युवराज शर्मा
नेपालको भूबनोट १,४७,५१७ वर्गकिलोमिटरमा सीमित छ । यसको उत्तरमा चीनको तीब्बत क्ष्ँेत्र पर्छ । पूर्व, पश्चिम र दक्षिण भू–भागमा भारत पर्छ । यो दुवै ठूलो क्षेत्रफल र जनसंख्या भएका मुलुकहरु हुन् ।
विश्वमा धेरै जनसंख्या भएको देश चीन हो भने त्यस्तै विश्वमा जनसंख्या दोस्रो स्थानमा भएको देश भारत हो । जसलाई पोर्तुगाली अन्वेषक वासगोडिगामाले पत्ता लगाएका थिए । उनले भारतलाई सूनको चरा भन्थे । यो अवस्थाको देश देखेर ब्रिटिस सरकारले शासन सत्ता कब्जा ग¥यो र लामो समयसम्म गुलाम बनायो । तर नेपाललाई आँखा लगाउन सकेन ।
विश्वमा स्वतन्त्र राष्ट्र नेपाल भयो । ब्रिटिस साम्राज्यवादले भारतलाई गुलामा मात्र बनाएनन्, यहाँको शिक्षा प्रणालीलाई धरासायी बनाए । भारतीयहरुलाई अंग्रेजी पढ्न वाध्य पारे र संस्कृत शिक्षाको इतिश्री गरे । वास्तवमा जुन देशलाई दास बनाउनु छ त्यस देशको शिक्षा नीति समाप्त पार्नु पर्छ । त्यहाँको भाषा पनि चलायमान गराउनु हुन्न । तब त्यस्तो देशमा गुलामी शासन टिकाउन सकिन्छ, सोचाई ब्रिटिस शासकहरुमा थियो ।
तर त्यस्तो शासनको प्रवेश हुन नदिने काम राणाहरुले गरेका थिए – नेपालमा । त्यसकारण नेपाल स्वतन्त्र देश भयो । नेपालका सबैभन्दा ठूला शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणालाई ब्रिटिस शासकहरुले मान्छन् । बोलायतकी बडामहारानी एलिजावेथले तिम्तो दिएर बोलाएको राणा प्रधानमन्त्रीमध्येका उनी पहिला हुन् । नेपालको शिर उच्च देखाउने पनि श्रेय उनैलाई दिन्छन् । शिर नझुकाएर बडामहारानी एलोजावेथसँग हात मिलाएर अभिवादन गर्ने पनि प्रधानमन्त्री जंगबहादुर राणा नै पहिलो प्रधानमन्त्री हुन् ।
नेपालको उत्तरी भू–भागमा भएको छिमेकी देश चीन भए पनि ठूलाठूला हिमछादित पर्वतहरुले सीमा घेरेको हुँदा भनिष्ठता बढेन । तीब्बती राजा श्रङ्जङगम्पोले नेपालका राजा अंशु वर्माकी छोरी भृकुटीसँग वैवाहिक सम्बन्ध भएपछि मात्र भोट राज्य (तीब्बत) सँग नाता सम्बन्ध गाँसिएको हो । चीनका राजा चेङकाई सेमको शासनलाई नागरिकले क्रुर शासक मानेका थिए ।
माओत्से तुङको लङगमार्चले उक्त शासन ढले पनि चीन सन् १९४९ मा कम्युनिष्ट शासन पद्धतिमा परिणत भयो । जब कि भारत सन् १९४८ मा ब्रिटिस शासनबाट मुक्त भयो । महात्मागान्धीको सत्याग्रह आन्दोलन सफल भयो । भारतमा त्यसबेला २७ प्रान्तहरु र एक केन्द्र शासित प्रदेश भयो । दिल्ली, इण्डोनिवार द्विप समूहहरु केन्द्र शासित प्रदेश बने । यद्यपि त्यस्तै छन् पनि । भारतको लोकतन्त्रको प्रभाव नेपालमा पार्न वीपी कोइराला, सुवर्ण शम्शेर, सुन्दर चालिसेहरुको योगदान ठूलो छ ।
देशमा गणेशमान श्रेष्ठ, मातृका कोइराला, खड्गमान सिंहहरु राणा विरोधीका रुपमा थिए । टंकप्रसाद आचार्यले प्रजापरिषद पार्टी खोले र नेतृत्व उनकै थियो । पछि गएर त्यो पार्टी नेपाली का.ग्रेसमा विलय भयो । २००६ सालमा भारतको कत्वकत्तामा पार्टी स्थापना भयो । राजाको अवस्था दरबारबाट ज्ञान गराउने काम कृष्णप्रसाद कोइरालाबाट हुन्थ्यो । उहाँका दुईवटा श्रीमतीहरु थिए । पहिलो पत्नीबाटका मातृकाप्रसाद कोइराला थिए भने दोस्रो पत्नीका वीपी कोइराला र गिरिजाप्रसाद कोइला थिए ।
यी तीनै भाइहरु नेपालका प्रधानमन्त्री बनेका थिए । त्यसकारण नेपालमा लोकतन्त्रको विकास कोइराला परिवारबाट भएको हो । नेपाली कांग्रेसको स्थापना, विस्तार, संगठनात्मक बनोट र कार्यशैली पनि कोइराला परिवारहरुकै हुन् । समाजवादी प्रजातन्त्रको रेखाकार वीपी कोइराला हुनुहुन्छ । तर वर्तमान समयमा इतर पष र भितर पषले गर्दा नेपाली कांग्रेस समाजवादी धारमा हिडे पनि कार्यशेली व्यक्तिवादी चरित्रमा भएकोले पाटीृको प्रगति हुन सकेन ।
छिमेकीहरुसँगको स्म्बन्ध जोड्ने काम सुरुका समयमा वीपीले गर्नुभएको हो । त्यसको निरन्तरता राजा महेन्द्र शाहबाट भयो । भारतले चीनलाई वर्गशत्रु ठान्दथ्यो र नेपालमा आफ्ना नागरिकलाई भिœयाएर तराई भूभाग आफ्नो अधिनमा पार्न चाहन्थ्यो । नेपालीलाई भारतमा रोजगारी दिएर कजाउने गर्दथ्यो । कामको खोजीमा दार्जिलिङ गएकाहरु त्यतै बसे र भारतीय भएका थिए । नेपालीलाई सेनामा भर्ना गर्न ब्रिटिस सरकारले राणाहरुसँग सम्बन्ध स्थापना गरे ।
गोरखपुरमा सेना भर्ती केन्द्र खोले । सेनाबाट रिटायर्ड भएकाहरु दहरादुनमा बसे । भारतीय बने । यसरी नेपाली विदेशिए । उनीहरुलाई स्वदेशमा बस्ने वातावरण त्यस समयमा सरकारले गरेनन् । तराईमा बसेका भारतीयहलाई जमिन र नेपाली नागरिकता बाँडेर नेपालको जनसंख्या बृद्धि गरेका थिए । वास्तवमा नेपाली हिन्दू, बुद्ध र किराँतीहरु हुन् । यिनीहरुको संख्या अहिले ८० लाख मात्र छ । त्यो पनि म्यानमार, अछाम, कम्बोडिया, मेघालय, नागालैण्ड जस्ता ठाउँमा काममा लागि विदेशिएका नेपाली २० लाख देश बाहिर छन् ।
त्यतै बसोवास गर्दै ती देशका नागरिक भएका छन् । बचेकाहरु ६० लाख नेपाली नेपालमा छन् । दुई करोड ४० लाख भारतीयहरुलाई नेपाली नागरिकता बाँेर नेपाली बनाउने काम राजनीतिक दलहरुले गर्दै आएका थिए । उनीहरुको उद्देश्य थियो भारतीयहरुले नेपाली नागरिकता पाएपछि पार्टी बलियो हुन्छ र सदैव नेता बनिरहन्छु भन्ने छुद्र सोचाईका नेताहरु भएपछि नेपालको जनसंख्या तीन करोड नाघिसकेको छ ।
अहिले ती र्वशहरुका नाति, पनातिहरु राजनीतिक दल बनेर नेपालको भविष्य कोर्ने अवस्थामा छन् । अहिलेका बुढा नेताहरु यी युवाहरुसँग पछि पर्दै छन् । आफ्ना सन्तानहरलाई यिनीहरुको दास बनाउँदै छन् । दासत्वबाट हुर्किँदै शैक्षिक विकास गरेको युवाहरु छन् । वर्तमान नेताहरुका कार्यकर्ताहरु प्रायः अनपढ र गुण्डागर्दीमा अगुवा छन् । दासत्वका लागि भुक्छन्, नेताहरुका पुच्छरे बन्छन् ।
अहिले नेपाल राज्य नेकपाको नियन्त्रण, निर्देशन र शासनमा अडेको छ । दुई अध्यक्षहरुको दल भए पनि शक्तिमा केपी शर्मा ओली छन् भने भक्तिमा कमरेड पुष्पकमाल दाहाल प्रचण्ड छन् । यी दुवै नेताहर क्रमशः एमाले र एमाओवादीका अध्यक्ष थिए । दुवै दल एक भएर छाटी जोडी नेकपा बने । ओली १४ वर्षको काराबास र भारतीय नाकाबन्दीबाट नाम कमाएका नेता र प्रचण्ड १० वर्षे जनयुद्ध मच्चाएर १२ हजार नागरिकको ज्यान मार्न सफल नेता हुन् ।
अहिले नेकपालाई हाँक्ने कार्यकारिणी अध्यक्ष प्रचण्ड छन् भने राजसत्तामा प्रधानमन्त्री केपी शर्मा ओली छन् । यी दुवै अन्तरकलहमा छन् । प्रचण्डलाई साथ दिनेहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । वहुमत र अल्पमतको दुहाइ दिन्छन् । निर्वाचनमा उठेपछि चुनाव हार्ने छन् । बामदेवले बर्दियाबाट निर्वाचन हारेका हुन् । यस्ता नेताहरुमा स्वार्थीपन धेरै छ ।
नेकपाका नेता भएर सुखसुविधामा रमाउँछन् । किसानहरुको पीडा र गरिब विपन्नहरको समस्यामा बोल्न चाहँदैनन् । आफ्नो सुविधाका लागि रमाउँछन् । यस्ता नेताहर कम्युनिष्ट होइनन् । यिनीहरु कमाउनिष्ट हुन् । दुवै अध्यक्षहरुका प्रतिवेदनले स्पष्ट पारेको छ कि दुइतिहाईको सरकार भएर जनताको अवस्था बुझ्न सकेनन्, सपार्न चाहेनन् । गणतन्त्रलाई लुटतन्त्र बनाएका यिनीहरुका प्रतिवेदनले नङ्ग्याएको छ ।
युवा पिढीहरु रोजगार नपाएर विदेशिँदै छन् । जनताले खान नपाएर भोकभोकै मर्दै छन् । कोरोनाले पीडित भएर औषधी, उपचार नपाएर दिनहुँ मृत्यु भइरहेका छन् । तर यी दुई अध्यक्षहरु आपसमा झगडिरहन्छन्, नेपाली विदेशिँदै छन् । राजावादीहरुले यिनीहरुका अगाडि शिर उठाउँछन् ।