Goraksha

National Daily

चलचित्रकर्मी तथा यातायात व्यवसायी वलीको निधन

दाङ, ५ मंसिर । दाङ तुलसीपुरका यातायात व्यवसायी तथा चलचित्रकर्मी रम्भा वलीको शुक्रवार निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ निवासी वलीको शुक्रवार काठमाडौमा उपचारकै क्रममा निधन भएको हो । उनी लामो समयदेखी जन्डिसको विरामी रहेका रहेका थिए ।

स्वास्थ्यमा समस्या जटिल बन्दै गएपछि उनलाई केहि समय अघि उपचारका लागी भारतको लखनउ लगीएको थियो । तर त्यहा उपचार सम्भव नभएपछि काठमाडौ लगीएको थियो । उनको काठमाडौमै उपचारकै क्रममा निधन भएको हो ।

वलीले तत्कालिन राप्ती सार्वजनिक यातायात व्यवसायी समितिमा लामो समय कर्मचारीको रुपमा काम गरेका थिए भने पछि मालिका कालिका यातायात प्रालि तुलसीपुरका अध्यक्ष समेत भएर काम गरेका थिए ।

साथै उनी चलचित्रकर्मीका रुपमा पनि परिचित रहेका थिए । दाङमै निर्मित चलचित्र “एकता” बाट अभिनय यात्रा सुरु गरेका वलीले बहुचर्चित चलचित्र “बुवाआमा” लगाएत “चन्द्रसुर्य”, “बिर” चलचित्र निर्माण गरेका थिए ।