विभिन्न पार्टी परित्याग गरि गढवामा २१ जना कांग्रेसमा प्रवेश

  •   
  •  

शिबराज खनाल
दाङ, ४ मंसिर । गढवा गाउपालिका वडा न ६ आटिपाकर सुकुम्बासी टोलमा २१ युबा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जनता झुक्याउने र पदका लागि मरिहत्ते गर्ने पार्टीभन्दा नेपाली कांग्रेस उपयुक्त पार्टी भएको भन्दै उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका थिए ।

बिभिन्न बहाना बनाउदै युबाहरुलार्इ तिमाल्दै आइरहेको र हाल केन्द्रमा देखिएको पार्टी भित्रकै किचलोले जनतालार्इ झुक्याएर कुर्सीमै बस्ने खेलमामात्र रहेको र आम जनता अब उनीहरुको उद्देश्यमा स्पष्ट भएको भैसकेको समेत सन्दिप अधिकारीले बताएका छन् ।

पार्टी प्रबेश कार्यक्रममा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेय , महासमिति सदस्य जानकीलाल बस्नेत , पूर्वमहासमिति सदस्य अनुप थापा , गढवा गाउपालिका इकाई सभापति बालचन्द्र हमाल , ट्रेड युनियनका तुल्सिराम भुसाललगायतका अविर टिकालगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रमको सहजीकरण गढवा गाउपालिका उपसभापति कृष्णराज पान्डेले गरेका थिए ।