रोल्पामा प्रथम परिवर्तन तेक्वान्दो आईटिएफ राष्ट्रिय प्रतियोगिता

दाङ,११ पुस । रोल्पामा प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरबाटै खेल क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष निमकान्त डाँगीलगायतका अतिथिहरुले गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकास गर्न सके देशसँगै व्यक्तिका लागि समेत फाइन हुने बताएका थिए । उनीहरुले खेलकुदको विकासले युवाहरुलाई रोजगारीसँगै स्वास्थ्यमा समेत सहयोग पु¥याउने बताएका थिए । त्यस्तै उनीहरुले आइटिएफ तेक्वान्दो व्यक्तिगत सुरक्षाका लागि समेत उपयुक्त खेल भएकाले युवाहरुलाई लाग्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सुबास श्रेष्ठ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघ कार्यकारी सदस्य अन्जन धमला, नेपाल आईटिएफका उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रबिनकुमार कार्कीले सुभकामना मन्तव्य व्यक्त गरेका िथए ।

कार्यक्रममा देशभरबाट ६ सय ५० बढी खेलाडीहरु सहभागिता रहेको आयोजक रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।
पहिलो दिन भएको कालो पेटीको तेस्रो डान समुहको खेलमा आयोजक रोल्पाका प्रशिक्षक बिरेन्द्र कुवँर प्रथम, पाल्पाका उज्ज्वल गहतराज दोस्रो र पूर्बी रुकुमका बिजय पुन तेस्रो भएका संघका सचिव कृष्णप्रसाद बाठामगरले जानकारी दिएका छन् ।