एक थान भरुवा बन्दुकसहित हातहतियार बरामद

दाङ, ९ मंसिर । दाङमा प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झविन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले लुकाइछिपाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुक नियन्त्रणमा लिएको हो ।

गढवा गाउँपालिका–८ कोइलाबासस्थित अन्तरखोला जंगलबाट सोमबार विहान लोड गरि राखिएको एक थान भरुवा बन्दुक, छ वटा छर्रा (गोली), कैचीएक थान, सिंयो एकथान, बारुद दुई डिब्बा, पटकका चार थान र झोला एकथान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यसभन्दा अगाडि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नाकाबाटबाट ५२ वटा अवैध खशीसमेत बरामद गरेको थियो ।