दंगीशरणमा ४ नम्वर वडा कार्यालय शिलान्यास

दिप्तीशिखा चौधरी
दंगीशरण, १२ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ को वडा कार्यालयको भवन एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । दंगीशरण गाउापालिकाका अध्यक्ष भागिराम चौधरीले भवनको सिलान्यास गरेका हुन ।

सिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले निर्धारित समयमै वडा कार्यालय निर्माण गरेर जनतालाई आफ्नै कार्यालयबाट वडा कार्यालयले सेवा दिने बताए । सबै वडा कार्यालय समयमै निर्माण भईसक्नुपर्ने भएपनि हरेक समस्याका बाबजुत समयमै सम्पनन हुन नसक्नुले सेवाग्राहि मारमा परेको उनको भनाई थियो ।

६ वटा कोठाको उक्त भवन ३८ लाखको लागतमा निर्माण हुन लागेको वडा अध्यक्ष नेव बहादुर कँवरले जानकारी दिए । उनका उनुसार वडा कार्यालयको भवन दंगीशरण गाउँपालिका वडा न. ४ बैबाङ्गमा निर्माण हुन थालेको छ ।