Goraksha

National Daily

कुटपिट गरी हजुरआमाको हत्या, नाति पक्राउ

दाङ,८ मंसिर । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १, चिसापानी बस्‍ने २८ वर्षीय जीवन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुसमेत पाँच जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानि घाइते बनाएका थिए ।

कुटपिटबाट सख्त घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र सख्त घाइते भएका अन्य तीनजनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।