कोभिड–१९ र यसले शिक्षामा पु¥याएको असर

  •   
  •  

यादव गिरी

गत चैतदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले शिक्षासहित मानव जीवनको हरेक पक्षमा असर पु¥यायो । महामारी रुपमा फैलिएको यो भाइरसले शैक्षिक क्षेत्रमा जटिलता ल्यायो । कोभिड–१९ को महामारीका कारण शिक्षण संस्थाहरु बन्द भए ।

युनेस्कोको रिपोर्ट अनुसार १ सय ९१ राष्ट्रका करिब १दशमलव ६ विलियन (अरब) बालबालिकाहरु शिक्षण संस्था अस्थायी रुपमा बन्द हुँदा प्रभावित भए । यद्यपि विभिन्न स्वरुप, अवस्था, परिवेश हुँदै शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई विभिन्न विकल्पहरु प्रदान गर्दै यी पक्षहरुलाई विभिन्न माध्ययमबाट जोड्दै विद्यालयहरु बन्द भएका थिए ।

कतिपय अवस्थामा विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई अध्ययन सामग्रीलगायतका शैक्षिक सामग्रीहरु विद्यालय बन्द रहेको अवस्थामा समेत पु¥याएको देखिन्छ । इन्टरनेटको पहँुच भएका स्थानमा प्रविधिको प्रयोग गर्ने प्रयास गरियो । टिभी, रेडियोलगायतका प्रविधिबाट शिक्षण सिकाइको अभ्यास गर्न थालियो । दूर–शिक्षा, अनलाइन शिक्षणजस्ता प्रविधिहरुको प्रयोग पनि गर्न थालियो । यस्ता प्रयोगहरु कतिपय स्थानमा प्रभावकारी भए, कतिपय ठाउँमा विस्थापित हुन पुगे ।

यस टिपोटमा विशेषतः कोभिडले विद्यालय शिक्षामा पारेको असरलाई प्रकाशित विभिन्न रिपोर्ट तथा तथ्याड्ढहरुको आधारमा केलाउन खोजिएको छ । यसले कोभिड पश्चातका विद्यालय क्षेत्रको एउटा बिम्ब पनि देखाउने छ । विशेषतः यो बीचमा यद्यपि सबै बालबालिकाको शिक्षा–दीक्षा प्रभावित भएको छ नै तर अझ मिहिन तवरले केलाउँदा विभिन्न विद्यालयहरुले गरेको प्रविधिको अभ्यास, उपलब्ध स्रोत र साधनले समेत शिक्षाको गुणस्तरमा कोभिडले फरक प्रभाव पारेको देखिन्छ ।

हामीले कोभिडसँग जुझिरहँदा शिक्षा क्षेत्रका लागि भनेरै विभिन्न नीति नियमहरु पास भएका छन् । जुन प्रविधिसँग सम्बन्धित छन् । यसले पनि के सन्देश दिन खोजिरहेको आभाष हुन्छ भने हामी शिक्षा क्षेत्रमा प्रविधिलाई अझै पनि प्रयोग गर्नमा ढिलाई ग¥यौँ भने हाम्रो शिक्षण सिकाई पुरानै शैलीमा फर्कन्छ । यो भनेको विद्यार्थी सिकाइमा उनीहरुलाई पुग्ने नोक्सान हो । तसर्थ, यससँगै चुनौती र सम्भावित रणनीतिको बारेमा पनि चिन्तन गर्नुपर्ने देखिन्छ ।

थालनी

कोरोना आफैमा त्रासदीपूर्ण बनेर बसेको छ । यस बारेमा थाहा नभएका सायदै होलान् । २०१९ को मध्यमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को विश्वव्यापी महामारी तीव्र रुपमा फैलिँदै पाकिस्तान, इरान, इटाली, अमेरिका, भारत हुँदै नेपालमा पहिलो पटक जनवरी २० मा ३२ वर्षीय नेपाली विद्यार्थी चीनको वुहानबाट फर्कंदा देखिएको थियो ।

एकातर्फ कोरोना विश्वमा तुफान जसरी फैलिरहेको थियो भने यता नेपाल सरकार सुस्त गतिमा कोरोना रोकथामको योजना बनाइरहेको थियो । २०१९ को मध्यमा चीन कोरोना देखिँदा नेपालमा विधिवत रुपमा जनवरी २० पश्चात मात्र अन्तर्राष्ट्रिय विमान स्थलमा थर्मल स्क्यानर राखिएको थियो । जुन नेपाल सरकारको तर्फबाट कोरोना रोकथामका लागि चालिएको पहिलो कदम थियो । यस कदमले सरकारको ढिलासुस्तीलाई संकेत गर्दछ ।

यस पश्चात मात्र सरकार तातेको देखिन्छ । विभिन्न सचेतनाका आवाजहरु बज्न थाल्छन् । मिडियामा आएका अक्षरहरुले त्रास त बढाए नै सँगै सरकारको आँखा खोल्नमा पनि सहयोग ग¥यो । करिब–करिब तीन चार हप्ता पश्चात सरकारले औपचारिक रुपमा यसप्रति संवेदनशीलता देखायो । लकडाउनको घोषणा ग¥यो । विभिन्न तयारीहरुको थालनी ग¥यो ।

यो रोग नियन्त्रण र रोकथामका लागि नेपाललगायत विश्वभरि नै लकडाउन, निषेधाज्ञा, क्वारेन्टाइन, आइसोलेशन, कन्ट्याक्ट ट्रेसिङ, सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानी वा स्यानिटाइजरले हात मिचि–मिचि धुने र भीडभाड नगर्ने आदि गतिविधि हुँदै आए र आएका छन् । यो टिपोट तयार पार्दासम्म विश्वमा ८७ करोड ८२ लाख ६ हजार ५ सय २६ संक्रमित, १ करोड ८९ लाख ४ हजार ८ सय ५१ जनाको मृत्यू र ६३ करोगड २९ लाख ६ हजार ४ सय १४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् ।

यसैगरी हाम्रो मुलुकमा २ लाख ६३ हजार ६ सय ५ संक्रमित, १ हजार ९ सय ३ जनाको मृत्यू र २ लाख ५६ हजार ६ सय ४४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । नेपालको केश हेर्दा अक्टोवर २१ मा सबैभन्दा बढी ५ हजार ७ सय ४३ संक्रमित भएको देखिन्छ भने नोभेम्वर ४ मा सबैभन्दा बेशी ३० जनाको मृत्यु भएको देखिन्छ । अहिले पनि संक्रमित र मृत्यु हुने क्रम जारी रहेको छ ।

सरकारले गरेको सजिलो कोरोना रोकथामको सरल तरिका भनेकै लकडाउन थियो । यस कार्यको प्रत्यक्ष प्रभाव विद्यालय शिक्षामा परेको देखिन्छ । युनेस्कोको प्रतिवेदनअनुसार कोरोनाकै कारले नेपालमा करिब ८७ लाख ९६ हजार ६ सय ३४ विद्यार्थीहरुको पढाइले–खाइबाट प्रभावित भएको देखिन्छ । यसमध्ये ११ प्रतिशत (९५८१२७) पूर्व प्रा.वि तहमा अध्ययनरत विद्यार्थीहरु, २४६६५७० (२८ प्रतिशत) प्राथमिक, ३४६३७६३ (३९ प्रतिशत) माध्ययमिक र ४०४७१८ (५ प्रतिशत) उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरु प्रभावित भएको देखिन्छ ।

नेपाल सरकारले गरेको लकडाउन र यसमा हुने शिक्षालयहरुको बन्दले शिक्षा क्षेत्रमा नकारात्मक तथा सकारात्मक संकेतहरु देखिएका छन् । इ–सिकाइ, सिकाइका नयाँ अवधारणा र मान्यताको विकास, सिकाइमा प्रविधिको प्रयोगको प्रयास कोरोनाले ल्याएका सकारात्मक पक्ष हुन् भने सबैभन्दा यससँग जोडिएको शिक्षा क्षेत्रमा परेको मनोवैज्ञानिक त्रास, व्यवस्थानको अभावले खस्कँदै गएको शिक्षाको गुणस्तर, रोजगारीमा भएको कटौती, निजी विद्यालयहरुमा परेको आर्थिक संकट कोरोनाले निम्त्याएका नकारात्मक तथा संकटका पक्ष हुन् । तसर्थ, दुबै पक्षलाई हेर्न आवश्यक छ, यदि साँच्चिकै शिक्षा क्षेत्रलाई चलायमान तथा गतिशील बनाउँदै पहिलेकै लयमा फर्काउने हो, भने ।

अहिले पनि हामी कोरोनाबाट मुक्त भइसकेका छैनौँ । यद्यपि, कोरोना संक्रमणको दर घटेको देखिन्छ तर स्वाब संकलन र परीक्षणको दर पनि सँगै घटेको छ । स्वाब परीक्षण र संकलन दरमा बृद्धिसँगै संक्रमण संख्या घटेको भए हामी भयमुक्त रहने अवस्था हुने थियो । तर परीक्षणमा हुने कमीले स्वाभाविकै संक्रमणमा कमी देखाउँछ नै । यसले तपाईं–हामीलाई भयरहित बनाउन सक्दैन । यो अवस्थामा विद्यालयहरु सञ्चालनमा आएका छन् ।

यद्यपि, विभिन्न तवरले असारदेखि नै विद्यालयहरु चलायमान भइरहेका थिए । तर विधिवत रुपमा नेपाल सरकारको २०७७ असोज २० गते जारी गरेको ‘विद्यालय सञ्चालन कार्यविधि २०७७’ ले विद्यालयहरुलाई चलायमान बनाउने बाटो खोल्यो । त्यसैको आधारमा विद्यालयहरु सञ्चालन हँुदै पछिल्लो चरणमा नेपाल सरकारले गरेको विद्यालय सञ्चालनको निर्णयसँगै विधिवत् रुपमा लकडाउनको अन्त्य भएको त छ तर योजनाविहीन भएर विभिन्न क्षेत्रहरु चलायमान भएका छन् । शिक्षा क्षेत्र त अति नै संवेदनशील क्षेत्र हो । यो क्षेत्र समेत अत्यन्त योजनाविहीन भएर कुहिरोमा काग रुमलिएझैँ सञ्चालनमा आएको छ । आउँदा दिनहरुमा पर्ने आर्थिक समस्या, कोरोनाले ल्याइरहेको संकटको मोचनजस्ता विषयमा कुनै पक्ष संवेदनशील भएको देखिँदैन ।

कोभिडले विद्यालयमा पारेको असरको व्यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यास
धेरैजसो मुलुकहरुमा आफूमा उपलब्ध स्रोत र साधनको अधिक्तम प्रयोग गर्दै विद्यालयहरुको व्यवस्थापन गरेको देखिन्छ । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर चलायमान गरेको देखिन्छ । जर्मनी, यूके, अस्ट्रेलिया, फ्रान्स, इटालीलगायतका मुलुकहरुमा इ–सिकाइको प्रयोग गर्दै शैक्षिकसत्र खेर जानबाट बचाएको देखिन्छ । यी मुलुकहरुमा राज्य, विद्यालय, विद्यार्थी, अभिभावक तथा सरकोरकावाला निकायको सहकार्यमा शिक्षणका विकल्पहरु प्रयोग गरिए र शैक्षिक वर्ष जोगाउने कार्य भयो ।

अर्कोतर्फ चीनले आफ्नो केन्द्रिकृत शिक्षण प्लेटफर्म नै तयार पारेर शिक्षण सिकाइका क्रियाकलापहरु ग¥यो । यतिमात्र होइन उसले अनलाइन सेवाप्रदायकहरुसँग सहकार्य गर्दै शतप्रतिशत खर्च व्यहोरी शिक्षण क्रियाकलाप जारी राख्यो । अर्कोतर्फ प्रविधिको पर्याप्त स्रोत साधन उपलब्ध नभएका देशहरु अर्जेन्टिना, चिली, ब्राजिललगायतका मुलुकहरु समेत शिक्षा क्षेत्रप्रति संवेदनशील हुँदै राष्ट्रिय स्तरबाट टिभी, यू–ट्यूवलगायतलाई शिक्षण सामग्रीको रुपमा प्रयोग गरेको देखिन्छ ।

इन्डोनेसिया, मलेसियालगायतका मुलुकहरुमा डिजिटल पाठ्यपुस्तक राज्यले नै तयार पारी वितरण गरेको देखिन्छ । यी सबै परिस्थिति र अवस्था हेर्दा विश्व कोरोना महामारीको संकटमा परे पनि शिक्षालाई पहिलो पंक्तिमा राखेर कार्य गरेको प्रष्ट हुनजान्छ ।

कोभिडले विद्यालयमा पारेको असर

विश्वव्यापी फैलिरहेको कोरोनाको महामारी र यसको सन्त्रासले विश्वभरि शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र र सामाजिक, आर्थिक क्षेत्रलगायत सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित पारेको छ ।

कोभिडले नेपालको शिक्षामा के–कस्तो प्रभाव पा¥यो भनेर भनिहाल्ने अवस्था अझै आइपुगेको छैन । शिक्षा क्षेत्र सबैभन्दा बेशी प्रभावित भएको जगजाहेरै छ । यसले पारेको मनोवैज्ञानिक असर त आँकलन नै गर्न सकिँदैन । यसलाई विभिन्न पाटोबाट बुँदागत रुपमा हेरौँ ।

१. पहिलो शैक्षिक क्षति :

क) शैक्षिक सत्र २०७६ को समापनको हतारो । (कति पय स्थानमा वार्षिक परीक्षा समेत हुन सकेन ।)

ख) एसइईको विद्यार्थीहरु परीक्षा केन्द्रबाट फर्किंदा परेको मानसिक असर ।

ग) लकडाउनको घोषणासँगै विद्यालय सञ्चालनमा देखिएको अन्योलता ।

घ) बालबालिकाहरुमा आफ्नो पढाइलाई लिएर परेको मानोवैज्ञानिक असर ।

ङ) शैक्षिक अन्योलताका बीच अहिले पनि विद्यार्थीहरु विद्यालयमा आउन नसकेको अवस्था ।

च) शैक्षिकसत्र २०७७ को अन्योलता कायमै रहेको अवस्था ।

छ) विद्यार्थीमा परेको मानसिक असरले शैक्षिक भविष्य अन्योल हुने देखिन्छ ।

ज) इ–सिकाइले ल्याएका असमानताको बढ्दो खाडल ।

झ) मूल्याड्ढन प्रणालीप्रतिको विद्यार्थीहरुको बुझाई ।

ञ) विद्यालय तह र उच्च शिक्षा तहबीच रहने गुणस्तरको खाडल ।

ट) विद्यालय छोड्ने उच्च दर ।

ठ) शिक्षक तथा कर्मचारीहरुमा परेको मानसिक तथा आर्थिक असर ।

२. आर्थिक संकट

क) विद्यालयसँग जोडिएका अभिभावकहरुले सामना गरेको आर्थिक संकट ।

ख) विशेष गरी संस्थागत विद्यालयहरु सञ्चालनमा समस्या ।

ग) संस्थागत विद्यालयहरुमा आर्थिक संकटकै कारणले बन्द भएको अवस्था ।

घ) संस्थागत तथा सामुदायिक विद्यालयका निजी स्रोतमा रहेका शिक्षक कर्मचारीहरुको रोजगारी गुमेको अवस्था ।

ङ) विद्यालयसँग जोडिएका अन्य पक्षहरु स्टेशनरी, प्रकाशनगृह, गार्मेन्टलगायतका क्षेत्रहरु समेत बन्द हुने अवस्था ।

च) अहिले पनि विद्यालयहरुले आर्थिक व्यवस्थापन गर्न नसकिरहेको अवस्था ।

३. समाजिक पक्ष

क) आइसोलेशन बनेका विद्यालय भवनहरुप्रति अभिभावकको नकारात्मक धारणा ।

ख) विशेष गरी विद्यालयप्रति अभिभावकहरुको नकारात्क धारणा । (शुल्ककै लागि विद्यालय सञ्चालनमा आएको)

ग) कोरोना संक्रमितप्रति गरिने अपहेलित व्यवहार ।

घ) सामाजिक विभेद ।

शिक्षा क्षेत्रमा परेको असर न्यूनीकरणका विद्यालय शिक्षा क्षेत्रका अबका चुनौती र रणनीति

कोरोनाले समग्र विद्यालय क्षेत्रहरु प्रभावित बनाएको अवस्था, पछिल्लो चरणमा सरकारले विद्यालयहरु सञ्चालनमा ल्याएको र विश्वले पहिलो स्थानमा शिक्षालाई राखेर कार्य गरेको अवस्थामा शिक्षामा देखिएका यी समस्याहरुको समाधानका लागि निम्न प्रस्ताव गर्न सकिन्छ ।

क) शैक्षिक सत्र २०७७ को समापन एकीन ।

ख) विद्यार्थीहरुमा परेको मनोवैज्ञानिक असरको निवारणका लागि सचेतनाका कार्यक्रम ।

ग) विद्यालय पूर्णरुपमा सञ्चालनसँगै सुरक्षित रुपमा सञ्चालन भएको सन्देश प्रवाह तथा त्यसको व्यवस्थापन ।

घ) क्रमशः विद्यार्थीहरुमा हावी भएको डिजिटल नसालाई मुक्त गराउँदै आफू समाहित शिक्षण अभ्यासमा अभ्यस्त गराउँदै लैजाने ।

ङ) विद्यालय छोडेका विद्यार्थीहरुको तथ्याड्ढ सड्ढन तथा ती विद्यार्थीहरु माथिको निगरानी ।

छ) बदलिँदो समय, परिवेश र स्थानअनुसार पाठ्ययोजना निर्माण गर्दै मूल्याड्ढनको योजना तय गर्दै जाने ।

ज) इ–सिकाइले ल्याएका प्रभावहरुलाई अवलम्बन गर्दै जाने तथा दुष्प्रभावहरुलाई निष्क्रिय गराउँदै लैजाने ।
झ) मूल्याड्ढन प्रणालीप्रतिको विद्यार्थीहरुको बुझाइमा परिवर्तन गर्दै लैजाने ।

ञ) विद्यालय तह र उच्च शिक्षा तह बीच रहने गुणस्तरको खाडल पूरा गर्न शीर्षक केन्द्रित बुझाइ मूल्याड्ढन पद्धति अवलम्बन गर्ने ।

ट) विद्यालय छोड्ने उच्च दरको कारणको पहिचान गर्दै न्यूनीकरणमा भूमिका खेल्ने ।

निष्कर्ष

अन्त्यमा, कोरोना संक्रमणको विश्वव्यापी महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न विश्वस्तरमा सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्छ । शान्ति र विश्वबन्धुत्वको भावना कायम राख्दै सबै मिली यो महामारीलाई परास्त गर्नु आजको आवश्यकता देखिएको छ ।

कोरोना रोकथाम आफैमा जादुको छडीलेझैँ छु–मन्तरमा हुने देखिँदैन । एकपछि अर्को प्रयोग गर्न आवश्यक छ । विद्यालय क्षेत्र पनि यही हो । आफ्नो भूगोल, परिवेश, स्थिति तथा अन्य साध्य र साधनको अध्ययन गर्दै स्थानीय तहबाटै यसको विधि र विधान निर्माण गर्दै स्थानीय तहको सहयोग र सरोकारवालाहरुको सहकार्यमा शिक्षा क्षेत्रमा देखिएका असरहरुलाई न्यूनीकरण गर्न अग्रसर रहन आवश्यक छ ।

साथै महामारीको कारण सम्पूर्ण मानव जाति विशेष गरी भविष्यका कर्णधार बालबालिका निकै जोखिममा छन् । यो जोखिमबाट बचाई उनीहरुको शिक्षा र स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई समयमै हटाएर, देशको सामाजिक, आर्थिक अवस्थालाई सदृढ गर्नु जरुरी छ ।

साथै संविधानले दिएको बालबालिकासम्बन्धी हक तथा अधिकारको पूर्ण कार्यान्वयनमा सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, समाज, परिवार, व्यक्ति विशेष तथा विशेष गरी स्थानीय निकायले सकारात्मक र महङ्खवपूर्ण भूमिका खेल्न आवश्यक देखिन्छ ।