तुलसीपुरका एकजना गोली लागेको अवस्थामा फेला

दाङ,११ मंसिर । तुलसीपुरका एक व्यक्ति लमहीमा गोली लागेको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते अवस्थामा लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा फेला परेका हुन ।

बुधवार राति साढे ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत च्याउ खोलामा गोलि लागि घाइते अवस्थामा पौडेल फेला परेको प्रहरीले जनाएको छ ।

पौडेल ढाडमा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा थप २ वटा गोलि लागेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।