दाङ,१५ पुस । प्रचण्ड–माधव नेपाल समूहको युवाहरुको भेलाले राष्ट्रिय युवा संघ दाङको संयोजकमा प्रेम बुढालाई चयन गरेको छ ।
राष्ट्रिय युवा संघका सहसंयोजक माधव बुढाथोकीको अध्यक्षता तथा नेकपा दाङका इन्चार्ज जीवन गौतमको प्रमुख आतिथ्तामा भएको भेलाले बुढाको अध्यक्षतामा ४ सय ५ सदस्यीय राष्ट्रिय युवा संघ विस्तार गरेको हो । संघको सहसंयोजकमा माधव बुढाथोकी रहेका छन् ।
घोराही उपमहानगरपालिका–१५ पार्टी कार्यालयमा भएको भेलालाई नेकपाका केन्द्रीय सदस्य समेत रहेका दाङ जिल्ला इन्चार्ज जीवन गौतम, नेकपा दाङका अध्यक्ष टिकराम खड्का, प्रतिनिधिसभा सदस्य हिराचन्द केसी, राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष राजु गुरुङलगायतले भेलाई संम्वोधन गरेका थिए ।