कानुन विपरित शिक्षक सरुवा नगर्न शिक्षक संघको आग्रह
दाङ । नेपाल शिक्षक संघको २२औ प्रतिनिधिसभा बाह्रकुने दहमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेको प्रमुख आतिथ्य तथा शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय सरकारहरुले कानुनविपरीत शिक्षकहरुको सरुवा गरिएको बताएका थिए । स्थानीय सरकारलाई दरबन्दी मिलान गर्ने अधिकार भए पनि आस्थाको आधारमा सुरुवा गर्ने गरेको उनीहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव प्रकाश डाँगी, आर्थिक प्रतिवेदन अर्थ सचिव पूर्णबहादुर केसीले प्रस्तुत गरेका थिए । त्यस अवसरका उत्कृष्ट पालिकाको रुपमा राप्ती गाउँपालिकालाई सम्मान गरिएको थियो । त्यसैगरेर शिक्षक संघ दाङको प्रथम कार्य समितिमा रहेर काम गरेका अमरवहादुर खडका, कुमुद पोख्रेल, राजेन्द्रबहादुर चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगी, शिक्षक संघका प्रदेश नं ५ का अध्यक्ष अर्जुन योगी, संघका पूर्व वरिष्ठ उपाध्यक्ष गोविन्द्रप्रसाद न्यौपाने, संघका पूर्व उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकी, संघका पूर्व जिल्ला अध्यक्ष कुमुद पोख्रेल, संघका सल्लाहकार रमेशकुमार पाण्डे, नेपाल कर्मचारी युनियन संघका पर्शराम भुसाललगायतले भनाइ राखेका थिए ।
संघका जिल्ला उपाध्यक्ष अन्नता केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाइ धन्यावाद ज्ञापन योगराज खत्रीले गरेका थिए । कार्यक्रमको सहजीकरण अर्थ सचिव सचिव पूर्णबहादुर केसीले गरेका थिए
