कविता : निहत्था

खै कहाँ गयौ न्याय तिमी
अन्धो कानुन भयौ कि कतै
मर्ने मरी रहेछन् यहाँ रक्ताम्य
जलिरहेछन् निर्दोष आवाज दबाई जताततै।।

स्कुल र खुलेयाम घुम्न नपाउने
नारीलाई के आईपर्यो नर्ग जस्तो
निर्मलाको जस्तो नहोस् इन्साफ
भागीरथी पनि भइन उस्तै शिकार सस्तो।।

काँचुली फेर्छ देश भन्थे सुन्दा
श्रमिकलाई बाधाअड्चन हरपल षडयन्त्र
विकास गर्ने लम्किदै छन् बाटोमा
जुलुस र विरोध प्रदर्शन गर्दै यत्रतत्र ।।

बलात्कार र काटमार सधै अनियन्त्रित यस्तै
सलबलाउछ मन खबरले स्तब्ध जताततै
सौभाग्य र संरक्षण भए उखान टुक्का
वेदनाको भेल बहिरहेछ नेपाल आमा भित्र। ।

समिप आचार्य ‘यात्री