एक दशक ‘दलित मुुक्ति दशक’

दाङ, ३० माघ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अबको एक दशकलाई ‘दलित मुुक्ति दशक’को रुपमा लिने बताएका छन् । सन् २०२१ देखि ०३१ सम्म दलित मुुक्तिको रुपमा लिने गरेर आयोगले योजना बनाएको अध्यक्ष विश्वकर्माले बताए ।

नेपाल उत्पीडित जातीय मुुक्त समाज दाङले बिहीवार गरेको स्वागत सम्मान कार्यक्रममा अध्यक्ष विश्वकर्माले भने– ‘आयोगको पहिलो भिजन वा योजना यही हो । यो अनुुसार योजना निर्माणको काम भइरहेको छ । अब छिट्टै सार्वजनिक गरेर कार्यान्वयनमा जाने छौं ।’ उनले विगतमा दलित सुुमदाय उत्पादनबाट विमुुख भएकाले दलित समुुदाय शोषण र विभेदमा परेको बताए ।

दलित समुदायको विकासको लागि सरकारले विशेष योजना ल्याएको बताए । कार्यक्रममा भूमिसम्बन्धी सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले सरकारले भूमिहीनहरुलाई पुर्जा दिने काम अघि बढाएको बताए । ‘गाउँ–गाउँमा लगत लिने काम शुरु भएको छ’, उनले भने– ‘त्यस कार्यमा सबैले सघाउनुपर्छ ।’ उनले अझै पनि राजनीतिक जागरण आवश्यक भएको समेत बताए ।

समाजका जिल्ला अध्यक्ष चूर्णबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले कानुनमा विभेद नभए पनि व्यवहारमा विभेद कायमै भएको बताए । उनले त्यसको लागि दलित एकतामा जोडसमेत दिए ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकी र मुक्ति समाजका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले मन्तव्य राखेका थिए । मुक्ति समाजका सहसचिव सुन्दर विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दलित आयोगका अध्यक्ष विश्वकर्मा, भूमि सम्बन्धी समस्या आयोगका जिल्ला अध्यक्ष आचार्य, विज्ञ रेमन्त चौधरी र सदस्य हेमराज पुनलाई स्वागत–सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव टंक विश्वकर्माले गरेका थिए ।

मुक्ति समाजको घोराही नगर कमिटी गठन

यसैबीच मुक्ति समाजको घोराही उपमहानगरपालिकास्तरीय भेला सम्पन्न भएको छ । भेलाले माधव नेपालीको अध्यक्षतामा ४५ सदस्यीय नगरस्तरीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दलबहादुर नेपाली, सचिव ओमबहादुर नेपाली, कोषाध्यक्षमा धनकुमार विक र सहसचिवमा दु्रपता सुनार छन् ।

त्यसैगरेर सदस्यहरुमा वासुदेव सार्की, विष्णुप्रसाद कुमाल, दिलबहादुर विष्ट नेपाली, टीकाराम सार्की, कुसुम सुनाम, जगतबहादुर बस्नेत, कोमल विक, कौशिला परियार, दीपा नेपाली, आशा नेपाली, खिमा नेपाली, बमकुमारी वली, जुद्धबहादुर नेपाली, कमली नेपाली छन् ।

त्यसैगरेर अन्य सदस्यहरुमा सुरेश परियार, राधिका कामी, सुनिता विक, खुमा सुनार, मालती थापा, काशीका सुनार, भूपबहादुर कामी, दामा विक, कमला नेपाली, क्वारी टमाटा, गनबहादुर विक, शान्ता दमाई र कमला सुनार छन् ।