संसद विघटनको विरुद्धमा कांग्रेसद्वारा दाङमा प्रदर्शन (तस्वीरहरु)

  •   
  •  

दाङ,१३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको विरोध गर्दै कांग्रेसले देशभर प्रदर्शन गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत दाङका ३ वर्टै क्षेत्रहरुमा विरोध कार्यक्रम गरेको काग्रेस दाङले जनाएको छ । जसअन्तर्गत क्षेत्र नं. १ को लमहीमा, क्षेत्र नं. २ को घोराहीमा र क्षेत्र नं. ३ को तुलसीपुरमा कांग्रेसले प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रमलाई संवोधन गर्ने नेताहरुले सरकारको विरोध गर्दै असंवैधानिक कदम सच्याउन आग्रह गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नं. ३ ले घोराहीमा गरेको विरोध कार्यक्रमलाई संम्वोधन गर्ने नेताहरुले असवैधानिक कदमको विरोध गरेका थिए ।

उनीहरुले जनतालाई अधिकार सम्पन्न गराउँदै लोकतन्त्र रक्षाका लागि जनताले निर्वाचित गराएको व्यक्तिबाटै संसद विघटन हुनु संघीयता र लोकतन्त्रका लागि खतरा भएको भन्दै त्यसका विरुद्ध जनताहरुले विरोध गर्नुपर्ने बताए ।

कार्यक्रममालाई सम्वोधन गर्दै कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतमले संसद विघटन जनतामाथिको कुठराघात भएको बताएका थिए । उनले जननिर्वाचित प्रधानमन्त्रीले संसद विघटन गरेर प्रधानमन्त्री ओली राजा महेन्द्र शैलीमा हिड्न खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य राजु खनाल, नेपाली कांग्रेसका पूर्व जिल्ला सहसभापति मोहनलाल वली, प्रदेशसभा सदस्य अर्जुन श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति कमानसिंह भारती, कांग्रेस नेता भरतबहादुर न्यौपाने, महासमिति सदस्य धनिराम चौधरी, पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतलगायतले केपी शर्मा ओलीले गरेका गतिविधिको बिरोध गरेका थिए ।

भगतसिंह भण्डारी स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव बद्री खडकाले गरेका थिए । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरुभएको ¥याली बजारको विभिन्न भागहरुको परिक्रममा गर्दै तुलसीपुरचोकमा पुगेर कोणसभा परिणत भएको थियो । ¥यालीका क्रममा सहभागीहरुले सरकार विरुद्ध नारावाजी समेत गरेका थिए ।