सत्ता र शक्ति

  •   
  •  

युवराज शर्मा
प्राकृतिक सुन्दरताको देश नेपाल भए पनि यो देशमा नागरिकले आर्थिक जोहो टार्नका लागि विदेशी भूमिमा रोजगार बन्नु परेको छ । यो समस्या युवावर्गले भोगिरहेका छन् । तर विदेशबाट कमाइ गरेर ल्याएको पैसाले विदेशी खाद्यमा निर्भर छन् । यो समस्या हट्न सकेको छैन । सत्तामा रमाउनेहरुले अन्तरकलह र शक्तिमा रमाउने गर्छन् ।

वहुदलीय व्यवस्थाको उपलब्धि ठान्छन् । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उदाहरण काठमाडौं थियो । अहिले बालुवाटारमा देखाउँछन् । नेताले जे गरे पनि जस्तासुकै कुरा गरे पनि मान्नुपर्ने जनतामा वाध्यता छ । जनताका समस्याहरुमा सर्वशुलभ, शिक्षा, स्वास्थ्योपचारको उपयुक्त व्यवस्था, कृषि कर्ममा लागिपर्ने आवशयक सामग्रीहरु सर्वशुलभ उपलब्धता र रोजगारीको वातावरणको खाँचो छ । यी समस्याहरुलाई सम्बोधन गर्ने र व्यवस्था मिलाउने कामको लािग सरकारको महत्व हुन्छ ।

त्यस्तो सरकारले जनतालार्य शक्ति प्रदान गर्छ । २००७ सालदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म शासनका प्रकृतिहरु देखिँदा पनि शक्ति र शक्तिमा समय बित्यो । नागरिकका कथा र व्यथा जहाँको तहीँ छन् । सत्ता पनि शक्तिका लािग संघर्षमा छ ।

कम्युनिष्टका नेताहरुमा हुनुपर्ने गुणहरु हराए । कम्रेड नेता मनमोहन अधिकारीको शासनकालसम्म आइपुग्दा उहाँले कम्युनिष्टको इज्जत थाम्मनुभयो । जब माओवादी सत्तामा आयो त्यसपछि शक्रिको खेल सुरु भयो । त्यो शक्तिलाई सत्तामा ल्याउने पनि नेता गिरिजाप्रसाद कोइरा हुनुभयो । जब उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो; त्यस समयमा हङ्कङबाट नेपाल फर्कंदा, भूमिगत नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि भेट गर्न हङ्कङ आउँदै छु, भेट पाउँ भन्ने आग्रहमा उहाँ एकरात हङकङ बस्नुपरेको थियो ।

माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई भेटमा आउने भनेकोमा उहाँहरुका साथ सामन्त गोयल पनि थिए । जो भारतका रअका कूटनीतिक गुप्तचर प्रमुख हुन् । तीनैजनाको भेटमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिल्ली सरकारको रोहवरमा १२ बुँदे शान्तिसम्झौता गर्न स्वीकार गरेको इतिहास छ । यसबाट नेपालको सत्ता भारतीय कुटनीतिमा निर्भर छ भन्न सकिन्छ ।

भारतीय कूटनीतिमा राज्य व्यवस्था सञ्चालन गर्नुपर्ने नीति राजा त्रिभूवन वीरविक्रम शाहदेवबाट भएको थियो । जब राजा राणाहरुको विरुद्धमा आफ्नो शक्रि बलियो बनाउन भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेतहरुसँग चारबुँदे सम्झौता गरेका थिए । त्यो सम्झौताको रहस्य बाहिरिएन । साथमा गएका नेपाली कांग्रेसका नेता वीपी कोइरालालाई पनि जानकारी भएन । उहाँले यो रहस्य थाहा नपाएपछि राजाका साथमा गएको व्यर्थ भ्रमण मान्नुभएको थियो ।

राजाहरुले आफ्नो सत्ता र शक्तिलाई बलियो बनाउन भारतीय कूटनीतिकप्रति झुकाव राख्दै आएको इतिहास छ । त्यसैले होला राजा त्रिभूवनले भारतीय नेता गोविन्दनारायणलाई राजदरबारको सचिव पदमा राखेका थिए । त्यसकारण राजा त्रिभूवनले वीपी कोइरालालाई प्रधानमन्त्री नबनाएर मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री पद दिएका थिए । आम निर्वाचनबाट निर्वाचित भएपछि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइराला हुनुभयो । उहााले दरबारमा भारतीय कूटनीतिका प्रतिनिधि राख्ने व्यवस्था हटाइदिनुभयो । यसबाट भारतले नेपालप्रति राम्रो व्यवहार गरेन । भारत नेपालसँग नाखुश बन्दै गयो ।

२०५२ सालमा माओवादी समूहले जनयुद्धको नाम दिएर पुँजीपतिहरुको जग्गा कब्जा गर्ने र घर लुट्ने, व्यक्तिहत्या गर्ने काम ग¥यो । सत्ता हत्याउने, राजालाई गद्दीबाट हट्न जनतालाई मच्चायो । जनताको भावना बुझेर राजा ज्ञानेन्द्रले राज्य सत्ता देशवासीका नाममा सुम्पेका थिए । अहिलेका नेकपाका नेताहरुले सत्ता र शक्ति आफ्नो सम्पत्ति बनाएका छन् । अनियमितता र भ्रष्टाचार बढाएका छन् ।

नागरिकलाई दासको व्यवहार गर्छन् । भोक, रोग र उपचारविहीन वातावरण बनाएका छन् । यसले देशको अवस्था अन्तर्राष्ट्रिय श्रेयमा देखाएको छ । यसैलाई गणतन्त्रको उपलब्धि भन्छन् । आफूले छाडा प्रवृत्तिमा काम गरेपछि प्रतिपले प्रतिवाद गर्नसक्ने अवस्था छैन । देश भोकमरी र वेरोजगारको समस्यामा छ । तर नेताहरुले लाखौँ, करोडौँ र अर्बौंका गाडी गुडाउँछन् । देखाउँछन्– गरीब देशका धनी नेताहरु ।

नेपालमा ग्याङ अफ फोर सक्रिय छ । यी वर्गका व्यक्तिहरु सत्ता र शक्ति नभएसम्म झगडा पनि सत्तासँग गर्छन् । यिनीहरुमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम छन् । यिनीहरु स्थिर व्यक्रित्वका होइनन् । यिनीहरुको अन्तरकलह देश विकासका लागि नभएर आफ्ना विकासको लागि गर्छन् । जस्तोसुकै कुर्वानी गर्न पनि तयार हुन्छन् । तीन जना पुष्पकमल दाहाल, मानवकुमार नेपाल र झलनाथ खनाल पूर्व प्रधानमन्त्री हुन् । बामदेव गौतम निर्वाचनबाट हारेका र शक्तिको खोज गर्ने व्यक्ति हुन् ।

आफूलाई सहिद बनाएर छोरालाई एमबीबीएस पढ्न छात्रवृत्तिमा पठाउने स्वार्थी नेता हुन् । झलनाथ खनालले सत्तालाई थर्काएर पैसा झार्न सफल छन् । उनले भर्खरै राज्यकोषबाट पाएको अनुदानले पुष्टि गर्छ । मानवकुमार नेपाल पर्ख र हेर भन्ने दाउँमा छन् । प्रधानमन्त्री नेकपाको अध्यक्षको हैसियतमा छन् । पुष्पकमल दाहालमा परिवार र इष्टमित्र सत्ता र शक्तिमा रमाउने दाउँ हेर्छन् । यिनमा नेतृत्वको ज्ञानभन्दा संघर्ष गर्ने कौशलकला छ ।

सत्ता र शक्ति आफूमा हुनुपर्छ । नेपाली नागरिकले दुःख भोगिरहनु पर्छ भन्ने सोचाइमा हुन्छन् । जसरी हिजोका दिनहरुमा लडाकुहरुले सत्ता प्राप्तिका लगि लडेका थिए । उनीहरुमा मृतकका पत्नी, छोराछोरीहरुले अहिले के पाए ? घाइते, विदुर, विधवा, टुहुरा बालबालिकाले के पाए ? उनीहरुका बालकालिका पढाइबाट विमुख भए । दुइतिहाईको सरकार हाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्तुचिन्तु बनाउन सक्ने शक्ति पुष्पकमल दाहाल देखिए पनि अन्त्यमा उनको राजनीति इतिश्री हुने छ । केपी शर्मा ओलीको राजनीतिक शक्ति बढ्ने अनुमान गर्छन् डा सुरेन्द्र केसी ।

नेपालमा ५ वर्षको दुइतिहाईको नेकपा सरकार चलाउन प्रचण्ड र ओलीबीचमा जेजस्तो सम्झौता भए पनि प्रधानमन्त्री पद केपी शर्मा ओलीले चलाउने सहमति पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । तर उनलाई माधव नेपालले उक्साएर आफू पार्टी अध्यष बनने चाल हो भन्छन् – जानकारहरु ।

प्रचण्ड प्रयोग भएका छन् पनि भन्छन् । तर कम्युनिष्ट नेताहरु स्वार्थी र अवसरवादी हुन्छन् भन्ने सन्देश दिएका छन् । जो शोभनीय छैन । तर देशमा अनियमितता र भ्रष्टाचार बढ्दो छ । जसलाई सरकारले नियन्त्रण गनृ सकेन । यो कमजोरी सत्ताको हो । सत्ता चलाउनेहरुले ज्ञान गर्नु पर्छ । ज्ञानको अभाव बढेकोले मर्यादा, शिष्टता र सहनशीलताको कमजोरी देखिन्छ । अन्तरकलह होइन, सान्दर्भिक सन्दर्भमा विरोध गर्ने होइन, एकतामा बाँधिनु पर्छ ।

नेताहरु आपसमा झगडा गर्छन् र कारोनाप्रति ध्यान दिँदैनन् । रोग र झोकले नागरिकको अवस्था दुःखपूर्ण बनिरहेको छ । सत्ता र शक्ति नदेखाएर नागरिकको जीवन रक्षामा जुट्ने गरौँ । नेताहरु असल चरित्र देखाउनुपर्ने समय हो । नेता असल नबने देश बर्वाद हुन्छ । जनता दासत्वमा बाँधिनु पर्छ । स्वतन्त्र नेपालको अस्तित्व सकिने छ ।