Goraksha

National Daily

पत्रकारको परीक्षा लिने प्रावधानप्रति पत्रकार महासंघद्वारा आश्चर्य प्रकट

काठमाडौं,१४ माघ । मिडिया काउन्सिल विधेयकलाई संसदीय समितिले अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्रावधानप्रति आपत्ति प्रकट गरेका छन् ।

‘नागरिकको आवाज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथितिविरुद्ध बोल्ने वर्ग नै पत्रकार हो’, उनले भने, ‘त्यो वर्गलाई लाइसेन्स लिएर मात्र बोल भन्नु अभिव्यक्ति स्वतन्त्रताको विरोधी हो भन्ने पुष्टि हुन्छ ।’

उनले अब संसदको बैठकबाट यस्ता झमेलाका शब्दहरु हटाउन माग गरेका छन् ।