प्रथम परिवर्तन तेक्वान्दो आईटिएफ खुल्ला प्रतियोगिताको तयारी पुरा,भोली उद्घाटन हुने

दाङ,१० पुस । प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटिएफ राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता–२०२० को तयारी पुरा भएको छ ।

रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजना हुन गइरहेको ‘प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटिफ राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता–२०२०’ तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता पुस ११ गते दिउँसो १ बजे प्रमुख अतिथिमा परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष निमकान्त डाँगी ‘जितजंङ’लगायतका अतिथिहरुले गर्ने भएका छन् ।

स्थानीयस्तरदेखि नै खेलकुदसँगै खेलाडीहरुको विकासका लागि सञ्चालन गरिएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सुबास श्रेष्ठ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष दक्षिण एसियायी तेक्वान्दो महासंघका उपाध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघका कार्यकारी सदस्य समेत रहेका अन्जन धमला, परिबर्तन गाउँपालिका रोल्पाका प्रशासकीय अधिकृत डिल्ली खड्का, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम महासंघका अध्यक्ष प्रबिन कुमार कार्की, नेपाल आईटिएफका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठलगायत अन्य अतिथीहरुको आतिथ्यतामा कार्यक्रम गरिने भएको छ ।

कार्यक्रम रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरको अध्यक्षतामा संघका सचिव कृष्णप्रसाद बाठामगरले जानकरी दिएका छन् ।