सुनिता ट्रष्टको साधारणसभा

दाङ,१८ पुस । सुनिता ट्रष्ट फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

फाउन्डेसनको अध्यक्ष आसमानी चौधरीको अध्यक्षताम भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्मा, ग्रिन भ्याली होटेलको प्रो.प्राईटर रोमाकान्त पन्त, आइकन कम्प्युटर ईन्स्टिच्युटका प्रोप्राइटर भुवन पाण्डे, बागेश्वरी प्रिन्टरसका प्रोप्राइटर हरीभक्त डाँंगी, बाबा आर्टका रविन्द्रनाथ योगी, राप्ती बुक्स स्टेसनरीका प्रोप्राइटर रमेश शर्मा र सस्थाका सल्लाहकार सोगतवीर चौधरीले बोलेका थिए ।

कार्यक्रममा फाउन्डेसनको प्रगति प्रतिबेदन अध्यक्ष आसमानी चौधरीले प्रस्तुतिकरण गरेकी थिइन । पैरवी अधिकृत रजनी श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्बती बस्नेतले गरेकी थिइन ।

कार्यक्रममा सस्था स्थापना गर्दा आर्थिक रुपमा सहयोग गर्ने मुकेश शर्मा, हरि डाँगी र रोमाकान्त पन्तलाई सम्मान गरिएको थियोे ।