शिवराज खनाल
देउखुरी,१३ पुस । नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ देउखुरीले पनि लमहीमा संसद बिघटन बिरुद्ध प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर नेपाली काँग्रेस सडकमा उत्रिएको हो ।
ुसंसद बिघटन, सर्बसत्ता र भ्रष्टचार बिरुद्ध लोकतान्त्रिक संविधान रक्षाको पक्षमा नेपाली काँग्रेसु भन्ने नारा सहित दाङ क्षेत्र नम्बर १ ले लमहीमा संसद बिघटन बिरुद्द बिरोध गरेको हो । सभालाई सँबोधन गर्दै नेपाली काँग्रेसकि केन्द्रीय सदस्य पार्बती डिसी चौधरीले संसद बिघटन असंबैधानिक र अलोकतान्त्रिक रहेको बताईन । जब मुलुकमा अप्ठेरो प्रस्थिति आउँछ तब नेपाली काँग्रेस त्यसको रक्षाका लागि सडकमा उत्रन्छ भन्दै चौधरीले केपी ओली र बिद्या भण्डारीको कदमप्रती कडा आक्रोश पोखिन् ।
शभाका प्रमुख अतिथी समेत रहेकि चौधरीले कम्युनिष्ट सरकारले भ्रष्टचारीलाई सँरक्षण गर्दै मुलुकमा झन भ्रष्टचार मौलाएको आरोप लगाए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेको शभापतित्व एबम केन्द्रीय सदस्य पार्बती डिसी चौधरीको प्रमुख आतिथ्य तथा काँग्रेसका आमन्त्रित केन्द्रीय कृष्ण किशोर घिमिरे र पुर्ब सभासद बिमला नेपालीको विशिष्ट आतिथ्यमा बिरोध सभा भएको हो ।
क्षेत्रिय सचिब चुडामणी आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महासमिति सदस्य हरु जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकि, पुर्ब क्षेत्रिय सभापती अनुराग यादब, पुर्ब महाधिबेसन प्रतिनिधि मधु न्यौपाने, पुर्ब जिल्ला उपसभापती नारायण बिसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, बैदेशिक रोजगार लोकतान्त्रिक मञ्चका अध्यक्ष किरण किशोर घिमिरे, मुस्लिम सँघका केन्द्रीय सदस्य नवाफ अलि, शिक्षक संघका लुम्विनि प्रदेश संयोजक अर्जुन योगी, महासमिति सदस्यहरु शारदा चौधरी, बिन्तिराम यादब, तरुण दलका क्षेत्र नम्बर १ का सभापती किरण पौडेल, नेबी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब, महिला संघकि खिमादेबी रिजाल, किसान संघका चन्द्रमणी आचार्य, दलित संघका क्षेत्रिय अध्यक्ष प्रबल रसाईली, जिल्ला समन्वय समितिकि सदस्य लोका बिक, नेपाल दलित विद्यार्थी संघका जिल्ला सभापती कलसिंङ बिक लगायतका बक्ताले संसद बिघटन बिरुद्दमा कडा आक्रोश पोखेका थिए ।
लमही बसपार्क बाट नाराजुलुस सहित बजार परिक्रमा गरि लमही कोईलाबास रोडमा पुगेर कोण सभामा परिणत भएको थियो । जुलुसमा दाङ क्षेत्र नम्बर १ अन्तरगतका लमही, राजपुर, राप्ती, गढवा, साबिकका रामपुर, धर्ना लगायतका तमाम कार्यकर्ताहरुको उपस्थिति थियो ।