खडग शर्मा
दाङ, ९ मंसिर । ध्यान नै जीवन जिउने कला भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । घोराहीमा भएको पाँच दिने भावातित ध्यान शिविरमा सहभागी बक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा भवातित महर्षी वैदिक फाउण्डेशनका प्रशिक्षक मिनराज अधिकारीले ध्यानको महत्व अहिले विश्व जगतले समेत बुझि सकेको बताएका थिए । हरेक दैनिक कार्य जस्तै ध्यान पनि हरेक दिन सबैको जीवनमा आवश्यक रहेको उनको भनाई थियो ।
त्यस्तै अर्का प्रशिक्षक नारायणप्रसाद धिमालले अन्य कुराबाट क्षण भर मात्र आनन्द मिल्ने भएपनि तर ध्यानले जीवन भर आनन्द मिल्ने बताए । नियमित ध्यान गर्ने व्यक्तिको ४ महिनापछि उनको आनीबानीमा परिवर्तन भएको महशुस हुने बताए ।
हिन्दु विद्यापीठ नेपालका प्रमुख डा चिन्तामणी योगीले विदेशमा योगको महत्व निकै बढेको भन्दै अब हरेक नेपालीको जीवनमा अनिवार्य रहेको बताएका थिए । घोराहीको हिन्दुविद्यपीठमा सम्पन्न शिविरमा विद्यालयका शिक्षक शिक्षिका,पतञ्जली योग परिवार एबम गोरखनाथ बैदिक गरुकुलसहित ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
भावातित ध्यान शिक्षिक शिक्षिकाले दुई महिना सिकेपछि हिन्दु विद्यापिठका सबै विद्यार्थीलाई अनिबार्य रुपमा सिकाउने विद्यालयले जानकारी दिएको छ ।
हिन्दु विद्यापीठ नेपाल घोराहीका प्रधानाध्यापक डा भोलानाथ योगीको सभापतिन्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सहप्रधानअध्यापक मधुसुदन पन्त, शिक्षकहरु पिताम्वर रिजाल, खडग शर्मा, भानुभक्त बस्नेत, निमा विसी, पुष्पा रावत, सागर दाहाल, श्याम सुबेदी, उमलेश शाहा, कुलशेखर शर्मा, शोभा पोख्रेल, रुपलाल गिरी, कमला योगीलगायतले मन्तव्य राखेका थिए ।