई समेत स्वतन्त्र हुन नदिँदा कस्तो अनुभव गर्नुपर्छ होला ? सायद मानव जीवन र मानव समाज आफै मिलाएको सन्तुलनमा चलेको छ । यसरी नै चल्नु पर्छ । जब–जब परिवर्तन, विकास, अधिकार, सचेतना र सशक्तिकरण, विज्ञानजस्ता नारा लगाएर मानव जीवनलाई जबर्जस्ती प्रभावित पार्ने प्रयास हुन्छ तब त मानिसको जीवन र समाज अप्ठेरोमा पर्छ ।

आफ्ना तर्कहरुको भरमा आफूले लगाएको नारालाई जति उचित प्रमाण गर्ने प्रयास भए पनि यदि माथि भनिएजस्तो सन्तुलनमा प्रभाव पा¥यो भने यसको नकारात्मक प्रभावको भागी सबै हुनुपर्छ । त्यतिबेला नाराहरुले परिवेशलाई ढाकछोप गर्न सक्लान् तर वास्तविकता ढाकछोपले परिवर्तित त हुँदैन अथवा हराउँदैन । मानव चेतना आफैमा द्वन्द्वको परिणाम हो । राम्रो वा नराम्रो भोगाइ, सोच आदिले मात्रै मानिस, सचेत हुने हो ।

हुन त एउटा सोच बनाएर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखान अनुरुपको व्यवहारबारे मलाई केही भन्नु छैन । त्यो पनि मानव स्वभावमध्यकै एउटा स्वभाव हो । मेरो सोच परिणाममा आधारित हुनुपर्छ भन्ने मात्रै हो । परिणाम सकारात्मक हुनुपर्छ ।

२०७७ जेठ २२ गते

केही थाकेको जस्तो अथवा असन्तुष्टिले केही जितेको जस्तो अनुभव भएको छ । कारण थाहा छैन । एउटा प्रमुख कारण त सायद वर्तमान परिवेश नै हो । त्यसबाहेक पनि धेरैपल्ट आफैसँग पनि दिक्क लागेको अनुभव गरेकै छु । लेख्नु पनि एउटा नियमितता मात्रै हो जस्तो लाग्छ । नलेख्नुको लागि कुनै कारण वा निहुँ नभेटेकोले लेखेको जस्तो । यस्तोमा अलि धेरै समय लाग्ने भए पनि समय बिताउन लेखेको छ, करिब आधा घण्टा ।

कापीको पन्ना ठूलो वा सानो भए पनि समयमा त्यति फरक पर्दैन । त्यो अनुभवले आफै कहिलेकाहीँ अचम्म पनि लाग्छ । हुन त दुई पेज लेख्दा दुई तीन मिनेटको फरक पनि प्रशस्त हो । मैले आज लेख्न मन नलागेको अथवा मानसिकता नै थोकेको जस्तो अनुभव गर्नुको एउटा कारण छ । आजभोलि एउटा नियमितता बनाएको छु । खाना खानेबित्तिकै दुई चार सय कदम हिड्ने । यसमा म प्रायः एक्लै हुँदैन । कहिलेकाहीँ छोरो पनि हुन्छ । धेरै जस्तो दुइृवटै नाति हुन्छन् र कहिलेकाहीँ एउटै नाति भए पनि हुन्छ ।

यो पनि खास गरेर साँझमा । हिजो त्यस्तै हिडेको बेला सानेले लकडाउनको अवधिमा आत्महत्या गर्नेहरुको संख्या अलि नपत्याउने गरी धेरै भएको भन्यो । आजभोलि सूचनाको लागि सामाजिक सञ्जालहरु सजिला माध्यम भएका छन् । तिनैमध्ये कतैबाट उसले सूचना पाएको हुनसक्छ । मैले सूचनाको स्रोत सोधिन । अहिले सोध्नैपर्ने मानेको त्यो संख्या विश्वभरिको हो अथवा कहाँको भन्ने पनि सोधन । त्यो संख्याले म झस्केँ मात्रै ।

अन्दाजीको भरमा भन्छु त्यो विश्वकै होला । त्यत्तिकै मेरो नातिले त्यो विषयमा मुरक किन उठायो भन्ने प्रश्न मनमा आयो र पनि झस्केँ । सायद त्यही झस्किनु प्रभाव पनि हुनसक्छ आजको यो थकान वा चाख नभएको जस्तो लागेको कारण । हुन त यस्तो सोचलाई हलुको रुपमै लिनुपर्छ । अनावश्यक महत्व दिनु हुँदैन । नातिले कतैबाट सूचना प्राप्त ग¥यो र मसँग भन्यो । उसको दाजुले यस्तो हुन नपर्ने भनेर सामान्य तर्क ग¥यो । को गलत हो भन्यो । मैले त्यो कुरालाई त्यहीँ शान्त र समाप्त पारेँ ।

तर यही परिवेश रहिरहे संख्या अझै बढ्नसक्छ भन्ने सोच नेपालमा जतिको आधार बनाएर एकजना मारिनु, अमेरिकामा जातिकै नाममा भएको विद्रोह आदि आदिले कताकता अलि दिक्क लगायो । यस्तो अनुभव पहिलोपल्ट भएको त पटक्कै होइन । निहुहरुअलग हुन सक्छन् । कारण अलग हुन सक्छन् । तर के गरेर जीवन बचाउने भनेर सोच्नेबेलामा अथवा जीवन बारे चिन्ता गरेको बेलामा यसरी जीवन दिने र लिने खेल हुनुलाई सहज रुपमा लिन सकिएन ।

हुन त संघर्ष गर्न नसक्नेहरु, पीडा भोग्न नसक्नेहरु, अरुमा आधारित जीवन बाँच्नेहरु अथवा यस्तै यस्तैले जब जीवन उनीहरुको सोचभन्दा ठूलो परिवेश भोग्न वाध्य भएको मान्छन् र जीवनसँग हारेको महशुस गर्छन् तब त्यस्ता नराम्रा गतिविधिहरु गर्छन् । त्यस वाहेक डिप्रेशनको रोगले पीडितहरुले पनि तर्क संघर्ष, हिम्मततर्फ सोच्नुभन्दा जीवन सकिए सबै सकिन्छ भन्ने सोच्ने गरेको पनि पाइन्छ । विश्वभरिका मानिसको अध्ययन गर्ने हो भने म जस्ताले कल्पना पनि गर्न नसकेका सोचहरु भएका पनि धेरै मानिस छन् भन्ने मेरो विश्वास छ ।

यस्तो नकारात्मक पारामा विषयलाई व्याख्या गर्ने अलि चाँडो जीवनसँग हारेको अनुभव गर्ने, यस्तै–यस्तै सोच भएकाहरु पनि धेरै थोरै हुनु केही अचम्म होइन । आँकडा सुनेरै म तर्सिनुको पनि कुनै मतलव छैन । धेरै कुराको आँकडा मैले सुनेकै छैन होला । बरु मानव सोचमा प्रतिकुल प्रभाव पार्ने यस्ता आँकडाहरु सूचनाको रुपमा सार्वजनिक नगरिदिए हुन्थ्यो भन्ने मेरो सोच हो । आफ्नो सोच अनुरुप भएन भनेर म आत्तिनु वा तर्सिनु पनि त भएन ।