गोजुरियो करातेको ग्रेडिङ तथा दिक्षान्त समारोह

  •   
  •  

तुलसीपुर,१३ माघ । दाङको तुलसीपुरमा गोजुरियो करातेको ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न भएको छ ।

नेपाल गोजुरियो कराते दो संघको आयोजनामा सहिद स्मृति आवासीय माबि तुलसीपुर बनकट्टीमा मंगलवार भएको ग्रेडिङ तथा दिक्षान्त समारोहमा जिल्लाका सिनियर तथा जुनियर गरि ६५ बढी खेलाडी दिक्षित भएका छन् ।

जस अन्तरगत सिनियरतर्फ ब्ल्याक बेल्ट सो डान फस्ट डान, सेकेण्ड डान,थर्ड डान र जुनिएरतर्फ विभिन्न बेल्टमा अप ग्रेट खेलाडीहरु लाई नेपाल गोजुरियो कराते महासंघ का केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक बिआर मित्राले दिक्षित गरेको नेपाल गोजुरियो कराते का प्रशिक्षक विवेक कुमार बिकले जानकारी दिएका छन्।

नेपाल कराते दो संघ दाङको आयोजनामा भएको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बिआर मित्राले राष्ट्रको सान र गौरवसंग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताएका थिए ।

खेलकुद मानव जीवनको अभिन्न अंगसंगै सर्बाङ्गिन बिकासको आधार स्तम्भ पनि भएकाले यसको उच्च आदर्शलाई सदैव आत्म साथ गर्न खेलाडीहरुलाई उनले आग्रह गरेका थिए ।

कार्यक्रममा सहिद स्मृति आवासियमाबिका सहायक प्रधानाध्यापक धनेश्वर पोख्रेल, समाजसेवी पुष्पा आचार्य, प्रशिक्षक नबराज रोका, सुबिन चौधरीलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा शान्तिनगर र मानपुर दोजाङका खेलाडिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशिक्षक हरिष चन्द्र रानाले गरेका थिए ।