भूपेन्द्र सुवेदी
बिभिन्न देशहरुमा बिश्वनै आतंकित बन्दै आयको जलबायु परिवर्तनको कारण आ–आफ्ना राष्ट्रमा रहेका महत्वपूर्ण जैबिक बिबिधतामा पर्न आयको संकटको ब्यबस्थापन गर्न नसक्नाको कारण आज हरेक क्षेत्रहरुमा तहस नहस स्थिती आएको छ ।
आज यसका बिज्ञहरुले भन्दै आएका छन् चाहे राष्ट्रिय, चाहे स्थानीय तहमा हुने कुनै पनि अनुकूलन कार्ययोजना को संरचना निमार्ण गर्दा जस्तै औद्योगिकीकरण, इन्धनको घट्दो प्रयोग, बन बिनास, एबं अब्यबस्थित सहरीकरणका कारण हरित गृह ग्यासको उत्सर्जन् बढ्दै गई बायुमण्डलीय तापक्रममा बृद्धि भएको छ र तापक्रमको बृद्धिसंगै बर्षाको समय तथा मात्रामा अनिश्चितता देखापर्न थालेको मात्र नभई अझ बढी सक्रियता बढ्दै आयकोछ ।
यसमा मानब कृयाकलाबका लागी गुणस्तरीय र पर्याप्त जलको आपुर्ति समस्या बढ्दो छ । समुदायको जीबिकोपार्जनसँग सम्बन्धित स्रोत तथा भौतिक पूर्वाधारमा समेत चुनौतीहरु थपिएका छन् । जलबायु परिवर्तनबाट उत्पन्न प्रकोपको असर प्राकृतिक स्रोत लगायत भौतिक संरचना एबं बिकासका पूर्वाधारमा समेत पर्ने हुँदा जलबायु परिवर्तनसँग अनुकुलीत हुन तथा समुदायको समानुकुलन बढाउने ठाउँ र परिवेश बिशेषका अनुकूलनका कार्ययोजना कार्यन्वयन गर्नुपर्ने आजको आवश्यकता हो ।
त्यसैमा कम आइभएका जलबायु संबेदनशील स्रोतमा आश्रित एबं जलबायु संकटासन्न क्षेत्रमा बसोबास गर्ने ब्यक्ति तथा समुदाय जलबायु परिवर्तनको कारण थप जोखिममा पर्दै आएका छन् । नेपालको बिकट र कमजोर भू–बनोट बिषम भू–स्वरुप र प्राकृतिक स्रोत साधनको बितरणमा असमान्ता एबं तापक्रमको बृद्धिको कारण जलबायु परिवर्तनले पर्न सक्ने प्रभाब, ठाउँ र परिबेश फरक छन् ।
नेपाल जलबायु परिवर्तनको कारण अति जलबायु संकटासन्न देसहरुको सुचीमा परेको छ । यसबाट देशको सामाजिक, आर्थिक, बिकासमा समेत चुनौती थपिएको छ । तर जलबायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नकै लागि करीब झण्डै तीन दशक अगाडिबाटै तयार भएका संरचनाहरुले बताएको छ ।
नेपालमा मात्र नभएर बिश्वमा जलबायु परिवर्तनको कारण बृद्धि हुंदै आयको पर्याबरण र बताबरण तथा भू–संरक्षणको क्षेत्रहरु निकै जोखिमयुक्त हुंदै आएका छन् । हिमाली क्षेत्रमा हिउपर्न छाडेको र परापुर्बकाल देखि हामीले देख्दै आयको हिमाली क्षत्रमा देखिने हिउ आज देखीन छाडेको छ । हिजोको जीवन र जगतले प्रयोग गर्दै आएका पानी पधेरा सिचाईका मुहानहरु आज सुक्का छन्, हिजो तराईमा मात्र फल्ने खेतीपाती, फलफूल आज उच्च पहाडी क्षेत्रहरुमा समेत फल्न शुरु गरेको छ ।
बिगतको जस्तो हिमपात , तथा बर्षा आजको समयमा हुन छोडेको छ । जैबिक बिबिधताको पक्षमा दैनिक रुपमा उठान गर्दै आएको हाम्रो समाजको धेरै लेखकहरुबाटै जैबिक बिबिधताको संरक्षण हुनु पर्दछ भन्नेमध्ये धेरै संस्थागत तथा ब्यक्तिगत रुपमा दैनिकजसो बिभिन्न पत्रपत्रिकाहरुमा सार्बजनिक भएकै हुन्छन् । जैबिक बिबिधताको संरक्षण गर्नु नै समग्र पर्याबरणको संरक्षणको पक्षधर हो ।
जैबिक बिबिधता र पर्याबरणको बीचको जटीलता आजको जलबायु परिवर्तन कारक तत्व भनेको छ । तर सबै मान प्राकृतिको नियम अनुसार चल्न नसकेको कारण आज हाम्रो समाजको बताबरण, पर्याबरण, भू–संरक्षणमा निकै ह्रास आएको अबस्था छ । प्रकृतिलाई मानबले आफ्नो नियन्त्रणमा कदापी राख्न सक्दैन । उदाहरणकै लागि भनौ हिजो नदी हिडेको स्थानमा आज मानवले जबर्जस्त घर बनाएका छन् र कहीँ खेतीसमेत गर्दै आएका छन् उक्त स्थानमा धेरै जसो आफ्नो नदीको भाग आफै खोज्दै जाँदा धेरै स्थानहरुमा क्षति पुराएको छ ।
तर मानबले प्रकृतिका नियम नमानेको परिणाम भोग्दै आएको पनि छौ । अब मानिसले प्रकृतिमैत्री आफ्नो ब्यबहार बनाउनुपर्दछ । प्राकृतिले आफनो सृष्टि पारिस्थितीकीय प्रणालीका आधारमा गरेकोहुन्छ । यसैको परिणाम प्रकृतिबाट कुनै बस्तु लोप हुनु भनेकै प्राकृतिक संरचनामा दख्खल पुग्नु हो । यसको कारण आखिर मानबलाई नै क्षति पुराएको हुन्छ । यसैले प्राकृतिकको संरक्षण गरौ र सबै सचेत बनौ यो नैसबैभन्दा उत्तम कार्य हो र यो बिषयमा लाग्दा हामी सबैको आत्मसन्तुष्टि हुनेछ र समाज र प्रकृतिप्रति जिम्मेवारी बन्न मद्धत गर्दछ ।
आजको बिश्वको डरलाग्दो जलबायु परिवर्तनको कारण मानब मात्र नभएर जैबिक बिबिधता संरक्षणमा जटिलता भित्रिएको छ । सबै सृष्टिका बस्तुहरुका बीच कस्तो सम्बन्ध होला भनेर बुझ्न र जान्न प्रयास गर्नु नै प्रकृतिको संरक्षण होभन्दा हुन्छ । हामीले बुझेको बिषय प्रकृतिको बारेमा बुझिएन भने प्रकृतिको संरक्षण हुनै सक्दैन ।
प्राकृतिक प्रेमीहरुको दायित्व हरेक बन, बन्यजन्तु, पशुपंछी, प्राकृतिकका सबै सम्पदाहरुलाई नत धर्म नत बर्ग नत लिंगले नै पर राख्न सक्ला ? जैबिक बिबिधताको माध्यमबाटै राज्यको दिगो हरेक क्षेत्रमा दिगो बिकासको माध्यमबाटै आर्थिक धार्मिक, सांस्कृतिक रुपमा नै सफल हुन सकिन्छ ।
माथि नै उल्लेख गरिसकिएको छ जलबायु परिवर्तनले नेपाललगायत अन्य बिकासोन्मुख देशहरुलाई तुलानात्मक रुपमा बढी असर गररहेको छ । हरीतगृह ग्यास उत्सर्जन दर अन्य देशका तुलनामा केही कम भए तापनि जलबायु परिवर्तनका नकारात्मक असरहरुबाट अत्यन्त संवेदनशीलरुपमा नेपाल प्रभाबित हुने लक्षणहरु देखा परिरहेका छन् । यसमध्ये हिमाली क्षेत्रको हिम पग्लिने दर बढ्दै जाँदा हिम नदीहरुको आकार एबं संख्या दु्रत गतिमा कम हुँदै जान्छ ।
हिमनदीको हिम पग्लिएर निस्कने पानी कतिपय अबस्थामा हिम नदीको बीचमा वा किनारको क्षेत्रहरुमा जमेर ताल बनेको हुन्छ । यस्ता हिमतालहरु दक्षिण एसियाका १३ अरबभन्दा बढी जनसंख्याका लागि स्वच्छ पानीको स्रोतहरु हुन् भनिएको छ । हिमतालको निर्माण प्रायः सानो पोखरी बनेर शुरु हुन्छ भनेपछि स–सना धेरै पोखरी एकआपसमा गाभिँदै जाँदा ठूला ताल बन्छन् र हिमताल पग्लिँदै अगाडि बढ्दा ग्रेन सोरीयर बनेको खाडलमा पानी जम्मा भएर कच्चा र अस्थिर बाँधले थुनिएको हिम तालको निर्माण हुन्छ । यस्तो कच्चा प्राकृतिक बाँधले छेकेर राखेको तालको पानी उच्च चापले गर्दा बाँध भत्किन जान्छ र तल्लो तटीय क्षेत्रहरुको अबस्था जोखिमयुक्त हुन पुग्छ । जसको परिणाम जलबायु परिवर्तनको कारक तत्व हुन पुग्छ ।
यसै सन्दर्भमा सामुदायिक बन उपभोक्ता महासंघले बिगतदेखि सञ्चालन गदैे आएका बिभिन्न तहमा जलबायु परिवर्तनको सम्बन्धका कार्यक्रमहरु जस्तै हरियो वन कार्यक्रम माध्यमबाट यो बिषयमा जनकारी गराउँदै आएकोछ र बन क्षेत्रहरुमा लैंगिक हिंसाबिरुद्धको अभियान र जलबायु परिवर्तनले समाजमा परेको समस्याको बारेमा सवाल सम्बोधनका रणनीति र पहिचानमा आएका मुख्य सवालहरुको बारेमा देशभरी आम नागरिकहरुलाई सचेतनामूलक कार्यक्रम गर्दै पनि आएको छ तर पनि वन तथा बाताबरण र जैबिक विविधता संरक्षणको पक्षमा स्वयमं राज्य नै अनभिज्ञ रहेको अबस्था छ ।