युवराज शर्मा
कार्तिक मसान्त भयो । हावामा चिसोपन बढ्यो । हिन्दू समुदायमा मनाइने तिहार पर्व पनि घरआँगनमा आयो । भैले र देउसी खेल्नेहरु रमाउने दिन आयो । गाउँघरमा रोटेपिङ र लिङ्गेपिङमा केटाकेटीहरु रमाउने दिन आयो ।तर समय फरक छ । सरकारी उर्दी कडा छ । पिङहरु खेल्न मैदानमा भेला हुनेहरुलाई त्यस्ता काम नगर्न भनिएको छ ।
युवावर्गले सरकारी उर्दीको पालना गर्छन् भन्ने कमै मात्र हुनेछ । अहिले बढ्दो उच्छृंखलता र स्वार्थी वातावरणले गर्दा कारोनाबाट बच्ने उपायहरु अपनाउँदैनन् । त्यस्तावर्गका युवाहरु भन्छन्– कोरोनाको डर हामीलाई छैन । बुढाबुढीहरुलाई हो । यो रोग चिसोमा बढ्छ, तातोमा घट्छ । तर रोगलाई निर्मुल पार्ने ओखती बनेको छैन । नियन्त्रण गर्ने प्रविधि डाक्टरअनुसार फरक–फरक तरिकाहरु अपनाउँछन् । स्वासप्रश्वासमा समस्या देखिएमा अक्सिजन मात्र प्रयोग हुन्छ । रोग लाग्नु रोग संक्रमण हो भने रोगबाट बच्नु सुरक्षित बसाइ हो ।
चिसोमा कोरोना संक्रमण बढ्छ । यो रोग भाइरस हो र शरीरमा इन्फेक्सन, भाइरस र बैक्टेरियाबाट रगतमा हुन्छ । त्यस्तो भाइरस दुई प्रकारका हुन्छन् । पहिलो भाइरसले इन्फ्लिन्जाको रुप लिन्छ । यसले रुघाखोकी लाग्छ । दोस्रो भाइरसले कोरोनाको लक्षण देखाउँछ । कन्ट्याक्ट टे«सिङमा सर्छ । यसकारण यो कोरोना संक्रमण सरुवा रोग हो ।
रुघाखोकी लाग्दैमा डराएर एन्टीवायोटिक औषधी खानु हुन्न किनकि रुघाखोकीको भाइरस ठीक पार्नसक्ने औषधी छैन । खोकीको लागि एक्सपेक्टोरेन्ट कफ मात्र झोलमा हुन्छ । त्यो पनि रुघाको खोकी अनुसार प्रयोग गर्नु पर्छ । यस्तो ओखती सरुवा रोग विशेषज्ञ डाक्टरको राय परामर्शका आधारमा प्रयोग गर्नु पर्छ । जथाभावी रुपमा प्रयोग गरेमा कोरोनाले छुन्छ । खास गरी चिसोमा रुघाखोकी बढ्ने हुँदा चिसोमा कोरोना संक्रमण बढ्छ भन्छन् । तर ठण्डी मुलुकमा कम र गर्मी मुलुकमा धेरै देखिन्छ ।
नेपालभर कोरोना भाइरस फैलियो । तराईमा प्रभाव धेरै छ । यसको विकास फोहर, बासी खाना, बजारमा बेचिने जङ्कफुडहरु, जहाँ पायो त्यहाँको पानी खानु, फिल्टर वाटर भन्दै ओजनयुक्त पानी खानु र मादकपदार्थ पिउनुजस्ता कार्यशैलीले घाँटीमा खसखस बढ्छ । नाक, कान, घाँटी र आँखाको मिलन केन्द्रमा इन्फेक्सन हुन्छ । त्यस्तो सुजन अवस्थालाई इन्फेक्सन भन्छन् । त्यसले स्वासप्रश्वासमा बाधा पुग्छ । यसैलाई बैक्टेरिया वा इन्फ्लुन्जा के हो छुट्याउने विधिलाई स्वाब परीक्षण भन्छन् ।
त्यसको मापन नेगेटिभ र पोजेटिभ हो । ल्यावमा यही दुई कुराको रिपोर्ट गर्छन् । त्यसको मात्र स्वाबमा कति मात्रा थियो ? त्यो मात्रा लेख्दैनन् । यसबाट व्यक्तिमा भएको कोरोना कुन स्तरको हो ? अहिलेसम्म सरकारी रिपोर्ट छैन । हँचुवाको भरमा नेगेटिभ र पोजेटिभ भन्छन् । पोजेटिभलाई कोरोना भाइरस भन्छन् । यो भनाइ सार्थक भन्ने आधार छैन । किनकि पोजेटिभ स्वाब भएकाहरु कसरी रोगमुक्त भए ? जब कि ओखती प्रयोग हुँदैन ।
आइसोलेशनमा बसेर रोग निको भएको हो भने त्यस्तै ठाउँमा बसेकाहरु धमाधम मृत्यु वरण गरिरहेका छन् । मृत्यु हुनेहरुको संख्या एक हजार ७५ भन्दा धेरै पुगिसक्यो । सरकार भन्छ– अझै आइसोलेशनमा बसेकाहरु मृत्यु वरण गर्न सक्ने अवस्थामा धेरै संख्या छ । के उनीहरुले खर्च तिर्न नसकेर मृत्यु वरण गर्नुपर्ने हो ? यसको जवाफ सरकारी निकायहरुसँग छैन । स्वास्थ्य रक्षाको विषयमा सरकार कमजोर देखिनु सम्बन्धित निकाय र व्यक्तिहरुको जिम्मेवारीप्रति ध्यान नपुगेको हो । समयमा ध्यान पु¥याएको भए कोरोना भाइरसले यति धेरैलाई कष्ट भोग्नुपर्ने र मृत्यु वरण गर्नुपर्ने अवस्था हुने थिएन । स्वास्थ्यमा ध्यान पुगेन ।
चिसोमा कोरोना संक्रमण बढ्छ भन्ने डाक्टरहरुले यसको रोकथाम गर्न अपनाउनुपर्ने प्रविधिहरु भन्दैनन् । मौसम परिवर्तन भएको छ । दिनभर तातो घाम लाग्छ । साँझविहान चिसो बढेको छ । बुढाबुढी, बालबालिका, दीर्घरोगीहरु र गर्भवती महिलाहरुले भोग्नुपर्ने समस्या जाडोमा धेरै मात्रामा हुन्छ । उनीहरुको लागि स्वास्थ्य परीक्षण गर्ने निकाय कहाँ छ ? नागरिकलाई थाहा छैन ।
धनपैसा तिरेमा वा परिचित स्वास्थ्य संस्था भएमा मात्र रक्तचाँपको जाँच, चिसोपन शरीरमा कति मात्रामा बढेको छ ? त्यो जाँच र गर्भवती महिलाको जाँच गराउन सक्छन् । तर त्यस्ता जान्तहरु निःस्वार्थ शुल्करहित सेवाबाट हुनुपर्ने हो । यस्ता समस्यामा सरकारी निकायको सेवा पाइन्न । यस्तो वातावरणको स्वास्थ्य सेवा भएपछि स्वास्थ्यमा नागरिकको पहुँच छैन । साथै त्यस्ता निकायहरु पनि तलवी सेवामा हुन्छन् । स्वास्थ्यचौकी र अस्पताल धाउँदा पनि नागरिकले राम्रो सल्लाह पाउँदैनन् । उनीहरुको मन दुःखी हुन्छ । नागरिकको मन दुखाउनेवर्गलाई आदर्श व्यक्ति मानिन्न । तसर्थ स्वास्थ्यमा काम गर्नेहरुले जनताको मन दुख्ने वचन र व्यवहार गर्नु ठूलो कमजोरी देखिन्छ ।
कोरोना जितेर आएका व्यक्तिहरुमा स्याँ–स्याँ हुने र मांसपेशीहरु दुख्ने गर्छन् । शरीरमा शिथिलता, अल्छीपन र कमजोर हुन्छन् । यस्ता व्यक्तिलाई जाडो मौसममा कोरोना जाग्न सक्छ । यिनीहरुको फोक्सोमा कालो दाग हटेको हुन्न । जसले स्वासप्रश्वासमा बाधा पु¥याउँछ । यिनीहरुलाई कफसिरपको प्रयोग गर्न लगाउनु पर्छ । तर कफसिरप प्रयोग गर्दा एलर्जी, सुख्खा र लहरेखोकीको जाँच गरेर मात्र खोकीको रिसप प्रयोग गर्न लगाउनु पर्छ । सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीको भनाई छ – जाडो मौसममा कोरोना भाइरस लामो समयसम्म रहने हुँदा स्वास्थ्यमा रुघाखोकी भएका रोगीहरुले विशेष ध्यान दिनुपर्छ ।
एक हप्तापछि रुघाखोकी नियन्त्रण हुनै नसकेमा ज्वरो आउने स्वासप्रश्वासमा बाधा पुग्ने अवस्था हुन्छ । तसर्थ रुघाखोकी भएका व्यक्तिहरुले भल्भ भएको मास्क प्रयोग गर्नु हुन्न । त्यस्तो भल्वबाट हावा छिर्छ र कोरोनाले प्रभाव पार्न सक्छ । कपडाको मास्क प्रयोग गर्नु उत्तम हुन्छ । तर समयमा धुनु पर्छ । फोहर मास्क प्रयोग गर्दा स्वच्छ हावा पास हुन्न र स्वासप्रश्वासमा धेरै समस्या हुन्छ । जसको असर फोक्सोमा पर्छ । फोक्सोले राम्रोसँग पम्पिङ गर्न समस्या हुन्छ ।
नेपाल सानो मुलुक भए पनि प्राकृतिक स्रोत र साधनले धनी भन्छन् । तर आर्थिक रुपमा गरिब देश हो । यहाँका बासिन्दाहरुलाई वर्षभर खाद्य पुग्ने अन्न उत्पादन हुन्न । अन्य देशहरुबाट आयात गर्नुपर्छ । सबैभन्दा बढी खाद्य बेच्ने नेपालमा भारत हो । त्यहाँका व्यापारीहरुले तोकेको मूल्यमा आयात गर्ने गरेको नेपालको अवस्था छ । खाद्य आपूर्ति गर्न धनपैसा चाहिन्छ । यहाँ रोजगारको वातावरण पनि छैन ।
कलकारखानाहरु पनि छैनन् । रोजगारीका लागि भारतीय साहुमहाजन नै हुन् । करिब ८० लाख नेपालीले रोजगारी गर्न भारत जान्छन् । खाद्य आपूर्तिको समस्यामा ७० प्रतिशत नागरिक तड्पिरहन्छन् । शरीरमा खाद्यको अभावले दुर्बलता बढ्छ । शरीर कमजोर बन्छ । मान्छेको शररिमा ताप शक्ति घट्छ । यस्तो अवस्थामा ज्वरो आउने, सरुवा रोग लाग्ने, शारीरिक दुर्बलताले दीर्घरोगी बन्ने जस्ता बिरामीहरु हुन्छन् ।
त्यस्तावर्गको उपचार गर्ने निकायहरु छैनन् । धनपैसा नभएसम्म सरकारी अस्पतालमा पनि रोगीले उपचार नपाउने अवस्था छ । जाडो मैसममा शारीरिक कमजोरी बढ्नुका साथै शरीरमा तापशक्ति घट्ने हुँदा रुघा लाग्ने गर्छ । रुघाकै कारणले गर्दा निमोनिया हुन्छ । त्यो बिग्रन गयो भने कोरोनाको लक्षण देखिन्छ । यसरी नेपाली समाजमा कोरोना भाइरस बढ्दै गएको छ । सरकारले लकडाउन र निषेधाज्ञा लागू गरेमा रोजगार गरिखानेलाई रोगले चाँप्दै लग्ने छ । करिब ७० प्रतिशत नागरिक खाद्य समस्यामा पर्ने छन् ।
व्यवसायीहरु धरापमा परिसकेका छन् । खेतीपाती गर्ने किसानहरुले समयमा मल, वीऊ र किटनाशक औषधी नपाएर धानबालीको उत्पादन घटेको छ । खाद्य आपूर्ति गर्नुपर्ने घर–घरको समस्या छ । भारत जाने नाकाहरु बन्द छन् । कसरी खाद्य अभाव टर्छ ? लकडाउन र निषेधाज्ञाको प्रभाव परिसकेको छ । रेडजोनबाट एल्लोजोनमा लैजान रोजगारको वातावरण र खाद्य आपूर्ति गर्ने आर्थिक वातावरण मिलाउनुपर्ने नेपालका तीन तहका सरकारहरुको दायित्व हो ।
नेपालले समयमा पाकिस्तान प्रधानमन्त्रीले अपनाएको खुल्ला वातावरण बनाएको भए यस्तो समस्या भोग्नुपर्ने अवस्था नागरिकले भोग्नुपर्ने थिएन । कोरोना भाइरस पनि समाजमा विकसित हुने थिएन । नेपाल र नेपालीको आर्थिक, सामाजिक, शैक्षिक, नैतिक, यातायात, पर्यटन उद्योग र मानवीय व्यवहारका व्यापारहरु लथालिङ्ग भएका छन् । सांसद, मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले सुविधामा रमाउने वातावरण बन्यो ।
लकडाउन र निषेधाज्ञामा तस्कर गर्न तस्करहरुले पर्याप्त छुट र अवसर पाए । दलालहरुले चिल्ला कार चढेर यात्रुहरु ओसार्ने गरेकाले उपत्यकाहरुमा कोरोना बढ्दै गयो । यो रोग जाडो मौसममा बढ्नुका कारण मादक पदार्थको सेवन गर्नेहरु नै हुन् । जाडोमा रक्सी धेरै खान्छन् । शरीर कमजोर हुन्छ र कोरोनाले छुन्छ । त्यस्तै सहरबजारमा अर्कालाई धक्काउँदै हिड्ने कोरोना रोगीहरु घुम्छन् । त्यसैले होला, कोरोनाको धेरै प्रभाव गाउँ क्षेत्रभन्दा सहरबजारमा बढेको छ ।
बजार क्षेत्रमा जनचेतना भए पनि आफूलाई सभ्य भन्नेहरुले नै असभ्य वातावरण देखाउँछन् । धनीवर्गको महिमा दर्शाउँछन् । त्यसकारण सरकारी कार्यालयहरु, बैंकका शाखा प्रशाखाहरु व्यापारीहरुका पसलहरमा देखिने भीडभाड नै कोरोनाका जोखिम अवस्था हुन् । नागरिकमा चेतनाको विकास गराएर जागरण गराउन सकियो भने कोरोना न्यूनीकरण गर्न सकिन्छ ।
खानेकुराहरुको सर्वशुलभता भएमा शरीरमा इम्युनिटी शक्ति बढ्छ । जाडोमा कोरोना भाइरस बढ्न सक्दैन । चिसोको प्रभाव शरीरमा पर्दैन । कोरोनाको असर रगतमा हुने विकृति हो । जो स्वासप्रश्वास, छुवाछूत र खानपिनबाट फैलन्छ । आफू बचौँ र अरुलाई बचाऔँ भन्ने भावना जाग्नु र जगाउनु पर्छ ।