प्राधानाध्यापकद्वारा वडाध्यक्षलाइ सिद्धाईदिने धम्की

शिवराज खनाल
देउखुरी,११ माघ । देउखुरीको राजपुर गाउँपालिका– ७ का वडा अध्यक्ष भीमबहादुर खड्कालाई माध्यामिक विद्यालय सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले सिद्ध्याई दिने धम्की दिएका छन् ।

माध्यामिक विद्यालय सिक्टामा पढाउँदै आएका तुलसीपुर उपमहानगरपालिका–१३ बखारिया घर भएका खत्रीले आफुलाई धम्की दिएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन् । उनले एक बिज्ञप्ति जारी गरी प्रधनाध्यापकले सिध्याईदिने धम्की दिएको जानकारी गराएका हुन । प्राधानाध्यापक खत्री यहि माघ ७ गते सिफारिस लिन वडा नम्बर ७ को वडा कार्यालयमा गएको र सिफारिस लिएर वडा कार्यालयमै बसी वडाध्यक्षलाई अनेक बिषयमा गालि गरेको वडा कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको भनाई छ ।

वडा कार्यालयका अन्य कर्मचारीकै अगाडी बिना कारण तथानानाम गालि गलौच गर्दै मार्ने धम्की दिएको वडाध्यक्ष खड्काले प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन । प्रधानाध्यापक खत्रीले वडाध्यक्ष खड्कालाई विभिन्न आरोप लगाउदै केहि दिन भित्रै सिद्ध्याई दिने समेत धम्कि दिएको बिज्ञप्तिमा उल्लेख छ ।

वडा अध्यक्ष खड्काका अनुसार आफुलाई धम्की दिने शिक्षकलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मीसंग अनुरोध समेत गरेका छन ।

पटक पटक शिक्षक खत्रीले विप्लब माओबादीको समेत धम्की दिने गरेका छन । यो बिषयमा सम्पर्क गर्न खोज्दा प्रधानाध्यापक खत्रीको मोबाइल बन्द भएकोले सम्पर्क हुन् सकेन।

पटक पटक विवादित हुने शिक्षक खत्री

सुर्योदय प्राथमिक विद्यालय बनकट्टीबाट काजमा माध्यामिक विद्यालय सिक्टा पुगेका राहतकोटाका शिक्षक बिष्णु खत्री पटक पटक विवादमा तानिदै आएका छन । कहिले प्रधानाध्यापक पदका लागि त भने कहिले महिला शिक्षकलाई हातपात गरेको बिषयमा उनि विवादित हुदै आइरहेका छन ।

केहि दिन अघि सोहि विद्यालयमा अध्यापन गराउदै आएकी शिक्षिकालाई हातपात गरेको आरोपमा पांच दिन इलाका प्रहरी कार्यालय गढवाको हिरासतमा बसी धरौटीमा छुटेका थिए । महिला शिक्षकलाई हातपात गरेको आरोप लागेका शिक्षक खत्रीको मुद्दा अझै फैसला भने भएको छैन ।

शिक्षक जस्तो मर्यादित पेशामा संलग्न व्यक्ति नै अमर्यादित ढङ्गले अराजक, अमानविय तरिकाले सार्वजनिक स्थलमा प्रस्तुत हुनुले उनिले कानुनको धज्जिया उडाएका छन ।