दाङ,१ पुस । घोराही उपमहानगरपालिका–१७ को ढिकपुरमा सञ्चालन भएको ‘प्रथम ढिकपुर कप–२०७७’ को उपाधि राप्ती क्लवले हात पारेको छ ।
घोराही उपमहानगरपालिका–१७ मा रहेको किसान जागृत युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा घोराही उपमहानगरपालिका–१३ मा रहेको बडहरा युवा क्लवलाई १ का विरुद्ध ४ गोल गर्दै घोराही–१५ मा रहेको राप्ती क्लवले उपाधि हात पारेको हो ।
प्रतिष्प्रधात्मक खेलमा राप्तीलाई बिजयी गराउन तीन जना खेलाडीहरुले गोल गरेका थिए । राप्ती क्लवलाई जिताउनका लागि खेलाडीहरु निशान बलुवाले २, फागु थारुले १ र अमित चौधरीले १ गोलको योगदान दिएका थिए । उक्त खेलमा बडहरा युवा क्लवका तर्फबाट टिम क्याप्टेन विक्रम जिएमले सन्त्वना एक गोल फर्काएका थिए ।
बिजेता राप्ती क्लवले नगद २५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा उपबिजेता बनेको बडहरा युवा क्लवले नगद १५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र जितेको छ ।
प्रतियोगितामा सवैभन्दा धेरै गोल गर्ने बडहरा युवा क्लवका खेलाडी बिजेन्द्र घर्ती, बेष्ट प्लेयर दिपेश पुन, बेष्ट किपर राप्तीका भीम पुनलाई सम्मान गरेका थिए । मंसिरको १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १९ वटा फुटवल टिमहरुको सहभागिता रहेको थियो ।
आयोजक किसान जागृत युवा क्लवका अध्यक्ष फुलमान चौधरीको अध्यक्षतामा भएको प्रतियोगिता प्रमुख अतिथि दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठलगायतका अतिथिहरुले बिजेता टिमसँगै खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई संम्वोधन गर्दै प्रमुख अतिथि दाङ जिल्ला फुटवल संघका अध्यक्ष श्रेष्ठले कोरोना जोखिममा कमी आएसँगै सुरु भएका खेलकुदका गतिविधिले खेलाडीहरुलाई उर्जा थप्ने काम गरेको बताएका थिए ।
साथै उनले यस्ता गतिविधिहरुले जिल्लाको खेलकुदको विकासमा सहयोग पु¥याउने समेत बताएका थिए । उपाध्यक्ष बिमला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चिल्लु चौधरीले गरेका थिए ।