भूपेन्द्र सुवेदी
यो बर्ष भरी हामीले कोरोनाको कहरको कारण हाम्रो संस्कार र संस्कृतिअनुसार रमाएर मनाउन नसकिने अबस्थामा रह्यौं । आम नागरिक सम्पूर्ण बिश्वभरी फैलियको कोरोनाको कारण हामी आ–आफना पर्बहरु मनाउनसमेत पायका छैनौं ।
खासगरी हाम्रा राष्ट्रिय पर्बहरु त सधै आईरहने पर्बहरु हुन् आजको कोरोनाको कारणले सबै सचेत रहेर आ–आफ्नो घरमै बसी स्वास्थ्यको ख्याल राख्दै सुरक्षित ब्यबस्था मिलाएर आफ्नो गक्ष्यअनुसार दिपावली मनाउन र सबै सुस्वास्थ्य रहन सकियो भने अर्को साल २०७८ को पर्बहरुको अपेक्षाका साथ बस्ने बाहेब केही रहेन । यस्तो रोगको संकटको अबस्थामा सरकारको उपचार बिधिको आम नागरिकहरुले आसा गरेअनुसार उपचार सुबिधा पाउन सकेको अबस्था छैन ।
बिश्वब्यापी कोरोना संक्रमणको कारण धेरै बिद्धानहरुको भनाइ मानवले प्रकृतिप्रति गरेको अनियमितताको कारण यस्तो बिभिन्न खाले रोगको प्रकोप भित्रिएको हो भन्नेहरुको भनाइलाई पनि हामी स्वीकारन सकेका छैनौं कि ?
आज प्रकृतिबिरुद्धको लडाइँ खाली नागरिकहरुलाई आतंकित पार्ने मात्र हो भन्नेहरुको संख्यात्मकरुपमा निकै बढ्दो छ । तर भनाइहरुमा कुनै सत्यता छैन, मृत्युपछिमात्र ४–५ हजार कोरोना लागेको हुनसक्छ भन्दै आएको अबस्था छ । जस्तै क्यान्सर बाट १२ लाख जतिको ज्यान गएको छ । मोटापाबाट मृत्यु भएकालाई समेत कोरोनाकै बिल्ला भिराइएको छ । यो युद्ध निकै रहस्यमय बिषय हो र सामान्य भाइरस हो, रुघाखोकीभन्दा केही अलि कडा हुनसक्छ ।
प्रकृति सबैभन्दा कहवको बिषय हो र यसको बिषयमा बिज्ञहरुको मात्र राय नभएर सामाजिक अभियान्ता स्थानीय नागरिकहरुको ठूलो भूमिका रहेको हुन्छ । मौसमी भाबना र नेपाल सरकारको कोरोना भाइरस चेक गर्ने मेसिनलेको रिजल्ट निकै निराशलाग्दो छ । यो कस्को कमजोरी हो मेसिनको ? वा ल्याब टेक्निसियनको ? छुट्टाउँछ कसले ? फेरि भनिएको पनि छ कोही १२, देखि १५ दिन क्वारेन्टाइनमै बसेर खाली तातो पानी खाएर निको भएर घर गएको पनि धेरै उदाहरणहरु छन् ।
बैदिक बैद्यहरुको भनाइ तर ती बैद्यहरुले प्रकृतिको मूल्य–मान्यताअनुसार काम गरेका हुन्छन् तर नेपाल सरकार र तथा नेपालका बिज्ञता हासिल गरेकाहरुले उनीहरुसँग यस्तो काममा किन सहभागी गराउँदैनन् ? हाम्रो नेपाली समाज मात्र नभएर बिभिन्न देशका हिन्दुहरुको समेत दशै–तिहारजस्ता राष्ट्रिय चाडपर्ब आउनु नेपालीका लागि मात्र नभएर हिन्दु संस्कारमा हुर्के बढेका सम्पूर्ण हिन्दुहरुको लागि उमंगका साथ दशै–तिहारसमेतको बिदाई गरेका छौ घरभित्रै बसेर ।
देशको अवस्था र कोरोनाको संकटको घेरामा बाँधिएका छौ तर सरकारले यो खाली डब्लुएचओमा कति जना कोरोनाको कारण मृत्यु भयो त्यसको आधारमा आर्थिक लेनदेनको सवाल उठेको उठाएको अबस्था पनि छ । हर्षोल्लास मनाउनुको साटो आफू कोरोनाबाट बच्नु र समाजलाई दशै–तिहार मनाउनेैको लागी हाम्रा बिदेशमा गएका आफ्ना आफन्तसमेत खासै आउन सकेनन् बरु उतै सुरक्षित मानेर श्रम गरेर आफ्ना बालबच्चासहित भारतलगायतका देशहरुमा बस्न बाध्य भए ।
किनभने नेपालमा नत उपचारको ग्यारेन्टी छ नत ा श्रम गरेर बाँच्न पाउने ग्यारेन्टी छ । त्यसैले आजको सरकारको आलोचना आउनुमा स्वयं सरकार नै जिम्मेवारी छ ।
यसै सन्दर्भमा नेपाल सरकार र सरकारको स्वस्थ्य मन्त्रालयहरुले समेत कोरानाको औषधि अझै बनिनसकेको अबस्था छ र यसको भ्याक्सिन बनेर आउन अझ एक बर्ष लाग्न सक्ने सन्देश दिइरहेकोछ ।
र जो रोगको उपचारको लागि बन्नै नसकेको भ्याक्सिन कुन देशमा तयार हुँदैछ वा भएको छ हाम्रो सबै चिज जडिबुटीले भरपुर नेपालको हिमश्रृंखलाबाट सृजित आयुर्बेद औषधिको अध्ययन अनुसन्धानकर्ताको र हाम्रा पुर्खाले सिकाएर गएको आफ्नै देशमा पाइने आयुर्बेदिक औषधिका ज्ञाता अनुभबी बैद्यजीहरुको कदर गरौं र उहाँहरुलाई पनि यस्तो रोगको बारेमा उपचारका बिधिहरुमा सहभागी गराऊ ।
यस्ता सबै पक्षलाई सम्मान गर्दै हाम्रो सम्पूर्ण नेपाली समाज हिमालदेखि तराईसम्मका नागरिकहरु अब आफ्नै देशको जडिबुटी (आयुर्बेद) उपचार माध्यमबाटै हामी यो कोराना भाइरसलाई जित्न सक्ने बनाउन स्वयं नेपाल सरकारका स्वास्थ्य मन्त्रालय समेतले अबको आउँदो यस्तो नयाँ–नयाँ रोगको प्रकोपको ब्यबस्थापनको लागि स्वयं नेपाली नागरिक, बुद्धिजीवी, शिक्षक, विद्यार्थी बर्गसमेतलाई सहभागी बनाउ र स्वदेशी उपचारको प्रचार बिदेशसम्म पुराउन सफल बनौं ।
हामी सक्षम हुनको लागि हामी स्वयं राष्ट्रप्रेमीको रुपमा प्रस्तुत होऔं । नेपालको राजनीती संकट आउनुमा र प्राकृतिक संकट भित्रिनुमा स्वयं हामी नै जिम्मेवार छौं किनभने आज अन्दाजको भरमा बोल्नुबाहेक आजको ब्यबस्थाले अन्य केही वास्तबिक कुरा गर्न सकेको अबस्था छ आज नेपाल–भारत, नेपाल–चीन सिमाना बिबादमा अझ पश्चिमाहरु समेतको खेल मैदान नेपाल–भारत, नेपाल–चीनको सिमानामा दौड्धुप चलेकै छ ।
हाम्रा नेताहरुलाई अब कसको शरण पर्दा सत्तामा टिक्न सकिन्छ भन्ने मात्र ध्यान छ । नेपाल र नेपाली जनताको स्वास्थ्यको, शिक्षाको, न्यायको, सुरक्षाको बारेमा बेखबर छन् । दशै–तिहार हिन्दु संस्कार मान्ने नमान्नेहरुको बीच चाहे आफ्नै किन नहोस् राम्रो सम्बन्ध रहेको छैन । नानाथरीका ब्यबहार खानपान र उत्तेजनात्मक फेसनकै कारण नेपालका बालिकाहरु बलात्कृत भन्ने कुरा सामान्य भैसक्यो । कुइरेहरुको लहलहैमा लागेर फेसन शो देखाउनेहरु नै राम्रा ठहरिएका छन् ।
प्वाल पेरेको कपडा हाम्रा पुर्खाहरुले लगाउन हुँदैन दरीद्र्रता लाग्छ, गरीब भए पनि प्वालमा टालो हालेर आफनो भित्री अंग नदेखिने गराउनुपर्छ भन्थे तर आज ठीक उल्टो सद्धे कपडा किनेर चिरेर, प्वाल पारेर आफ्नो भित्र अंगको तस्बीर शो गर्नेहरु कम छैनन् । अब त कसले आफ्नो भित्री अंग प्रदर्शन गर्न सक्छ उही पो राम्रो र ठूलो मानिस ठहरिएको छ । कारण कुइरेहरुको धर्मको कारण नेपाल सरकारको धर्म निरपेक्षताको प्रतिफल यस्तो पो रहेछ भन्ने आज हामीले सुन्दै आयका छौं ।
नयाँ नेपालको नयाँ गतिविधि यसले समाजलाई कहाँ पुराउला ? हाम्रो समाज कसरी सक्षम होला ? आजको शिक्षाको अबस्था आजको सुरक्षाको अबस्था, आजको न्यायालयको अबस्था, आजको स्वास्थ्यको अबस्था र सरकारको गैरजिम्मेवारीपना संस्कार र संस्कृतिमा र आफ्नो अतुल्य पुजीको रुप हो तर आज संस्कार–संस्कृतिको कुरा गर्नेहरु एकलकाँटे हुन पुग्छन्
। किन त धर्म–कर्म संस्कार हिजो मान्दै आएका रहन–सहन जस्तो गम्भीर बिषयमा राज्य सञ्चालकहरुकै अदूरदर्शिताको कारण नेपालमा सरकार र राजनीतिक पार्टीहरुका बिरुद्ध सडक तात्ने–तताउने काम हुँदै आएको छ । जब–जब मानवले नै प्रकृतिप्रति नै हमला गर्न खोज्छ तब तब प्रकृतिले मानवताको बिरुद्धमा आफू हिजो हिँडेको बाटोमा आज खोलो हिड्न नपाउनु र हिजो पानी खाएको पानीघाटमा जैबिक बिबिधतामा आधारित वन–वन्यजन्तु, पक्षीहरुले पानी खान नपाउनु र त्यहाँको स्थानीयस्तरको स्रोतमा अतिक्रमण हुनुमा नै प्रकृतिबिरुद्धको क्रियाकलाप हो । त्यसैको परिणाम हामी दैनिकरुपमा ब्यहोरेका छौं, आजको कोरोना भाइरसको प्रकोप ।