महिला जेसीजद्वारा उवासंघका नवनिर्वाचित कार्यसमितिलाई स्वागत

  •   
  •  

दाङ,१३ माघ । दाङ महिला जेसीजले एक कार्यक्रमको आयोजना गरी उद्योग बाणिज्य संघमा निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ ।

दाङ महिला जेसीज अध्यक्ष ममता विष्टको अध्यक्षता तथा सस्थापक अध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यता एव दाङ जिल्ला उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंकसिंह बुढाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा महिला जेसीजकी पूर्व अध्यक्ष बिणा बिसी,त्रिभुवन नगर जेसीजका अध्यक्ष मुकेश शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक उपाध्यक्ष अर्चना शर्माको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा उपाध्यक्ष दिलु मल्लले जेसीज आस्थापाठ गराएकी थिइन ।

कार्यक्रमका सहभागीलाई अनिता ढकालले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन ।