त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबको अध्यक्षमा : डागी

लक्ष्मण बस्नेत
तुलसीपुर,२६ मंसिर । त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको अध्यक्षमा कमल डागी पुनः चयन भएका छन् ।

तुलसीपुरमा शुक्रबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले डागीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको हो ।

क्लवको उपाध्यक्षमा क्षेत्रप्रकाश ओली, सचिब संजोग गिरि, कोषाध्यक्ष नवीन राई, सहसचिब स्वस्तिमा न्यौपाने रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा स्माईल अन्सारी, दिनेश पाण्डे, निराजन पुन, बिष्णु खत्री, निलम बस्नेत र रोशन बस्याल रहेको सचिव संजोग गिरिले जानकारी दिएका छन् । अधिवेशन क्लबका अध्यक्ष कमल डागीको अध्यक्षतामा भएको थियो ।

यसैबीच अधिवेशन पश्चात् क्लबका अध्यक्ष कमल डागीको अध्यक्षतामा बसेको पहिलो बैठकले क्लबलाई थप चलाएमान बनाउन क्लबको सल्लाहकार चयन तथा जिम्मेवारी बाडफाड गरेको छ ।

जस अनुसार क्लबको सल्लाहकारमा समाजसेवी सामाजिक अभियन्ता बिमल रिजाल, खेलप्रेमी तथा समासेवी ईन्द्रबिर डाँगी,यज्ञबहादुर केसी, युवा उद्योगी बिनिल केसी,खेलकुद पत्रकार लक्ष्मण बस्नेतलाई चयन गरेको छ ।

त्यसैगरी क्लबको सिनियर टिम क्याप्टेनमा स्माईल अन्सारी, भाईस क्याप्टेन शंकर बुढा, टिम कोच संजोग गिरी, टिम म्यानेजर लक्ष्मण बस्नेत, त्यस्तै जनियर टिम क्याप्टेनमा सन्दिप डाँगी, भाईस क्याप्टेन भरत ओली, टिम कोच बिजय ओली, टिम म्यानेजर अबिनव शर्मा रहेका थिए ।