calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

सवारी साधनमा सरसरफाइ जिङग्ल

अमरराज आचार्य
दाङ, ५ कार्तिक । सार्वजनिक यातायातका साधनमा अव सरसफाई तथा ट्राफिक सचेतना समवन्धी जिङगल वज्ने भएको छ । घोराही उप महानगरपालिकाले थालेको पुर्ण सरसफाइ अभियान अन्र्तगत यस प्रकारको अभियान थालनी गरिएको छ ।

यात्राका क्रममा यात्रुहरुले गाडी वाट जताततै फोहोर नफालुन भनेर यस प्रकारको अभियान थालेको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले बताए । सार्वजनिक सवारी साधनमा जिङगल वजाउदा यात्रुहरु लाइ सचेतना प्रदान गर्ने सहज हुने उनले बताए । जसले गर्दा यात्रुहरुले फोहोर जताततै नफाल्ने अपेक्षा गरिएको छ । नगरापलिकाले थालेको पुर्ण सरसफाइको अभियानलाइ समेत सहयोग मिल्ने शाखा
प्रमुख केसीले बताए । ‘नागरिकलाइ सचेत वनाउन सकिएमा नगरलाई सफा वनाउन सहयोग मिल्ने छ’ शाखा प्रमुख केसीले भने । यस अभियानमा यातायात समितिका पदाधिकारी, व्यवसायिहरुले पनि सहयोग पर्ने प्रतिवद्धता जनाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यातायात प्रा लिहरुलाई सरसफाइ सम्वन्धी सचेतना मुलक तथा ट्राफिक समवन्धी सचेतना मुलक अडियो रेकर्ड गरेर प्रदान समेत गरेको छ । नगरपालिकाले वस व्यवसायि समितीका पदाधिकारीहरुसंग सोमवार गरेको छलफलमा उनीहरुले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा त्रिदेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले नगरपालिकाले थालेको अभियानमा आफुहरुको सहयोग रहने बताए । ‘नगरपालिकाले थालेको सुन्दर वनाउने अभियानमा हाम्रो तर्फवाट सहयोग रहन्छ’ अध्यक्ष हमालले भने ।

लामो दुरीका सवारीका साधनहरुमा डसविन राखिएको उनको भनाइ छ । फोहोरलाइ फोहोर राख्न वनाइएका निश्चित स्थानमा राख्न सहचालकलाइ निर्देशन दिएको उनले बताए । त्यसैगरेर गाडीका सहचालकहरुलाइ पनि सरसफाइ सवन्धी सचेतना दिने काम भै रहेको हमालले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेमप्रसाद रेग्मीले नगरपालिकाले थालेको अभियानमा ट्राफिक प्रहरीको सहयोग रहने बताए । उनले नागरिकको
भिड भाड हुने क्षेत्रमा डसविनको व्यवस्था गरिनु पर्ने बताए । ‘नागरिकलाइ फोहोर जतातै नफाल भने त्यसको विकल्प दिनु पर्ने पर्दछ’ प्रमुख रेग्मीले भने । दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेलले सरसफाइ अभियानमा उद्योग वाणिज्य संघ अगाडि वढी रहेको बताए ।

संघले लामो समय देखि सरसफाइ अभियान सञ्चालन गदै आएको र टोल टोल सम्म पुगेर सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको बताए । नगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उप महानगरपालिकालाइ पुर्ण सरसफाइ वनाउने अभियानमा नगरपालिका रहेको बताए । ‘नगरपालिका नागरिकको सतेतना जगाउने अभियानमा रहेको छ ’ नगरप्रमुख चौधरीले भने । नगरका हरेक अभियानमा सहयोग गदै आएका यातायातका
पदाधिकारी तथा व्यवसायिहरुले यस कार्यका पनि सहयोग गर्ने उनको भनाइ छ । कार्यक्रममा वोल्ने बक्ताहरुले सरसफाइको अभियान व्यक्ति स्वयम आफैवाट सुरु गर्नु पर्ने बताए ।

कार्यक्रममा घोराही उप महानगरपालिका उप प्रमुख सिता सिग्देल न्यौपाने, वडा अध्यक्षहरु कुलहादुर लामिछाने, रविलाल घर्ति, राजेन्द्र वुढा, खुसीराम चौधरी,वडा सदस्य सनत श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, त्रिदेश्वरी यातायात प्रा लिका घोराही शाखा प्रमुख मानकुमार राना, नया वस पार्कका घोराहीका सरसफाइ निरीक्षक हर्कवहादुर वली लगाएतकाले मनतव्य राखेका थिए । कार्यक्रम सरसफाइ, वातावरण विपद् व्यवस्थापन समितीका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण सरसफाइ व्यवस्थापन
शाखाका प्रमुख प्रेम केसीले गरेका थिए ।