काठमाडौं,१४ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन–२०२० अस्वीकार्य भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङलले बताएका छन् । उनले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आधारहीत तथ्यका आधारमा तयार पारिएको प्रतिवेदन सरकारलाई अस्वीकार्य भएको दावी गरेका हुन ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन–२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ । प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङले आइतबार प्रेस वक्तव्य जारी गर्दै प्रमाणित नभएको आधारविहीन भएको बताएका हुन । साथै विज्ञप्तिमा सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयास स्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रवक्ता तथा सञ्चारमन्त्री गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यसमा आवद्ध व्यक्तिहरुको दलीय अवद्धता, स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्नेमा विश्वास गर्न सकिन्न ।’ उनले सरकार विरोधीेहरुलाई प्रश्न सोधेर नियोजित आग्रह पूर्वाग्रहमा प्रतिवेदन तयार पारेको सरकारको दाबी छ ।