विगत करिब १६ वर्षदेखि घोराही उपमहानगरपालिका वडा नं. १५ मा बुद्ध प्याकेजिङ उद्योग सञ्चालन छ । उद्योगबाटप्लास्टिकको बोरा उद्योग उत्पादन गर्दै आएको छ । उत्पादन भएका बोरा साविकका राप्ती अञ्चल दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुम साथै पूर्व कपिलवस्तुदेखि पश्चिम कैलालीसम्म पुग्ने गरेको छ । अन्य जिल्लाबाट पनि माग आउने गरेको छ । कोरोनाले उद्योग सञ्चालनमा धेरै समस्या पारेको छ । समयमा कच्चापदार्थ ल्याउन नसक्दा धेरै उद्योगहरु सञ्चालनमा पनि सकस छन् । यसैगरेर राज्यबाट उद्योग सञ्चालनको लागि चाहिने उद्योगमैत्री वातावरण निर्माण भएको छैन । उद्योगको अवस्था र उद्योग सञ्चालनका चुनौतीका बारेमा उद्योग सञ्चालन गर्दै आएका उद्योग सञ्चालक प्रकाशचन्द्र घिमिरेसँग अमरराज आचार्यले गरेकोे कुराकानीको सार संक्षेप ।
व्यावसायिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
वि.सं. २०५७ सालमा हेटौडामा सञ्चालन गरेको त्रिशक्ति पोली–प्याक्स इण्डस्ट्री प्रालिमा काम गर्ने अवसर पाएको थिएँ । उक्त कम्पनीमा सेल्स प्रोडक्सन तथा प्रशासन म्यानेजरको रुपमा ५ वर्षसम्म काम गरेँ । त्यसको बारेमा बुुभ्mने, कामकोबारे जानकारी लिने अवसर पाएँ ।
केही कुरा सिकेपछि आफैले केही गुर्नपर्छ भन्ने लागेको थियो । त्यहाँ काम गर्दा परिवार छुट्टिएर बस्नुपर्ने वाध्यता पनि थियो । त्यसपछि आफूले जानेको व्यवसाय आप्mनै स्थानमा केही गर्नुपर्छ भन्ने मान्यता लिएर मैले दाङमा बोरा उद्योग सञ्चालन गरेको हँु ।
जिल्लामा व्यवसायको अवस्था कस्तो रहेको छ ?
कोरोना भाइरसको संक्रमण हुनुभन्दा पहिले जिल्लामा व्यवसायको अवस्था सन्तोषजनक अवस्था नै रहेको थियो । व्यवसाय गर्नका लागि सकारात्कम वातावरण नै रहेको पाएको थियो । कोरोनाको कारण पछिल्लो समयमा व्यवसायमा ठूलो समस्या आएको छ । विशेष गरेर कोरोनाका कारण कच्चापदार्थ ल्याउन नसक्दा र उत्पादन भएको सामग्री बजारमा पु¥याउन नसक्दा समस्या धेरै भएको छ ।
कोरोनाले उद्योग, व्यवसायमा असर पुग्यो भन्नुभयो, के–कस्तो असर पुग्यो ?
कोरोनाले अन्य क्षेत्रमाजस्तै उद्योग तथा व्यवसाय क्षेत्रमा पनि असर पा¥यो । सुरुका दिनमा करिब २ महिना मैले उद्योग बन्द गर्नुपरेको थियो । जुन समयमा सडकमा हिडडुल समेत गर्न पाइँदैनथ्यो । बाहिरबाट उद्योगका लागि आवश्क पर्ने कच्चापदार्थ समेत ल्याउन पाइँदैनथ्यो । अहिले उद्योग सञ्चालनमा आए पनि व्यापार हुनसकेको छैन ।
अझै पनि सहज रुपमा बजारमा मार्केटिङको लागि जान सकिएको छैन । अहिले कच्चापदार्थ पनि पहिलेको भन्दा मूल्य बृद्धि भएर आएको छ । जसले गर्दा मूल्यमा पनि बृद्धि भएको छ । यसको प्रत्यक्ष असर उपभोक्ताहरुलाई पर्ने गरेको छ । हामीले कच्चापदार्थको मूल्य बृद्धि भएको कारण वाध्य भएर मूल्य बढाउनुपरेको हो । तर उपभोक्ताले सहज रुपमा यस कुरालाई बुभ्mनु हुँदैन ।
व्यवसाय गर्दा तपाईंले समस्या भोग्नु प¥यो कि नाई ?
राप्तीमै नयाँ व्यवसाय गर्दा धेरैले पत्याएनन् । बजारीकरणमा समस्या भोग्नुपरेको थियो । केही समय हरेस खाने अवस्था समेत भोगियो तर पनि निराश नभएर निरन्तर रुपमा लागिपरेँ । आफूमा धीरता रहेकाले निरन्तर समस्याको समाधान गर्दै अगाडि बढिरहेँ ।
उद्योग सञ्चालन गर्दा जिल्लामा प्राविधिक जनशक्ति नहुँदा बाहिरबाट ल्याउनु पर्ने वाध्यता थियो । बाहिरबाट जनशक्ति ल्याउँदा उनीहरुलाई पारिश्रमिक समेत बढी दिनुपर्ने वाध्यता रहेको थियो । यसो गर्दा पनि उनीहरुले भनेको समयमा समय समेत नदिने गर्दा उत्पादनमा समेत असर पुगेको थियो । तर अहिले जिल्लामै प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन् । अहिले आफैले उद्योगका लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छु ।
अब दक्ष जनशक्तिको अभाव हुने समस्या छैन । यसरी जिल्लामा दक्ष जनशतिm हुँदा अहिले काम गर्न समेत सहज हुँदै आएको छ । नयाँ व्यवसाय सुरुवात भएकाले सानो मेसिनरी सामान समेत ल्याउन बाहिर जानुपर्ने वाध्यता थियो । यसले गर्दा आर्थिक व्यय भार समेत बढी हुने गरेको थियो ।
तपाईंले उत्पादन गर्ने प्लास्टिकका बोरा उत्पादन गर्दा कच्चापदार्थ जिल्लामा उपलब्ध हुन्छ कि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ?
मैले उत्पादन गर्ने प्लास्टिकका बोरा उत्पादन गर्नका लागि जिल्लामा कच्चापदार्थ पाइँदैन । सबै कच्चा पदार्थ बाहिर जिल्लाबाट ल्याउनुपर्ने हुन्छ । कच्चापदार्थ भैरहवा, वीरगञ्ज, विराटनगरबाट ल्याउने गरेको छु । बाहिरबाट ल्याउँदा जिल्लामा केही समस्या समेत भोग्नु पर्दछ । कहिलेकाहीँ भनेको समयमा आउँदैन ।
तपाईंले उत्पादन गरेका बोरा कहाँ–कहाँ पु¥याउनुभएको छ ?
जिल्लाका सबै क्षेत्र, साविकका राप्ती अञ्चलसम्म जाने गरेका छन् । यसैगरी पूर्व कपिलवस्तु, पश्चिममा अटरियासम्म पनि उत्पादन पठाउने गरेको छु । यहाँ उत्पादन गरी पठाएका बोराको माग पनि राम्रै छ । पश्चिम नेपालमा बढी माग हुने गरेको छ । तर कोरोनाले गर्दा अहिले पहिले जसरी सामान जानसकेको छैन । पहिले जसरी सामान पठाउनका लागि पनि समस्या भएको छ ।
राज्यले व्यवसायीहरुलाई कत्तिको सहयोग गरेको पाउनुभएको छ त ?
राज्यले व्यवसाय गर्ने वातावरण सिर्जना गरेको छैन । राज्यले आफ्नो लगानी लगाएर सुरु गरेका उद्योग तथा व्यवसायलाई सहयोग गर्न आवश्यक छ । देशको उत्पादन बढाउन निजी क्षेत्रबाट खुलेका उद्योगहरुलाई राज्यले सहयोग गरेमा मात्र अगाडि बढ्न सक्छन् ।
अहिले जे–जति व्यवसाय तथा उद्योगहरु सञ्चालन भएका छन् । सबै आप्mनो व्यक्तिगत पहल तथा प्रयासमा अगाडि बढेका छन् । व्यवसायलाई राज्यले सहयोग गरेर आर्थिक रुपमा विकास गर्ने वातावरण बनाउनु पर्दछ । यसले गर्दा देशको आर्थिक विकासमा समेत सहयोग पुग्ने छ ।
व्यवसायको विकास तथा उद्योगको लागि राज्यबाट के पहल गर्न आवश्यक रहेको छ ?
अहिले कोरोनाले थला परेका व्यवसाय तथा उद्योगहरुलाई राज्यले सहुलियतमा ऋण प्रदान तथा व्याजमा छुट दिन आवश्यक छ । जसले गर्दा व्यवसायीहरुलाई अगाडि बढ्न सहयोग पुग्ने छ । यसैगरेर राज्यले व्यावसायिक तथा औद्योगिक विकासका लागि पहिलो प्राथमिता शान्ति सुरक्षाको व्यवस्था मिलाउनु पर्दछ ।
व्यवसाय गर्नका लागि व्यवसायी तथा उद्योग सञ्चालन गर्नका लागि सहुलियत व्याज दरमा ऋणको व्यवस्था मिलाइदिनु आवश्यक छ । सरकारले व्यवसाय नै धितो राखेर ऋण प्रदान गर्ने व्यस्था मिलाउनुपर्ने जसले गर्दा व्यवसायमा लाग्नेहरुलाई सहयोग पुग्ने छ ।
व्यवसाय तथा उद्योग सञ्चालन गर्ने स्थानसम्म विद्युतको सेवा पु¥याई दिनुपर्ने, विद्युत अनियमितता तथा लो–भोल्टेजको समस्याले व्यवायीहरुलाई थप समस्या पारेको छ । यसको समाधान गरिदिन आवश्यक छ । अनियमित रुपमा बत्ती जाँदा उद्योगमा मेसिन समेत पटक–पटक बिग्रिएका छन् । तेलबाट उत्पादन गर्दा लागत समेत बढ्ने गरेको छ ।
लागत बढ्दा मूल्य बृद्धि हुने हुँदा वाह्य देशका उत्पादनसँग प्रतिष्पर्धा गर्न समस्या हुने गरेको छ । यसैगरी उद्योगसम्म पुग्नका लागि सडक निर्माण गरिदिनु पर्दछ । सडक नहुँदा कच्चापदार्थ ल्याउन तथा उत्पादन भएका वस्तु बाहिर निकाशी गर्न समेत समस्या भोग्नुपरेको छ । यसतर्फ राज्यले ध्यान दिनु पर्दछ । उद्योगमा आवश्यक पर्ने पानीको समेत व्यवस्था मिलाउनु पर्दछ ।
अन्त्यमा केही भन्नु छ ?
राज्यले व्यवसायीहरुलाई सहज रुपमा व्यवसाय गर्ने वातावरण निर्माण गरिदिनु पर्दछ । शान्ति सुरक्षा, विद्युत, खानेपानी, सडक तथा अन्य भौतिक निर्माणका लागि समेत सहयोग गरिदिन आवश्यक छ ।
औद्योगिक क्षेत्रको विकास भएमा देशबाट रोजगारको लागि विदेशिने युवाहरुलाई समेत रोजगार सिर्जना हुने छ । यसले देशको युवा जनशक्ति बाहिर जानुपर्ने वाध्यता हट्ने छ भने देशको विकासमा समेत सहयोग पुग्ने छ । यसतर्फ राज्यले ध्यान दिनु पर्दछ । यसैगरेर व्यवसायमा लाग्ने व्यक्ति धैर्य तथा लगनशीलता हुनु पर्दछ ।
धैर्य तथा लगनशीलता नहुने व्यक्ति व्यवसायमा टिक्न नसक्ने भएकोले यस क्षेत्रमा आउनुभन्दा पहिले बुझेर मात्र आउनुस् भन्न चाहन्छु । अन्त्यमा विचार राख्ने अवसर दिएकोमा पुनः पत्रिका परिवारलाई विशेष धन्यवाद दिन्छु ।